युएन नवोदय कलेजका विद्यार्थीलाई चिकित्सा शिक्षा सम्बन्धी अभिमुखीकरण

  • असार २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान १६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूका लागि चिकित्सा शिक्षा सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

भविष्यमा एमबीबीएस, बीडीएस तथा बी.एस्सी. (नर्सिङ/मेडिकल साइन्स) अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा कलेजका +२ विज्ञान संकायका एड्भाइजर तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. आर्यन राज श्रवण मण्डल र उहाँको विज्ञ टोलीले चिकित्सा शिक्षाको वर्तमान अवस्था, प्रवेश परीक्षा तयारीका प्रभावकारी उपाय तथा यस क्षेत्रमा रहेका अवसरबारे विद्यार्थीलाई विस्तृत जानकारी गराएका थिए।

कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नियमित अध्ययनसँगै विद्यार्थीलाई करियरमुखी तथा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

उहाँले प्लस टु अध्ययनकै क्रममा चिकित्सा शिक्षाबारे स्पष्ट मार्गदर्शन पाए विद्यार्थीलाई उच्च शिक्षामा प्रवेश, छात्रवृत्ति तथा प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बुले विद्यार्थीलाई केवल प्लस टु उत्तीर्ण गराउनु मात्र नभई उनीहरूको भविष्यको लक्ष्य पहिचान गराई त्यसअनुसार तयारी गराउने कलेजको मुख्य उद्देश्य रहेको बताउनुभयो।

उहाँका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यार्थीलाई उच्च शिक्षाको प्रतिस्पर्धामा आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुर्‍याउनेछ।

कार्यक्रममा सहभागी कक्षा ११ का विज्ञान संकायका विद्यार्थीहरूले अभिमुखीकरण अत्यन्त उपयोगी, प्रेरणादायी र भविष्यको शैक्षिक यात्राका लागि मार्गदर्शक बनेको प्रतिक्रिया दिएका छन्।

कलेजले आगामी दिनमा पनि विद्यार्थीको करियर विकास केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

IMG-20260710-WA0010 IMG-20260710-WA0006 IMG-20260710-WA0007 IMG-20260710-WA0005 IMG-20260710-WA0008 IMG-20260710-WA0014

 

 

सरकार, गणेश नेपालीको ...

काठमाण्डौं/ आत्मदाहको निर्मम बाटोे रोज्न बाध्य बना ...

नागाल्यान्डमा नेपालक ...

धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कु ...

‘सीम्याट पास नगरी बि ...

धरान–१६ स्थित यूएन नवोदय कलेज कोशी प्रदेशमै होटल ...

२०८२/८३ को बजेट अन्त ...

काठमाडौँ/ आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत सरक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved