मुनबिम एकेडेमीको २१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

  • चैत १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको बराहक्षेत्र ५ मा रहेको मुनबिम एकेडेमीले विद्यालयको २१ औ वार्षिकोत्सव तथा अभिभावको दिवस भव्य रुपमा सम्पन्न गरेको छ।विद्यालयले दुई दिन अभिभावक दिवस मनाएको छ।

 दोस्रो दिन विद्यालयका फाउण्डर तथा शिक्षक यज्ञ बहादुर सुब्वाको सभाध्यक्षता र प्याब्सन बराहक्षेत्रका अध्यक्ष खेमराज राईको प्रमुख आतिथ्यमा कार्यक्रम राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि खेमराज राईले विद्यार्थीले तयार पारेको रोबटिकद्वारा कार्यक्रमको उदघाटन गरेका थिए।

दोस्रो दिनको कार्यक्रम कक्षा ४देखि कक्षा १० सम्मको कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल विदुर चौलागाईले बताए।

कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रभाव ,संस्कार संस्कृति झल्कने गीतमा नृत्य गरेका थिए भने गायन,वक्तृत्व साहित्यसँगै क्याटवाल्क समेत प्रस्तुत गरेका थिए भने मोबाइलको जालो शीर्षकको सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरुले तयार पारेका आकर्षक विज्ञान र कला प्रदर्शनी समेत राखिएका थिए।कार्यक्रममा अभिभावक कमला कार्की कटुवालले योग विज्ञानसम्बन्धी ध्यान समेत गराउनुभएको थियो। शिक्षिकाहरु र अभिभावसहितले आफ्ना प्रतिभा प्रस्तुत गरिएको कार्यक्रम निकै रोमाञ्चक बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि खेमराज राईले विद्यार्थीहरुका प्रतिभा प्रस्फूटन गर्ने गराउने थलो विद्यालय हो धेरैजसो नीजि विद्यालयले गरिरहेको छ ।मुनबिम एकेडेमीले पनि नगर र जिल्ला स्तरीय हरेक क्रियाकलापमा उत्कृष्ट गर्दै आइरहेकोछ यो सिङगो बराहक्षेत्रको पनि गौरवको कुरा रहेको बताए। 

विद्यालयको सभाहलमा राखिएको कार्यक्रम विद्यालयका शिक्षक लक्ष्मण कटुवालले सहजिकरण गरेका थिए।

1773563787828 1773563803552

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved