इटहरी/विश्व ध्यान दिवसको अवसरमा मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष प्रयोगात्मक ध्यान कक्षा सञ्चालन गरिएको छ। विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण, एकाग्रता अभिवृद्धि तथा आत्मअनुशासन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई त्राटक ध्यान (Gazing Therapy) र भ्रामरी ध्यान (Humming Therapy) का व्यावहारिक अभ्यास गराइएको थियो। त्राटक ध्यानले दृष्टि स्थिरता र ध्यान शक्ति बढाउन सहयोग गर्ने तथा भ्रामरी ध्यानले तनाव कम गरी मन शान्त बनाउने भएकाले विद्यार्थीहरूलाई दैनिक जीवन र अध
धरान/ हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ को आयोजनामा हुने अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया–सिजन ४’ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता पुस ९ र १० गते दुई दिनसम्म विद्यालयकै प्राङ्गणमा सञ्चालन हुनेछ। शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुवास मोक्तानले प्रतियोगिताका लागि आवश्यक सबै व्यवस्थापन, प्राविधिक तयारी र प्रश्न निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा खरिदार तहको सिलेबसका आधारमा प्रश्न तयार गरिएको छ। यस संस्करणमा देशका विभिन्न स्थानका ४४ विद्यालयको सहभागिता रहनेछ। विद्याल
सुनसरी/ झापाको सुरूङ्गामा पहिलो पटक कोशी प्रदेशस्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ आयोजना हुने भएको छ। विवाहित महिलाहरूभित्र लुकेका प्रतिभा, नेतृत्व क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले प्रतियोगितालाई एउटा प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्न लागिएको हो। प्रतियोगिताको आयोजना एचएस साइना क्रिएसन प्रालि ले गर्न लागेको हो। आयोजक संस्थाका कार्यक्रम संयोजक अनुप भण्डारीले शनिबार झापाको सुरुङगामा पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै समाजमा विवाहित महिलाहरूको भूमिका, पहिचान र सशक्तिकरणलाई थप बलियो बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताए। “यो
धरान/ घरेलु मैदानको फाइदा उठाउँदै आयोजक टिम डिपो स्कुलले २० औँ ललित–अम्बर डिपो कप २०८२ को उपाधि उचालेको छ। धरान–१८ स्थित डिपो स्कुलको खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा डिपोले धरान–५ को धरान इङ्लिस बोर्डिङ स्कुललाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो। कडा प्रतिस्पर्धाबीच तय भएको फाइनलमा दोस्रो हाफको १० औँ मिनेटमा जर्सी नम्बर ९ का आशिष जिमीले फ्रिकिकमार्फत हानेको उत्कृष्ट गोल नै निर्णायक बन्यो। सोही गोलसँगै डिपोको उपाधि सुनिश्चित भयो। आशिष जिमी फाइनलका ‘म्यान अफ द म्याच’ मात्र होइन, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए। पहिलो सहभागिताम
धरान/पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल भएको छ । धरान क्षेत्रबाट सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता वन्न सफल वनेको हो । हिविस्कस स्कुलले नगद १० हजार प्रमाण– पत्र प्राप्त गरेकाे छ। त्यसैगरी सिदार्थ शिसुसदन स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ । विजेताले लाई नगद पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक वि
धरान । २० औं ललित–अम्बर डिपो कप–२०८२ को छैटौँ दिन आज तीनवटा निर्णायक खेल सम्पन्न भएका छन्। आज प्लेट च्याम्पियनतर्फ एक तथा डिपो कपतर्फ दुई सेमिफाइनल खेल हुँदा प्रतियोगिताले फाइनलको स्पष्ट रूप लिएको छ। प्लेट च्याम्पियन सेमिफाइनल जोलसाय एकाडेमी, धरान–११ र हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीबीच भएको सेमिफाइनलमा हिमशिखरले ०–१ गोलको संघर्षपूर्ण जित निकाल्दै प्लेट च्याम्पियनको फाइनल यात्रा तय गर्यो। हिमशिखरको जितमा जर्सी नम्बर ९ का सायुन राईले निर्णायक गोल गरे। अब प्लेट च्याम्पियनको उपाधिका लागि हिमशिखर र प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ आमनेसामने हुनेछन्। डि
धरान/ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको ऐतिहासिक पिण्डेश्वर विद्यापीठले आफ्नो ७४औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा आयोग गम्भीर रहेको उल्लेख गर्दै पिण्डेश्वर विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार क्रमशः सुदृढ बन्दै गएको बताए। विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले संस्कृत शिक्षालाई समयको मागअनुसार रूपान्तरण गर्न पाठ्यक्रम परिमार्जन आवश्यक रहेको धारणा राखे। उनले योग, आयुर्वेद तथा चिकित्
धरान/ धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल र विजयपुर हस्पिटल प्रा.लि.बीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब हिबिस्कस स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूले विजयपुर हस्पिटलमा उपचार गराउँदा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। विद्यालयको अनुरोधपछि हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो। सम्झौताबारे जानकारी दिँदै विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बिरामी कोही नहोस् भन्ने सबैको चाहना हुँदाहुँदै पनि उपचार आवश्यक परेमा विद्यालयको सिफारिस पत्र वा आधिकारिक परिचयपत्र (
धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा गायन र नृत्य विधामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मेलोडी सिनियरतर्फ कक्षा ६ की नुमा लिम्बु प्रथम भइन् भने कक्षा ८ का याङछाहाङ राई दोस्रो र कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भए। मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम, कक्षा ४ की साइवोङ लिम्बु दोस्रो तथा कक्षा २ का सेजल राई तेस्रो भए। मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम बने भने कक्षा ७ की अदिति प्रधान दोस्रो र कक्
धरान/ प्रतिभा, ऊर्जा र आत्मविश्वासको शानदार प्रस्तुति गर्दै ‘सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साईमा लिम्बु र सागरिका श्रेष्ठले जितेका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीमा शुक्रबार सम्पन्न एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट सिनियरतर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियरतर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्। सुनाखरी बाल क्लबको आयोजनामा तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ की चारु राई र जुनियरतर्फ कक्षा ३ की सोफिया राई दोस्रो भए। यस्तै, सिनियरतर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियरतर्फ कक्षा ३ की एलिभेट गिरी तेस्रो स