धरानमा ज्ञानचक्षुको मात्रै शतप्रतिशत, श्री माध्यमिक विद्यालयमा २६ मध्ये १ मात्रै उत्तीर्ण

  • वैशाख २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाअन्तर्गत रहेका २१ वटा सामुदायिक विद्यालयहरूको एसईइ २०८२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार १ हजार १२० विद्यार्थीमध्ये ५६४ जना मात्रै उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ५०.३६ रहेको छ।

नतिजाअनुसार श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरान–१५ ले ५ मध्ये ५ जना उत्तीर्ण गर्दै शतप्रतिशत  (१००%)  नतिजा ल्याएको छ। यो धरानका सामुदायिक विद्यालयमध्ये एकमात्र शतप्रतिशत नतिजा हो।

यस्तै, श्री चन्द्र संस्कृत मावि, धरान–१६ ले ६ मध्ये १ जना उत्तीर्ण गर्दै १६.६७ प्रतिशत नतिजा ल्याएको छ भने श्री माध्यमिक विद्यालय, धरान–१७ मा २६ मध्ये केवल १ जना मात्रै उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ३.८५ रहेको छ। यो धरानमा सबैभन्दा कमजोर नतिजा हो।

त्यस्तै श्री पञ्चकन्या मावि, धरान–१७ ले ६८ मध्ये ५ जना मात्रै उत्तीर्ण गर्दै ७.३५ प्रतिशत नतिजा ल्याएको छ भने श्री शिक्षानिकेतन मावि, धरान–२ (साधारण) को नतिजा पनि ९।८६ प्रतिशत मा सीमित भएको छ।

यता राम्रो नतिजा ल्याउने विद्यालयमा पब्लिक हाई स्कुल ९प्राविधिक०, धरान–१२ ले ८७.२३ प्रतिशत, सहिद स्मृति मावि (प्राविधिक) धरान–८ ले ८३.३३ प्रतिशत र भानुस्मृती मावि, धरान–३ ले ८७.५० प्रतिशत नतिजा हासिल गरेका छन्।

धरानका सामुदायिक विद्यालयहरूको यसपटकको SEE नतिजाले केही विद्यालय उत्कृष्ट देखिए पनि अधिकांश विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने चुनौती स्पष्ट देखिएको छ।

1000035830

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved