शिक्षा

    Showing १११-१२० of १,९२३ items.
  • हिलोमा रमाउँदै धान रोप्न सिके हिबिस्कसका विद्यार्थीले

    धरान/ सुनसरीको धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले शनिबार धरान–५ को देवीगाउँ सिरानस्थित खेतमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरू खेतमै उत्रिएर धान रोप्ने, बिउ ओसार्ने तथा आलि बाउसे गर्ने जस्ता कृषि गतिविधिमा प्रत्यक्ष सहभागी बने। उनीहरूले धानको बिउदेखि चामल उत्पादनसम्मको सम्पूर्ण प्रक्रियाबारे व्यवहारिक रूपमा बुझ्ने अवसर पाए। विद्यालयको पोसाकमै खेतमा पुगेका साना विद्यार्थीहरू हिलोमा रमाउँदै धान रोपाइँमा सहभागी भएको दृश्यले सबैको ध्यान आकर्षित

    • प्रकाशित मितिः असार २७, २०८३
    • ९२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजका विद्यार्थीलाई चिकित्सा शिक्षा सम्बन्धी अभिमुखीकरण

    धरान/सुनसरीको धरान १६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूका लागि चिकित्सा शिक्षा सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। भविष्यमा एमबीबीएस, बीडीएस तथा बी.एस्सी. (नर्सिङ/मेडिकल साइन्स) अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा कलेजका +२ विज्ञान संकायका एड्भाइजर तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. आर्यन राज श्रवण मण्डल र उहाँको विज्ञ टोलीले चिकित्सा शिक्षाको वर्तमान अवस्था, प्रवेश परीक्षा तयारीका प्रभावकारी उपाय तथा यस क्षेत्रमा रहेका अवसरबारे विद्यार्थीलाई विस्तृत जानकारी गराएका थिए। कल

    • प्रकाशित मितिः असार २६, २०८३
    • १,२३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नागाल्यान्डमा नेपालको सांस्कृतिक पहिचान प्रस्तुत गर्दै धरानको लोटस स्कुल

    धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले भारतको नागाल्यान्ड राज्यमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्ने भएका छन्। विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङस्थित गोर्खा विद्यार्थी सङ्घको औपचारिक निमन्त्रणामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा असार २९ गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिएको हो। कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा र

    • प्रकाशित मितिः असार २५, २०८३
    • ६७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘सीम्याट पास नगरी बि एच एम लगायतका कार्यक्रम पढ्न पाइँदैन’

    धरान–१६ स्थित यूएन नवोदय कलेज कोशी प्रदेशमै होटल व्यवस्थापन शिक्षाका लागि परिचित शैक्षिक संस्था मानिन्छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै आएको यस कलेजले शैक्षिक नतिजा, व्यवहारिक सिकाइ, उद्योगसँगको सहकार्य र अन्तर्राष्ट्रिय इन्टर्नसिपका कारण विद्यार्थीमाझ छुट्टै पहिचान बनाएको छ। पछिल्लो समय सीम्याट प्रवेश परीक्षाको तयारी, होटल व्यवस्थापन अध्ययनको भविष्य, व्यवहारिक शिक्षादेखि अन्तर्राष्ट्रिय रोजगारीसम्मका विषयमा कोशीपत्रका संवाददाता फणीन्द्र तिम्सिनाले यूएन नवोदय कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोसँग गरेको कुराकानीको स

    • प्रकाशित मितिः असार २५, २०८३
    • १,४२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजमा विद्यार्थीलाई आर्थिक अपराधबारे प्रशिक्षण

    धरान/ आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन धरान–१६ स्थित युएन नवोदय कलेजमा विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय धरानको आयोजनामा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक देवी बहादुर कार्कीले आर्थिक तथा वित्तीय अपराधका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए। उनले पछिल्लो समय अनलाइन ठगी, बैंकिङ ठगी, डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग, साइबरमार्फत हुने आर्थिक अपरा

