वराहक्षेत्रमा महुलि लघुवितद्बारा बिद्यार्थीलाई बित्तीय साक्षरता कार्यक्रम

  • चैत ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले बिद्यार्थीहरुलाई एक दिवसिय वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।

मङलवार महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रिगाछिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुलाई उक्त बित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

बिद्यार्थीहरुलाई वित्तीय संस्था, वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान प्रदान , वित्तीय निर्णयहरु साथै व्यक्तिहरूले बैंकमा बचत खाता खोल्न, बचत गर्न, ऋण लिन, ब्याजदर, बिमा, बजार अध्ययन र पैसाको उचित व्यवस्थापन, बचत, लगानी, र डिजिटल कारोबार सम्बन्धी ज्ञान प्रदान गर्ने योजना सहित कार्यक्रम आयोजना गरिएको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले जानकारी दिए ।

महेन्द्र माध्यमिक बिद्यालयका प्रध्यनाध्यापक फिरोज घिमिरेको 

प्रमुख आतिथ्यतामा आयोजना भएको प्रशिक्षण कार्यक्रममा 

महुली लघुवित वित्तीय संस्था लिमिटेड अनुगम कार्यालय चतराका अनुगमन अधिकृत हेमराज दाहालले सहजिकरण गरेका थिए ।

कार्यक्रमको संचालन महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved