सुनाखरी एकेडेमीका प्रिन्सिपल राई सम्मानित

  • पुस १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान खेलकुद महोत्सव–२०८२ को समापन समारोहका अवसरमा आयोजक धरान खेलकुद मञ्चले धरान–१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईलाई आईतवार सम्मान गरेको छ।

धरानमा विशेषगरी फुटबल र कराते खेलको विकासमा सुनाखरी एकेडेमीले पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई र धरान खेलकुद मञ्चका अध्यक्ष एवं एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

 सुनाखरी एकेडेमीले कराते विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीहरू सहभागी गराउँदै उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। विद्यालयमा कराते प्रशिक्षणका लागि प्रशिक्षकसमेत व्यवस्था गरिएको छ।

यसैगरी, गत महिना धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा ‘सुनाखरी एकेडेमी कप–२०८२’ (सिजन–१) सुनसरी जिल्ला स्तरीय फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको थियो। उक्त प्रतियोगितामा उपाधि विजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

यस प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा राम्रो आधार तयार गरेको विश्वास गरिएको छ।

सम्मानित भएपछि प्रिन्सिपल राईले यस सम्मानले आगामी दिनमा अझ जिम्मेवार र समर्पित भएर अघि बढ्न प्रेरणा मिलेको बताए।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved