धरान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुनसरीका ६७ विद्यालय छानिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७ विद्यालय छनोटमा परेका हुन् । छनौटमा परेका विद्यालयहरुमा २१ वटा विद्यालयमा ४ कोठे भवन, २७ विद्यालयमा आइसीटि कक्षा सञ्चालन, ३ वटा विद्यालयमा ल्याब स्थापना, १६ वटा विद्यालयहरुमा दुई कोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैया बजेट विनियोजन भएका छन् । आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय छ लाख ५० हजार रुपैया, ल्याबका लागि प्रति विद्यालय १
धरान । प्रदेश १ मा स्थापना भएको देशको पहिलो प्राबिधिक विश्वविद्यालयले आगामी बैसाखदेखी ईन्जिनियरिङ बिषयमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय (एमटीयू) ले २०७९ बैसाखदेखी ईन्जिनियरिङतर्फ रेल्बे , रोपवे (केवलकार) पानी जहाज र लजिष्टिक लगायत बिषयमा स्नातक तहको पहिलो ब्याचको पढाई सुरु गर्ने भएको हो । बैसाखदेखी स्नातक तहको बिईइन सिभिल ईन्जिनियरिङ र बिईइन ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ पहिलो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आबेदन खुला गरेको प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा सुभा
धरान । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणका बाबजदु पनि एसइईको परीक्षा वैशाखमा गरिने निर्णय गरिएका छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन गरिने निर्णय गरेको छ । बोर्डका अनुसार परीक्षा वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गरिने भएको छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलो गरी परीक्षा तालिका तय गरेको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ ।
धरान । त्रिभुनव विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी यसपटक पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् । चौथो सेमेष्टर अन्तर्गत फाइनलको नतिजामा प्रिजाले ३ दशमलव ८३ जिपिए प्राप्त गरेकी छिन् । क्याम्पस प्रमुख तुम्बाबोका अनुसार यो नतिजा प्रदेश १ मै उत्कृष्ट हो । त्रिविले कलेजका लागि ३३ जनाको लागि कोटा निर्धारण गरेको छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको उनले जानकारी दिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले भने, ‘अन्यको पनि नतिजा उत्कृष्ट छ, समग्र विद्यार्थी अनुपातमा धेरै वि
धरान । रंगेली नगरपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले संस्थागत तथा सामुदायिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गर्ने छात्राहरूलाई साईकल वितरण गरेको हो । नगरभित्र रहेका सामुदायिक तर्फका १२ वटा माध्यमिक बिद्यालयका २ सय ९६ छात्रा र संस्थागत तर्फका ८ वटा विद्यालयका १ सय ५ जना छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षको बार्षिक बजेटबाट साईकल खरिद गर्ने निर्णय गरेपछि साईकल खरिद गरेर बितरण गरेको हो । नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिका साईकल बितरण गरेको हो । कार्यक्रममाको प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत
धरान । बेला बितेपछि गाउँमै पनि तोरीको साग ‘चिज’ हुन्छ । सिजनमा समेत मुठाको २० रुपैयाँ भन्दा कम्तिमा पाइँदैन ‘तोरीको साग’ । उदयपुरको बेलका–९ कमलाबारीका प्रदीप खड्का घरैमा मुठाको १० रुपैयाँमा साग पाएपछि खुसी भए । तर उनले त्यो सागलाई बीसै रुपैयाँ तिरे । छिमेकमा रहेको वरपीपल माध्यमिक विद्यालयका विद्यार्थीले गरेको मिहिनेतले प्रदीप खड्कामात्र होइन, विद्यालय वरपर घर भएकाहरु सबै प्रभावित छन् । घरमा ‘सिन्का नभाँच्ने’ केटाकेटी विद्यालयमा मिहिनेतले सामूहिक खेती गरिरहेका भेटिन्छन् । विद्यार्थीको मिहिनेतको सही मूल्याङ्कन गर्दै खड्काले बीसै रुपैयाँ दिए । ‘सम
मोरङ । विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको विविएस् तेश्रो बर्षको परिक्षाफलमा सर्वाधिक अंक ल्याएर नेपाल प्रथम भएकी छिन् । उनले ८२ दशमलव ८ प्रतिशत अंक ल्याएकी हुन् । परिक्षामा ९७ जना विद्यार्थी सहभागी भएका थिए । कलेजका ३ जना डिस्टिङ्सन, २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डको प्रीन्सिपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजकी छात्रा सिम्रनले २०७५ सालमा विविएस् प्रथम बर्षको परीक्षामा पनि प्रदेश प्रथम गरेकी थिईन् । त्यस्तै मेरील्याण्डका छात्र किन्जल पोख्रेल २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भ
धरान । सामाजिक क्षेत्रमा उपयोगी रहेको शिक्षा प्रदान गर्न धरानमा पहिलो पटक ब्याचलर इन सोसियल वर्क पठनपाठन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा धरान–१ स्थित धरान मोडल कलेजमा बिएसडब्ल्यु विषयको अध्यापन शुरु गरिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । कार्यक्रम कोअर्डिनेटर मोहन श्रेष्ठले यो विषय जीवनउपयोगी, व्यवहारिक र स्कोप पनि भएको बताए । विषय अध्यापन गराइयो भने जीवनमा पनि उपयोग हुने र राम्रो स्कोप भएकोले विषय छानेर ल्याइएको उनको भनाई छ । क्याम्पस प्रमुख प्रविन राईका अनुसार यो चारवर्षे कार्यक्रम हो । चारदिन पढाइ हुने र दुईदिन फिल्डवर्क, कार्यअनुभव गर्नेपर्ने हुन्छ
धरान/ पछिल्लो समय सामुदायिक विद्यालयहरु सुविधा सम्पन्न हुन थालेका छन् । सुविधा सम्पन्न भौतिक संरचनाहरु निर्माण भए पनि गुणस्तरिय शिक्षा भने खस्कदै गएको छ । राज्यको लगानी उच्च देखिए पनि शैक्षिक गुणस्तर उकास्न अझै सकेको छैन् । सरकारको लगानी भौतिक संरचना निर्माणमा खर्चिए पनि गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि बजेट सदुपयोग हुँन सकेको छैन् । सामुदायिक विद्यालयहरु अहिले निजी विद्यालय सरह सुविधा सम्पन्न भौतिक संरचना निर्माणमा लागेका छन् तर गुणस्तरिय शिक्षाका लागि आवश्यक संरचना भने विद्यालयमा देखिन्दैन् । शिक्षा मन्त्रालयको सामुदायिक विद्यालय सबल अभ्यास प्रतिवेदन २०७८ का अनुसार एसइइको नतिजामा ७
सुनसरी/ कक्षा १२ को परीक्षालाई मात्रै राष्ट्रियस्तरको परीक्षाको मान्यता दिनेगरी एसईई खारेज गर्न लागिएको छ । संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले एसइई प्रणाली खारेज गर्न सरकारलाई पुनः निर्देशन दिएको हो ।समितिको बिहीबार बसेको बैठकले यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न निर्देशन दिएपनि कार्यान्वयन नभएको भन्दै पुनः निर्देशन दिएको हो । समितिले गत २९ जेठमा भनेको थियो, ‘कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त छ, संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसइई परीक्ष