वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी) नदीको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्वर बाबा धाममा चढाउने परम्परा रहेको छ ।
सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबम मेला लाग्ने गर्दछ । उक्त मेलाको व्यवस्थापनका लागि आईतबार विभिन्न समिति गठन गरि ब्यवस्थापनको तयारी सुरु गरिएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरेको हो ।
नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाले मेला व्यवस्थापन समितिको संरक्षकमा नगर प्रमुख रमेश कार्कीलाई चयन गरेको छ । समितिको संयोजकमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार रहेकी छिन् ।
जसमा सदस्यहरूमा वडा नं १ का वडाध्यक्ष किसन थापा, वडा नं १ का वडा सदस्यहरू, राजनैतिक दलका प्रतिनिधि, खानेपानी, रेडक्रस, चतरा अस्पताल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय, धार्मिक सङ्घ, संस्था सदस्य रहेका छन् ।
त्यस्तै मेला आर्थिक व्यवस्थापन समितिको संयोजकमा वडा नं १ वडाध्यक्ष किसन थापा रहेका छन् ।सदस्यमा नगरपालिका लेखापाल गौरी राय , उद्योग वाणिज्य सङ्घ चतरा, नेपाल रेडक्रस सोसाइटी र सदस्य सचिवमा वडा नं १ का सचिव लक्ष्मण पौडेल रहेका छन् ।
शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन उपसमितिमा इलाका प्रहरी कार्यालय महेन्द्र नगर सशस्त्र प्रहरी बिपद व्यवस्थापन बल बेस क्याम्प चतरा , ईलका प्रहरी कार्यालय चतरा , प्रहरी चौकी बराहक्षेत्र , ट्रफिक कार्यालय चतरा रहेकाछन् ।
त्यस्तै स्वास्थ्य उपसमितिको संयोजकमा चतरा अस्पताल, खानेपानी तथा सरसफाइ उपसमितिको संयोजकमा तोरी वारी खानेपानी उपभोक्ता समिति,स्नान स्थल तथा बिपद व्यवस्थापन उपसमिति सशस्त्र प्रहरी बल बेस क्याम्प चतरा रहेका छन् ।
सरसफाइ व्यवस्थापन उपसमितिको संयोजकमा देउराली युवा क्लब , आगन्तुक व्यवस्थापनमा उपसमितिमा उद्योग वाणिज्य सङ्घ चतरा रहेको छ ।
विद्युत् संयोजकमा वडा नं १ का वडा सदस्य दीपक राई, प्रचार प्रसार उपसमितिको संयोजकमा स्थानीय पत्रकार संन्तोष गुप्ता, धार्मिक , पर्यटन तथा मनोरञ्जन उपसमितिमा औलिया बाबा मठ तथा छिन्नामस्त संरक्षण मञ्च संयोजक र स्वयम् सेवक उपसमितिमा स्काउण्ड औलिया माबि संयोजक रहेको छ ।
अनुगमन व्यवस्थापन उप-समितिको संयोजकमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार रहेको वडा नं १ का सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोलबम मेलाको व्यवस्थापन, प्रचार प्रसार र मेलालाई व्यवस्थित तथा आकर्षित बनाउने विषयमा उपस्थित सरोकारवाला निकायले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कार्कीले मेलालाई सभ्य, भव्य बनाउन लागि पर्न आग्रह गरेका थिए । मेलाको व्यवस्थापनमा नगरपालिका लागि पर्ने उनले बताए ।
वडा नं १ का अध्यक्ष किसन थापा मगर सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा उपप्रमुख नन्दकुमारी सुनुबार , बृहत्तर बराहक्षेत्र बिकास समितिका अध्यक्ष प्रकाश बस्नेत , शकरआचर्य मठका उपाध्यक्ष गोकुक गुरागाई , औलिया मठका महन्त बिनायक पुरी लगायत राजनैतिक दलका प्रतिनिधि, खानेपानी, रेडक्रस, चतरा अस्पताल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय, पत्रकारहरू, धार्मिक सङ्घ, संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।