हिलोमा रमाउँदै धान रोप्न सिके हिबिस्कसका विद्यार्थीले

  • असार २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले शनिबार धरान–५ को देवीगाउँ सिरानस्थित खेतमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरू खेतमै उत्रिएर धान रोप्ने, बिउ ओसार्ने तथा आलि बाउसे गर्ने जस्ता कृषि गतिविधिमा प्रत्यक्ष सहभागी बने।

उनीहरूले धानको बिउदेखि चामल उत्पादनसम्मको सम्पूर्ण प्रक्रियाबारे व्यवहारिक रूपमा बुझ्ने अवसर पाए।

विद्यालयको पोसाकमै खेतमा पुगेका साना विद्यार्थीहरू हिलोमा रमाउँदै धान रोपाइँमा सहभागी भएको दृश्यले सबैको ध्यान आकर्षित गरेको थियो। हिलोमा खेल्दै, दौडिँदै र एकअर्कासँग रमाइलो गर्दै उनीहरूले कृषिको वास्तविक अनुभव सँगाले।

सहरिया परिवेशमा हुर्किएका धेरै बालबालिकाका लागि धान खेतीको प्रत्यक्ष अनुभव पहिलो पटक भएकाले कार्यक्रम थप स्मरणीय बनेको थियो।

विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारसँग जोड्दै विद्यार्थीमा कृषि पेशाप्रति सम्मान, श्रमको मूल्यबोध र प्रकृतिसँगको सम्बन्ध विकास गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

उनका अनुसार आजका धेरै बालबालिकालाई चामल कसरी उत्पादन हुन्छ भन्ने प्रत्यक्ष जानकारी नहुने भएकाले व्यवहारिक सिकाइ आवश्यक बनेको हो।

रोपाइँमा सहभागी छात्रा आस्था उदासले पहिलो पटक धान रोप्ने अवसर पाउँदा निकै रमाइलो लागेको बताइन्।

अर्का विद्यार्थी सिद्धार्थ श्रेष्ठले समूहमा मिलेर काम गर्दा सहकार्यको महत्व बुझ्नुका साथै काम छिटो र प्रभावकारी रूपमा सम्पन्न हुने अनुभव भएको प्रतिक्रिया दिए।

रोपाइँ कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यालयले यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको सम्मान, कृषिप्रतिको रुचि, नेपाली मौलिक कृषि संस्कृतिप्रतिको अपनत्व तथा सामूहिक रूपमा काम गर्ने संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

IMG-20260711-WA0014

IMG-20260711-WA0006 IMG-20260711-WA0005 IMG-20260711-WA0004 IMG-20260711-WA0003 IMG-20260711-WA0002 IMG-20260711-WA0011 IMG-20260711-WA0001 IMG-20260711-WA0010 IMG-20260711-WA0009 IMG-20260711-WA0007 IMG-20260711-WA0011 IMG-20260711-WA0001 IMG-20260711-WA0010 IMG-20260711-WA0009 IMG-20260711-WA0007

७ वर्षदेखि अलपत्र ल ...

धरान/धरान उपमहानगरपालिका–५ को देवी गाउँस्थित लेदु ...

सरकार, गणेश नेपालीको ...

काठमाण्डौं/ आत्मदाहको निर्मम बाटोे रोज्न बाध्य बना ...

युएन नवोदय कलेजका व ...

धरान/सुनसरीको धरान १६ मा अवस्थित युएन नवोदय +२ कलेजले क ...

नागाल्यान्डमा नेपालक ...

धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved