शिक्षा

    Showing २९१-३०० of १,९२३ items.
  • मोडर्न प्रिपेरेटरी स्कुलमा ‘ग्राण्ड पेरेंट्स डे’ हुने

    सुनसरी/  सुनसरीकाे इटहरी -६ मा अवस्थित मोडर्न प्रिपेरेटरी माध्यमिक आवासीय विद्यालयले यही पुस २९ गते (मंगलबार) विद्यालय प्राङ्गणमा हजुरबुवा–हजुरआमाको आशीर्वाद महोत्सव आयोजना गर्ने भएको छ।  विद्यालयले हजुरबुवा–हजुरआमा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई अनुशासन, नैतिकता र उत्कृष्टता जस्ता जीवनमूल्यलाई पुस्ता–पुस्ताबीच हस्तान्तरण गर्ने शैक्षिक तथा सामाजिक चेतनाको अभियान का रूपमा लिएको जनाएको छ। विद्यालयको शैक्षिक दर्शन अनुशासन, नैतिकता र उत्कृष्टता मा आधारित रहेको छ। विद्यालयका अनुसार जेष्ठ नागरिकको आशिर्वाद, अनुभव र मार्गदर्शन बिना साँचो शिक्षा पूर्ण हुन

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ६९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा माघ ६ देखि मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता हुने

    धरान/ यु–१८ उमेर समूहको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ। रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल संघ तथा धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएका हुन्। सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहनेछ। धनकुटामा पनि बास्केटबल खेलको विकास हुँदै गएकाले त्यहाँका विद्यालयलाई समेत सहभागी गराउने पहल भइरहेको उनले बताए। आगामी वर्षहरूमा इ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ४३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माघमा बीपी प्रतिष्ठानमा ‘सिन्याप्स–२०२६’हुदै

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आगामी माघ महिनामा अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाज, बीपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम माघ १६ गतेदेखि २३ गतेसम्म सातौँव्यापी रूपमा चल्ने आयोजकले जानकारी दिएका छन् । आयोजनाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले सिन्याप्स–२०२६ अन्तर्गत खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधिहरू सञ्चालन गरिने बताए । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ७१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान डान्स आइडल सिजन- ९ सम्पन्न

    धरान/  युनाइटेड डान्स एकेडेमीको आयोजनामा सञ्चालन भएको धरान २०८२ सिजन ९ को फाइनल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कला तपाईंको मञ्च हाम्रो भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त नृत्य प्रतियोगिताले स्थानीय तहका प्रतिभावानहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो। पुष १४ गते सोमबार सम्पन्न प्रतियोगिता धरान-८ स्थित सभागृहमा भएको थियो। प्रतियोगितामा धरानका १० वटा विद्यालयबाट १० जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए। प्रतियोगितामा युनिशा राई विजेता घोषित भएकी छन् भने युनिशा राई प्रभात स्कूलकी विद्यार्थी हुन्। त्यसैगरी द्वितीय लिबर्टी रेसिडेन्सियल स्कूलकी टिका मगर

    • प्रकाशित मितिः पुस १८, २०८२
    • ५६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान डान्सिङ आइडल सिजन ५ फाइनल चरणमा

    धरान/हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन ५ अन्तिम चरणमा प्रवेश गरेको छ। यस सिजनमा धरान उपमहानगरभित्रका १३ वटा विद्यालयबाट २९ जना प्रतिस्पर्धीहरू सहभागी भएका छन्। विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा हालसम्मका सबै चरणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रतियोगिता अन्तर्गत कल्चर राउन्ड र मोडर्न विथ प्रप्स राउन्ड सम्पन्न भइसकेका छन् भने अब अन्तिम चरण अर्थात् फाइनल राउन्ड हुन लागेको आयोजकले जनाएको छ। फाइनल राउन्डमा प्रतिस्पर्धीहरूले आफ्नो रोजाइ अनुसारको नृत्य शैली प्रस्तुत गर्न पाउनेछन्। उनीहरूले सांस्कृतिक, आधुनिक

    • प्रकाशित मितिः पुस १८, २०८२
    • ८३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सातौँ डिआइजी रनिङ कप : प्रभात स्कुल फाइनल प्रवेश

    धरान/  कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले शानदार प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्‍यो। खेलको पहिलो हाफमा प्रभातका भुवन भण्डारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा पनि प्रभातको दबदबा कायम रह्यो। भुवन भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गर्दा, निम्साङ मगरले २० औँ र २९ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ४७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीका प्रिन्सिपल राई सम्मानित

    धरान/ धरान खेलकुद महोत्सव–२०८२ को समापन समारोहका अवसरमा आयोजक धरान खेलकुद मञ्चले धरान–१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईलाई आईतवार सम्मान गरेको छ। धरानमा विशेषगरी फुटबल र कराते खेलको विकासमा सुनाखरी एकेडेमीले पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई र धरान खेलकुद मञ्चका अध्यक्ष एवं एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।  सुनाखरी एकेडेमीले कराते विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीहरू सहभागी गराउँदै उल्लेखनीय सफलत

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ भव्य रूपमा उद्घाटन

    सुनसरी/  धरान उपमहानगरपालिकाका उप–प्रमुख अइन्द्र बिक्रम बेघाले युवाहरूको सक्रियतामा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार भव्य उद्घाटन गरेका छन्। धरान–गौतमपथ (नयाँ सब्जी मण्डी नजिक) अवस्थित स्टुडियोको उद्घाटन गर्दै उप–मेयर बेघाले युवाहरू गलत बाटोतर्फ नलागी उद्यमशीलतामा लाग्नु सकारात्मक र प्रशंसनीय भएको बताए।उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप–मेयर बेघाले भने, “म जहाँ पुग्छु—जन्मदिन होस् वा पसल उद्घाटन, म युवाहरूलाई प्रोत्साहन गर्न जान्छु। राम्रो कामको सुरुवात गर्दा सरकार सधैं युवाको साथमा हुनुपर्छ।” उनले नग

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ८१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानु स्मृति माविमा खेलकुद सप्ताह समापनसँगै पुरस्कार तथा सम्मान

    धरान/ धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयमा आयोजित खेलकुद सप्ताहको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आइतबार विद्यालय परिसरमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षता तथा धरान–३ का वडा अध्यक्ष बिद्या शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा हासिल गर्ने प्रथम, द्वितीय र तृतीय स्थानका विद्यार्थीहरू तथा खेलकुद सप्ताहअन्तर्गत विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक रबिन सुबेदीले जानकारी दिए। उनका अनुसार विद्यालयम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ५१३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सूर्यकुण्ड माविको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्डमा रहेको सूर्यकुण्ड माध्यमिक विद्यालयले ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । यसै शैक्षिक सत्रदेखि माध्यमिक तहको कक्षा सञ्चालन थालेको विद्यालयले आइतबार विभिन्न औपचारिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालयलाई जग्गा दान गर्ने दाताहरूलाई सम्मान, सेवा निवृत्त प्रधानाध्यापकलाई विदाइ तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ४४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved