ग्रेगोरियन क्यालेन्डर ईश्वी सम्वत सन् अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तराष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर(वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ। यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा मनाइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक हुन सक्छ। रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन् १८८९ वा बी।स। १९४६ मा एक वार्षिक दिवसको रूपमा वार्षिक आधारमा मे दिवस मनाउने निर्णय गरियो। रेमंड ल्याभिनले प्रस्ताव गरे कि “शिकागो दंगा” को वार्षिकोत्सव मनाउन अन्तराष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनु
धरान/ हिन्दू धर्मका छैठौं अवतार भगवान परशुरामको जन्म जयन्ती धरानमा भव्य रूपमा मनाइएको छ। समाजमा व्याप्त विकृति, विसंगति र अन्यायविरुद्ध आवाज उठाउने परशुरामको योगदान स्मरण गर्दै शोभायात्रा, सभात्मक कार्यक्रम र सम्मानसहित जयन्ती मनाइएको हो। वैशाख शुक्ल तृतीयाको दिन परशुरामको जन्म भएको विश्वास गरिन्छ। राजा प्रसेनजितकी छोरी रेणुका र ऋषि जमदग्निबाट जन्मिएका परशुरामको स्मृतिमा धरानमा विगत दुई वर्षदेखि परशुराम जयन्ती धुमधामसाथ मनाइँदै आएको छ। भगवान परशुराम समाज, सुनसरी–धरान गठन भएपछि यो परम्परा थप संस्थागत रूपमा अघि बढाइएको हो। यस वर्षको जयन्तीको अवसरमा बिहान व्यानरसहितको शोभायात
सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्। राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्। हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए। उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।" यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई
काठमाडौँ/ आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज दिउँसो पुनः वार्ता हुने भएको छ। बुधबार राति अबेरसम्म वार्ता भए पनि निष्कर्ष ननिस्किएपछि आज दिउँसो २ बजे शिक्षा मन्त्रालयमा फेरि वार्ता हुने तय भएको हो। महासङ्घका महासचिव तुला बहादुर थापाका अनुसार महासङ्घले अघि सारेको ९ बुँदे प्रस्तावका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। ती बुँदाहरूमा सहमति जुटेपछि पहिलो चरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने र दोस्रो चरणमा संसदमार्फत विधेयक पारित गराउने योजना रहेको थापाले जानकारी दिए। यता, वार्ताको प्रयास जारी रहे पनि आन्दोलन भने रोकिएको छैन। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीका अनुसा
इलाम/ विद्यालय शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेको मङ्गलवार २८ दिन वितेकोे छ । सरकारले नेपाल शिक्षक महासङ्घको वार्ता टोलीसँग संवाद गरिरहे पनि निष्कर्षमा पुग्न सकेको छैन । यता अभिभावकको दबाबमा इलाममा केही सामुदायिक विद्यालय खुल्न थाले पनि पढाई हुन सकेको छैन । तर इलामका स्थानीय तहले भने तत्काल पठन पाठन सुरु गर्न अल्टिमेटम दिएका छन् । इलामका स्थानीय तहले विज्ञप्ति जारी गर्दे पठन पाठन सुरु गर्न अल्टिमेटम दिएका हुन । मङ्गलवार जिल्लाको फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले वैशाख १७ बाट पठनपाठन सुरु गर्ने अनुरोध गरेको छ । चुलाचुली गाउँपालिका र इला
काठमाडौं/आज देशभर अक्षय तृतीया पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ। वैशाख शुक्ल पक्षको तृतीया तिथिका दिन पर्ने यस पर्वलाई हिन्दू धर्मावलम्बीले विशेष महत्वका साथ मनाउने गरेका छन्। धार्मिक विश्वास अनुसार आजको दिन गरिएको स्नान, जप, तप, दान–पुण्य आदि कर्मको फल 'अक्षय' अर्थात् कहिल्यै नाश नहुने मानिन्छ। यही कारणले आज व्रत बस्ने, सातु, जल, फल तथा अन्न दान गर्ने चलन रहेको छ। शास्त्र अनुसार आजको दिन त्रेता युगको प्रारम्भ भएको, भगवान् विष्णुको छैटौं अवतार परशुरामको जन्म भएको, र शिव–पार्वतीको विवाह भएको विश्वास गरिन्छ। देशभरका मठमन्दिर, तीर्थस्थल र घरघरमा विशेष पूजा–अर्चना गरी पर्व मनाइ
सुनसरी/ धरानबाट हराएको एक बस विराटनगरमा टुक्र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला परेको छ। सुनसरीको धरान–८, दुर्गापथस्थित ग्यारेजबाट बैशाख १२ गते चोरी भएको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर–१२, मंगलबारे चौक नजिकै रोकेर टुक्र्याइएको अवस्थामा भेटिएको हो। बसका पाटपूर्जाहरू भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएकी कवाडी गोदामबाट प्रहरीले बरामद गरेको छ। बसका चक्का, भित्री फलामको रिङ, इन्जिन लगायतका सामाग्री कवाडीमा बेच्न तयारी अवस्थामा थिए। बस व्यवसायी हरेन्द्र चेम्जोङका अनुसार, हराएको बस खोज्दै जाँदा उक्त अवस्
इलाम/ शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । ‘विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो’, उनले भने ।इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालय
धरान/धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितका अध्यक्षहरुले विद्यालयमा बिद्यार्थी पढ्न पाउने अधिकारको सुनिश्चित हुनु पर्ने माग गरेका छन् । नगरपालिकाको आम विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले विज्ञप्ती मार्फत यस्तो माग गरेका हुन् । उनीहरुले वैखाख १६ गतेदेखि विद्यालयमा पठन पाठन गर्न गराउनको लागि सम्पुर्ण शिक्षकहरुलाई आव्हान गरिएको छ । विज्ञप्तीमा भनिएको छ,“विगत २०८१ चैत्र २० गते बाट शिक्षक महासंघको आयोजनामा विद्यालय शिक्षा ऐन, निर्माण तथा शिक्षकका विविध समस्याहरू सहितको माग गर्दै काठमाण्डौं केन्द्रीत आन्दोलन आज २७ औं दिन भैसक्यो तर हाम्रा सम्पूर्ण विद्यालयहर
धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाजमा बढ्दै गएका दीर्घ रोगीहरुलाई लक्षित गरी परिवर्तनका लागि सामाजिक अभियानु नामक संस्थाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको छ। धरान–१ स्थित धरान मोडल कलेजमा आइतबार आयोजना गरिएको ७८औं संस्करणको शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो। शिविरमा विशेष गरी मुटु रोग, मधुमेह र उच्च रक्तचापका समस्याबाट प्रभावित ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरिएको थियो। परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालका अनुसार, प्रत्येक महिनामा दुई पटक यस्ता शिविर नियमित र