    • प्रकाशित मितिः असार २४, २०८३
    • ५२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुस्तक पढे, समीक्षा गरे, पुरस्कार जिते: मोडर्न प्रिपरेटरीका विद्यार्थीको उत्कृष्ट प्रस्तुति

    इटहरी / सुनसरीको इटहरी ६ मा अवस्थित माेडर्न प्रिपरेटरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, साहित्यप्रतिको रुचि अभिवृद्धि तथा प्रभावकारी अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले कला तथा साहित्य क्लबको आयोजनामा ‘पुस्तक समीक्षा शृङ्खला– पहिलो संस्करण’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ७ देखि १० सम्मका ६ जना विद्यार्थीले ६ वटा फरक–फरक पुस्तकमाथि गहन अध्ययन गर्दै समीक्षा, विश्लेषण र आफ्ना विचार प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र विश्लेषणात्मक क्षमताले कार्यक्रमलाई विशेष बनाएको विद्यालयले जनाएको छ। प्रतिय

    • प्रकाशित मितिः असार २२, २०८३
    • ६१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरामा श्रावणमा लाग्ने बोलबम मेलाको तयारी

    वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी) नदीको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्वर बाबा धाममा चढाउने परम्परा रहेको छ । सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबम मेला लाग्ने गर्दछ । उक्त मेलाको व्यवस्थापनका लागि आईतबार विभिन्न समिति गठन गरि ब्यवस्थापनको तयारी सुरु गरिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरेको हो । नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलीय तथा

    • प्रकाशित मितिः असार २१, २०८३
    • ५४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

    धरान/  वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गरेर मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल उद्यमीको परिचय बनाएका छन्। मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साह चतराघाटमा सञ्चालन भइरहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि यस व्यवसायमा होमिएका हुन्। सुरुआती चरणमा विभिन्न प्रकारका मिठाइ उत्पादन गरी बिक्री गर्दै आएका उनले पछि पेडा उत्पादनमा केन्द्रित भए। अहिले उनको व्यवसाय राम्रोसँग चलिरहेको छ भने देशका विभिन्न जिल्लाबाट आउने यात्रु र

    • प्रकाशित मितिः असार २१, २०८३
    • २३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन तेस्रो मेयर कप स्कुल ओलम्पिकको बास्केटबल च्याम्पियन

    धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन स्कुलले जितेको छ। फाइनलमा केके इन्टरनेशनल स्कुललाई ५२–४८ ले पराजित गर्दै मेघाले च्याम्पियनशिप आफ्नो नाममा लेखाएको हो। सुरुवाती दुई क्वार्टरमा केके इन्टरनेशनलले खेलमा पकड बनाएको थियो। पहिलो क्वार्टर ४–३ र दोस्रो क्वार्टर १०–५ ले आफ्नो पक्षमा पार्दै उसले पहिलो हाफमा अग्रता कायम राखेको थियो। तर तेस्रो क्वार्टरमा मेघाले उत्कृष्ट पुनरागमन गर्‍यो। बलियो रक्षात्मक प्रदर्शनसँगै केकेलाई केवल ४ अंकमा सीमित गर्दै आफूले १६ अंक जोडेर खेल आफ्नो पक्षमा मोड्यो। चौथो

    • प्रकाशित मितिः असार १८, २०८३
    • ७५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कक्षा १२ को उत्कृष्ट नतिजा, युएन नवोदयद्वारा विद्यार्थीलाई सम्मान

    धरान/ सुनसरीको धरान–१६ स्थित कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सफल भएका आफ्ना विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सम्मान तथा बधाई दिएको छ। कलेजको सभाहलमा आयोजित कार्यक्रममा साइन्स, म्यानेजमेन्ट तथा कम्प्युटर म्यानेजमेन्ट संकायबाट उत्तीर्ण भएका सबै विद्यार्थीलाई खादा ओढाएर सम्मान गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्दे

    • प्रकाशित मितिः असार १५, २०८३
    • ५३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved