शिक्षा

    Showing 111-120 of 1,880 items.
  • बेपत्ता भएको चार दिनपछि रमाको शव भेटियो

    झापा/ झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रतुवाखोलाको पुलमुनि फेला परेको अज्ञात महिलाको शवको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दमक नगरपालिका–८ बसन्त टोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो। जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको विवरणअनुसार शव फेला परेपछि मृतकको पहिचान खुल्न सकेको थिएन। त्यसपछि प्रहरीले मृतकको बायाँ हातमा रहेको ट्याटुसहितको तस्वीर सार्वजनिक गर्दै पहिचानका लागि अनुरोध गरेको थियो। मिति २०८३ जेठ १७ गते मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारी ले शव हेरेर सनाखत गरेपछि मृतक रमा तिवारी रहेको पुष्टि भएको प्रहरीले

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकर सिजन–६ का विजेतालाई नगद पुरस्कारसहित सम्मान

    धरान/  धरान उपमहानगरव्यापी वक्तृत्वकला प्रतियोगिता ‘एस.ई.ई स्पिकर, सिजन–६’ का विजेताहरूलाई आइतबार एक कार्यक्रमकाबीच नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। धरानस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सेमिनार हलमा आयोजित कार्यक्रममा आयोजक र्‍याडिकल लाईट नेपाल प्रा।लि। का अध्यक्ष तिर्थ कार्कीले विजेताहरूलाई नगद पुरस्कार वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेकी तमन्ना बान्तवा राई ले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। त्यसैगरी फस्ट रनरअप प्रीन्जा विश्वकर्मा ले ५ हजार रुपैयाँ, सेकेन्ड रनरअप खुशी लिम्बु ले ३ हजार

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 715 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएन-नवोदयकी सुम्निहाङमा राई राष्ट्रपति रनिङ शिल्ड भलिबलमा जिल्लाकै प्रथम

    धरान/ धरान १६ मा अवस्थित यूएन - नवोदय +२ की छात्रा सुम्निहाङमा राईले सुनसरी जिल्ला स्तरीय ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ अन्तर्गत भलिबल विधामा प्रथम स्थान हासिल गर्दै कलेजको नाम उच्च बनाएकी छन्। पढाइसँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट क्षमता प्रदर्शन गर्दै सुम्निहाङमा राईले जिल्लास्तरमै प्रथम स्थान हासिल गरेपछि यूएन कलेज नवोदय +२ परिवार गौरवान्वित बनेको छ। क्याम्पस प्रमुख डम्बर कुमार  तुम्बापोका अनुसार सुम्निहाङमाको यो सफलता मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रतिफल हो। उनले सुम्निहाङमालाई हार्दिक बधाई दिँदै आगामी दिनमा जिल्ला हुँदै प्रदेश र राष्ट्रिय स्तरसम्म विज

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 1,396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुल बसकै चपेटामा परे ४ वर्षीय बालक, घर नजिकै दर्दनाक मृत्यु

    झापा/ झापाको गौरादह नगरपालिका–७ फगेटीमा बुधबार साँझ हृदयविदारक सवारी दुर्घटना भएको छ। सजग एकता बोर्डिङ स्कुलको बसबाट घर झार्ने क्रममा सोही बसले किच्दा ४ वर्षीय आरोग्य चिमरिया घटनास्थलमै मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार को १ ख ६९४० नम्बरको स्कुल बसले बालकलाई घर पुर्‍याएर ओराल्ने क्रममा दुर्घटना भएको हो। मृतक आरोग्य गौरादह–७ निवासी खड्ग चिमरियाका छोरा हुन् र सोही विद्यालयमा अध्ययनरत थिए। दुर्घटनापछि बस र चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ। शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

    धरान/  हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेकाछन् । केही दिन अघि स्कुलमा सम्पन्न हाउस क्याप्टेन, सहायक क्याप्टेन तथा विद्यालय क्याप्टेनका लागि भएको निर्वाचनमा निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।स्कुलका शिक्षक नयनराज राईले निर्वाचित विद्यार्थीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । उनीहरुलाई नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, स्कुलका प्रेस संयोजक भोला श्रेष्ठ स्कुलका सहायक प्रिन्सिपल विजयसिं थेवे लगायतले दज्र्यानी चिन्ह तथा प्रमाण पत्र प्रदान गरेका थिए । निर्वाचनबाट प

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 784 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सभाहलमै संसद : विद्यालय शिक्षा विधेयक पारित गर्दै ए.ई.ई. स्पिकर-६ सम्पन्न

    धरान/ धरानका विद्यार्थीहरूले मंगलबार भाषण मात्रै दिएनन्, संसद् पनि चलाए। धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि वास्तविक संसद् जस्तै बनेको थियो, जहाँ विद्यार्थीहरूले शिक्षा नीतिमाथि बहस गरे, नियमापत्ति उठाए, मन्त्रीले जवाफ दिए र अन्ततः “विद्यालय शिक्षा विधेयक–२०८३” बहुमतले पारित समेत भयो। यही फरक र रचनात्मक अवधारणासहित आयोजित धरान उप–महानगरव्यापी “एस.ई.ई स्पिकर–२०८३, सिजन–६” को फाइनल मंगलबार सम्पन्न भएको हो। प्रतियोगिताको आयोजना र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरानले गरेको थियो। प्रतियोगितामा पब्लिक हाईस्क

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 967 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकटकमा ‘हातहतियार’ देखाउँदै पोस्ट गर्ने दुई किशोर प्रहरी फन्दामा

    धरान/  सामाजिक सञ्जाल टिकटकमा हातहतियार प्रदर्शन गर्दै पोस्ट गरिएको घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियाे । सोही आधारमा खोजतलास गर्दै जाँदा मिति २०८३।०२।११ गते साँझ १८:५० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–०२ बाट दुई जना किशोरलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका वर्ष १७ र वर्ष १५ का ती किशोरहरूको साथबाट फलामबाट बनेको घरेलु हतियार, कटुवा पेस्तोल जस्तो देखिने वस्तु समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीले सामाजिक सञ्जालमा यस्ता गतिविधि नगर्न

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 451 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित नेता चयन

    धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा विद्यार्थीहरूले आफ्नो नेता चयन गरेकाछन् । स्कुलले प्रजातन्त्रको अभ्यास तथा आफ्ना मताधिकारप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यले चार सदनको निर्वाचन प्रकृया मार्फत नेता चयन गरेका हुन । निर्वाचन समितिका अनुसार विद्यालय क्याप्टेनमा चेसुङ लिम्बू कक्षा १० तथा उप–विद्यालय क्याप्टेनमा जोयमाओ लिम्बू कक्षा ७ विजयी घोषित भएका छन् । त्यसैगरी सदनगत परिणाम अनुसार रातो सदनबाट कप्तान तुफान मगर कक्षा १० तथा उपकप्तान प्रणिल लिम्बू कक्षा ८ विजयी छन भने निलो सदनबाट कप्तानमा कक्षा ९का याङसाब राई तथा उपकप्तानमा कक्षा १० का इजोन कार्की विजयी भए। यता

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 1,344 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न स्कुलमा सिद्धिचरण श्रेष्ठ जन्मजयन्तीमा सिर्जना

    इटहरी/ मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल ले युगकवि सिद्धिचरण श्रेष्ठ को जन्मजयन्तीको अवसरमा विशेष सिर्जना वाचन कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरूमा नेपाली साहित्यप्रति रुचि जगाउने प्रयास गरेको छ। वि.सं. २०४९ सालदेखि इटहरीमा स्थापित तथा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको इटहरी–६ स्थित विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले करिब ३० वटा कविता वाचन गर्दै आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए। प्रधानाध्यापक पद्मराज सापकोटा को अध्यक्षतामा सम्पन्न कार्यक्रम कक्षा ९ का विद्यार्थी प

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 916 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मदिरापछि विवाद, बोतल प्रहारबाट महिलाको ज्यान गयो

    धरान/धरान–१५ बगरकोटमा गत वैशाख २८ गते साँझ भएको झैँ–झगडाका क्रममा बोतल प्रहारबाट गम्भीर घाइते भएकी ४९ वर्षीया सरु नेम्वाङ को उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। नेम्वाङको मृत्यु भएसँगै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धरान–१५ कै ३८ वर्षीय अशोक लिम्बू र ३३ वर्षीय बुद्धवीर लिम्बू लाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैविरुद्ध कर्तव्य ज्यान उद्योग अन्तर्गत प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरान का भिषणबाबु राई ले जानकारी दिएका छन्। डीएसपी राईका अनुसार यसअघि ज्यान मार्ने उद्योग अन्तर्गत दर्ता भएको मुद्दा नेम्वाङको मृत्यु भएपछि कर्तव्य ज्यान उद्योग मा रूपान्तरण

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 1,089 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved