धरान–१२, चतारालाइनमा सञ्चालनमा आएको धरान नोबेल कलेजले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को अध्ययन–अध्यापन सुरु गरेको छ।
आधुनिक पूर्वाधार, अनुभवी शिक्षक र परिणाममुखी शिक्षाको प्रतिबद्धतासहित सञ्चालनमा आएको कलेजबारे कोशीपत्रका संवाददाता फणीन्द्र तिम्सिनाले कलेजका अध्यक्ष डा. माेहन कुमार पाेख्रेल सँग गरेको कुराकानीको सम्पादित अंश:
विद्यार्थीहरूले धरान नोबेल कलेज नै किन रोज्ने?
हाम्रो कलेज रोज्नुपर्ने धेरै आधार छन्। पहिलो, कलेज धरानको केन्द्र भागमा छ। दोस्रो, यहाँ पीएचडीधारी तथा २० वर्षभन्दा बढी अनुभव भएका प्राध्यापकहरूको टोली छ। तेस्रो, कलेज पूर्ण रूपमा सुविधा सम्पन्न छ—प्रत्येक ल्याबमा एसी, आधुनिक कम्प्युटर ल्याब, स्मार्ट क्लासरूम, प्राक्टिकल–बेस्ड शिक्षण प्रणाली र लिफ्टसहितको पूर्वाधार छ। विद्यार्थीले एउटै भवनभित्र सबै सुविधा पाउँछन्।
विद्यार्थीको भविष्य सुनिश्चित गर्न कलेजको योजना के छ?
हाम्रो लक्ष्य विद्यार्थीलाई केवल +2 सम्म सीमित गर्ने होइन। निकट भविष्यमा आफ्नै ब्याचलर कार्यक्रम सञ्चालन गर्दैछौँ, जसले विद्यार्थीलाई निरन्तरता दिन सहज हुन्छ। साथै, यहाँ परिणाममुखी कक्षाहरू सञ्चालन हुन्छन्, जसले विद्यार्थीको भविष्यको मार्ग स्पष्ट बनाउँछ।
कमजोर विद्यार्थीलाई कसरी सुधार गर्नुहुन्छ?
राम्रो विद्यार्थी जहाँ पनि राम्रो गर्छ, तर हाम्रो विशेष ध्यान औसत र कमजोर विद्यार्थीमा छ। हाम्रो दक्ष शिक्षक टोलीले त्यस्ता विद्यार्थीलाई पनि उत्कृष्ट नतिजा दिलाउने गरी व्यक्तिगत रूपमा मार्गदर्शन गर्छ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि के व्यवस्था छ?
आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि ३० प्रतिशतदेखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरेका छौँ। विद्यार्थीको पारिवारिक र आर्थिक अवस्था हेरेर आवश्यक सहयोग गर्छौँ।
कलेजका मुख्य विषयहरू के–के हुन्?
यहाँ साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर म्यानेजमेन्ट र फेसन डिजाइन मुख्य विषयका रूपमा अध्ययन गराइन्छ।
शिक्षण प्रणाली कस्तो छ?
हामी अडियो–भिजुअल, स्मार्ट क्लास र इन्टरएक्टिभ शिक्षण पद्धतिमा विश्वास गर्छौँ। विद्यार्थीलाई प्रश्न–उत्तर, छलफल र खोजमूलक सिकाइमा जोड दिइन्छ, जसले सिकाइ प्रभावकारी बनाउँछ।
धरानका अन्य कलेजभन्दा नोबेल कलेज कसरी फरक छ?
हाम्रो पूर्वाधार, लगानी र शिक्षक टोली नै हाम्रो विशेषता हो। हामीले उत्कृष्ट शिक्षक छनोट गरेका छौँ, त्यसैले यहाँको शिक्षा गुणस्तरीय र फरक छ।
अन्त्यमा अभिभावक र विद्यार्थीलाई के सन्देश दिन चाहनुहुन्छ?
म सबै अभिभावक र विद्यार्थीलाई एकपटक कलेज आएर अवलोकन गर्न आग्रह गर्छु। हाम्रो ल्याब, स्मार्ट क्लास, सेमिनार हल र सम्पूर्ण वातावरण हेरेपछि निर्णय लिनुस्। विश्वासका साथ भन्न सक्छु—तपाईंका छोराछोरीको भविष्य सुरक्षित गर्ने जिम्मा हामी लिन्छौँ।