वराहक्षेत्र/ सप्तकोशी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले सुर्खेतमा बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दै आईतवार वराहक्षेत्रको चक्रघट्टीमा विरोध प्रदर्शन गरेका छन् ।
‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ मूल नारा सहित सडकमा उत्रिएका प्रदर्शनकारी विद्यार्थीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दै नाराबाजि समेत गरेका थिए ।
प्रदर्शनमा बिद्यार्थीहरूले निर्दोष बालिकालाई न्याय दिनुका साथै यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन जोड दिएको अगुवा विद्यार्थी शिशिर तामाङ्गले बताए ।
र्यालीमा सहभागीहरूले महिला तथा बालबालिकाका लागि सुरक्षित समाज निर्माण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। क्याम्पस परिसरबाट सुरु भएको प्रदर्शन पानी टंङ्की , महेन्द्र गेट , मुनाल चोक हुँदै नगरपालिका अगाडी कोणा सभामा परिनत भएको थियो ।