शिक्षा

    Showing 251-260 of 1,880 items.
  • धरान डान्स आइडल सिजन- ९ सम्पन्न

    धरान/  युनाइटेड डान्स एकेडेमीको आयोजनामा सञ्चालन भएको धरान २०८२ सिजन ९ को फाइनल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कला तपाईंको मञ्च हाम्रो भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त नृत्य प्रतियोगिताले स्थानीय तहका प्रतिभावानहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो। पुष १४ गते सोमबार सम्पन्न प्रतियोगिता धरान-८ स्थित सभागृहमा भएको थियो। प्रतियोगितामा धरानका १० वटा विद्यालयबाट १० जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए। प्रतियोगितामा युनिशा राई विजेता घोषित भएकी छन् भने युनिशा राई प्रभात स्कूलकी विद्यार्थी हुन्। त्यसैगरी द्वितीय लिबर्टी रेसिडेन्सियल स्कूलकी टिका मगर

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान डान्सिङ आइडल सिजन ५ फाइनल चरणमा

    धरान/हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन ५ अन्तिम चरणमा प्रवेश गरेको छ। यस सिजनमा धरान उपमहानगरभित्रका १३ वटा विद्यालयबाट २९ जना प्रतिस्पर्धीहरू सहभागी भएका छन्। विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा हालसम्मका सबै चरणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रतियोगिता अन्तर्गत कल्चर राउन्ड र मोडर्न विथ प्रप्स राउन्ड सम्पन्न भइसकेका छन् भने अब अन्तिम चरण अर्थात् फाइनल राउन्ड हुन लागेको आयोजकले जनाएको छ। फाइनल राउन्डमा प्रतिस्पर्धीहरूले आफ्नो रोजाइ अनुसारको नृत्य शैली प्रस्तुत गर्न पाउनेछन्। उनीहरूले सांस्कृतिक, आधुनिक

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 790 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सातौँ डिआइजी रनिङ कप : प्रभात स्कुल फाइनल प्रवेश

    धरान/  कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले शानदार प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्‍यो। खेलको पहिलो हाफमा प्रभातका भुवन भण्डारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा पनि प्रभातको दबदबा कायम रह्यो। भुवन भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गर्दा, निम्साङ मगरले २० औँ र २९ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 446 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीका प्रिन्सिपल राई सम्मानित

    धरान/ धरान खेलकुद महोत्सव–२०८२ को समापन समारोहका अवसरमा आयोजक धरान खेलकुद मञ्चले धरान–१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईलाई आईतवार सम्मान गरेको छ। धरानमा विशेषगरी फुटबल र कराते खेलको विकासमा सुनाखरी एकेडेमीले पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई र धरान खेलकुद मञ्चका अध्यक्ष एवं एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।  सुनाखरी एकेडेमीले कराते विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीहरू सहभागी गराउँदै उल्लेखनीय सफलत

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 371 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ भव्य रूपमा उद्घाटन

    सुनसरी/  धरान उपमहानगरपालिकाका उप–प्रमुख अइन्द्र बिक्रम बेघाले युवाहरूको सक्रियतामा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार भव्य उद्घाटन गरेका छन्। धरान–गौतमपथ (नयाँ सब्जी मण्डी नजिक) अवस्थित स्टुडियोको उद्घाटन गर्दै उप–मेयर बेघाले युवाहरू गलत बाटोतर्फ नलागी उद्यमशीलतामा लाग्नु सकारात्मक र प्रशंसनीय भएको बताए।उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप–मेयर बेघाले भने, “म जहाँ पुग्छु—जन्मदिन होस् वा पसल उद्घाटन, म युवाहरूलाई प्रोत्साहन गर्न जान्छु। राम्रो कामको सुरुवात गर्दा सरकार सधैं युवाको साथमा हुनुपर्छ।” उनले नग

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 771 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानु स्मृति माविमा खेलकुद सप्ताह समापनसँगै पुरस्कार तथा सम्मान

    धरान/ धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयमा आयोजित खेलकुद सप्ताहको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आइतबार विद्यालय परिसरमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षता तथा धरान–३ का वडा अध्यक्ष बिद्या शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा हासिल गर्ने प्रथम, द्वितीय र तृतीय स्थानका विद्यार्थीहरू तथा खेलकुद सप्ताहअन्तर्गत विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक रबिन सुबेदीले जानकारी दिए। उनका अनुसार विद्यालयम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सूर्यकुण्ड माविको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्डमा रहेको सूर्यकुण्ड माध्यमिक विद्यालयले ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । यसै शैक्षिक सत्रदेखि माध्यमिक तहको कक्षा सञ्चालन थालेको विद्यालयले आइतबार विभिन्न औपचारिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालयलाई जग्गा दान गर्ने दाताहरूलाई सम्मान, सेवा निवृत्त प्रधानाध्यापकलाई विदाइ तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ पुस्तक व्यवसायी महासङ्घको नेतृत्व घिमिरेलाई

    विराटनगर/  व्यवसायिक हकहितको संरक्षण तथा पठन संस्कृतिको प्रवद्र्धनलाई केन्द्रमा राख्दै आएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ मोरङको नेतृत्व दुर्गा प्रसाद घिमिरेलाई सुम्पिएको छ। शनिबार सम्पन्न १९औँ वार्षिक साधारणसभा तथा दशौँ जिल्ला अधिवेशनले घिमिरेलाई अध्यक्ष चयन गरेको हो। अधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा यतिराज पोखरेल, उपाध्यक्षद्वयमा शुसिल घिमिरे र नरेश माझी चयन भएका छन्। सचिवमा माधव प्रसाद बराल, सह–सचिवमा विक्की मित्तल तथा कोषाध्यक्षमा प्रमोद बिश्वास चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा धनकुमारी आचार्य, हिमाकुमारी घिमिरे, बादल कनौडिया, अभिलाष अग्रवाल, विकास ग

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बोलेरो गाडीमा ७६३ केजी गाँजा बरामद, दुई जना पक्राउ

    सुनसरी/ उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।   गएराती विशेष सूचनाको आधारमा चौदण्डीगढी नगरपालिका–३, पैँतालिस चोकमा गरिएको चेकजाँचमा ७६३.७६ किलो गाँजा फेला परेको छ।.   बरामद गाँजा बोकेको बोलेरो गाडी (को १ ज ३४५६) पूर्व रामपुरबाट पश्चिम गाईघाट तर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। गाडीमा सवार चालक रविन कुमार राई (२३, बेलका–६) र अर्का व्यक्ति राम बहादुर राई (२८, बेलका–९) पनि पक्राउ परेका छन्।   प्रहरीले गाडी, चालक र बरामद गाँजा इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।   उदयपुर

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस इङलिस स्कुलको बार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    धरान/  धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार स्कुलको प्राङ्गणमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।   स्कुलका निर्देशक गङ्गाराम राईको अध्यक्षता तथा संविधान सभाका सदस्य किरण कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान–१५ का वडाध्यक्ष, शिक्षाविद्, समाजसेवी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।   कार्यक्रममा गत शैक्षिक सत्रको वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा–९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरि

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved