वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

  • असार २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt - स्वर्णिम राई

धरान/  वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गरेर मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल उद्यमीको परिचय बनाएका छन्।

मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साह चतराघाटमा सञ्चालन भइरहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि यस व्यवसायमा होमिएका हुन्।

सुरुआती चरणमा विभिन्न प्रकारका मिठाइ उत्पादन गरी बिक्री गर्दै आएका उनले पछि पेडा उत्पादनमा केन्द्रित भए।

अहिले उनको व्यवसाय राम्रोसँग चलिरहेको छ भने देशका विभिन्न जिल्लाबाट आउने यात्रु र ग्राहकले पेडा खरिद गर्ने गरेका छन्।

उनका अनुसार अनलाइनमार्फत पनि पर्याप्त अर्डर आउने गरेको छ र ग्राहकसम्म पेडा पुर्‍याउन डेलिभरीको व्यवस्था समेत मिलाइएको छ।

साहले दैनिक १२० लिटरभन्दा बढी दूध प्रयोग गरेर पेडा उत्पादन गर्दै आएका छन्। उनी उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट दूध खरिद गरी पेडा उत्पादन गर्ने बताउँछन्।
विदेशमा १२ घण्टा काम गर्दा मासिक ४० देखि ४५ हजार रुपैयाँ मात्रै कमाइ हुने गरेको स्मरण गर्दै साहले अहिले आफ्नै गाउँमा परिवारसँग बसेर काम गर्दा मासिक ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए।

उनले आफ्नै ठाउँमा बसेर आत्मनिर्भर बन्न पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि भएको उल्लेख गरे।

कुनै समय कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो। साहका पितापुर्खाले पनि त्यही स्थानमा ढिके नुनको व्यापार गर्ने गरेका थिए।

समयसँगै व्यापारको स्वरूप परिवर्तन हुँदै अहिले चतराघाट पेडा उत्पादन र बिक्रीका लागि पूर्वी नेपालको परिचित केन्द्र बन्दै गएको छ।

विक्रम संवत् २०७२ मा चतरास्थित कोशी पुल सञ्चालनमा आएपछि धरान, इटहरी, विराटनगरलगायत पूर्वी क्षेत्रबाट चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौं जाने वैकल्पिक सडकमार्गमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ।

बढ्दो आवागमनसँगै यहाँका व्यापारिक गतिविधि पनि विस्तार भएका छन् भने पेडाको माग निरन्तर बढिरहेको छ। हाल चतराघाट क्षेत्रमा एक दर्जनभन्दा बढी पेडा पसल सञ्चालनमा रहेका छन्।

कोशी पुल निर्माणपछि बढेको यात्रु आवागमनले चतराघाटलाई पूर्वी नेपालको पेडा उत्पादन र बिक्रीको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीय व्यवसायीहरूको भनाइ छ।

 

चतरामा श्रावणमा लाग् ...

वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी ...

भिरबाट लडेर ४० वर्षी ...

मोरङ/  मोरङको मिक्लाजुङ गाउँपालिका–२ चु ...

धरानको सेल्फी रोड लु ...

धरान/ धरान–१४ स्थित विजयपुर जाने सेल्फी रोडमा भएक ...

भारतबाट ब्राउन सुगर ...

सुनसरी/ सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved