इटहरी/ कोशी प्रदेशका बालबालिकाहरूमा अटिजमको समस्या बढ्दो मात्रामा देखिएपछि अभिभावकलाई तालिम दिइएको छ । अटिजमका बारेमा धेरै अभिभावकहरूलाई जानकारी नहुने हुँदा बच्चाहरूमा थप समस्या जटिल बन्ने गरेको छ । धेरै अभिभावकहरुलाई आफ्ना बच्चा किन फरक छन् भन्ने थाहा नहुँदा समस्या जटिल बन्दै गएको अवस्थामा तालिम दिइएको हो । साना बालबालिकाहरुमा बढी मात्रामा देखिने अटिजमका लक्षणहरू देखा परेसँगै परिवार र समाजमा समेत चिन्ता बढ्दै गएपछि अभिभावकहरूलाई सचेतना दिन तालिम दिइएको हो । काठमाडौँको वेतेस्डा ग्रेसल्याण्ड एकेडेमीसँगको सहकार्यमा इटहरीस्थित अभनिश चाइल्ड केयर सेन्टरले इटहरीमा १५ दिने ‘अभिभाव
धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा गोठमा बाँधिराखेको कोरलीको बाछी काटिएको छ। गोठमा बाधिराखेकोकोरली बाछी चोरी गरेर आइतबार राती काटिएको हो। बाछी काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–६ पानबारीकी सीता पौडेलको गोठमा बाधिराखेको कोर ली बाछी चोरी गरी काट्ने धरान–१७ की सपना लिम्बू र धरान–१३ का राजकुमार विकलाई प्रहरीले पक्राउ गरेका छ। उनीहरुलाई प्रहरीले मासु सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले पुष्टि गरे। डिएसपी राईले घटनाबारे अनुसन्धान भइरहेकोे भन्दै थप बताउन चाहेनन्। घर भन्दा १०-१५ मिनेटको दुरीमा गाई
विराटनगर/ असार १५ का अवसरमा विराटनगर वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएर सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मान स्वरुप दहीचिउरा खुवाएर शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ । समाजसेवी एवं पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीव दाहाल, मेजर मानबहादुर राई, वडासदस्य कृष्ण भट्टराई, ज्येष्ठ नागरिक सेवा समितिका कोषाध्यक्ष भरत का
यो बर्षको एसईई परीक्षाका नतिजा भखरै मात्रै आएको छ । यो बेला विद्यार्थीहरु कहाँ पढ्ने,कस्तो विषय पढ्ने र कुन कलेजमा राम्रो पढाई हुन्छ भन्ने अन्यौल छ । नयाँ विद्यार्थीहरु धरानका विभिन्न कलेजहरुको खोजीमा रहेका छन् । बिद्यार्थीहरुको रुची र चाहनालाई पुरा गर्नको निम्ति विगत लामो समयदेखि धरानमा रहेको एम्स एकेडमी कलेज रहेको छ । एम्स कलेज अग्रणी स्थानमा आउने कलेज हो । धरानका बौद्धिक प्राज्ञिक व्यक्तिहरुद्धारा सञ्चालित यो पनि हो । विद्यार्थीले किन त एम्स एकाडेमी कलेज रोज्ने भन्ने सन्दर्भमा कोशी पत्र दैनिकले कलेजका प्रिन्सिपल सन्तोष कोइरालासँग गरिएको कुराकाकनी ः # एम्स एक
धरान/ धरानको सुनाखरी एकाडेमी स्कुलले यो वर्षको एसईई परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल वनेपछि स्कुलले आइतबार एक कार्यक्रम गरी सम्मान गरेको छ । विहान १० बजे स्कुलले सम्पुर्ण विद्यार्थीहरु सहित शिक्षक र शिक्षिकाले खादा लगाएर सम्मान गरेको प्रिन्सिपल मिलन कुमार राईले बताए । उनका अनुसार यो बर्षको एसईई परीक्षामा जम्मा २२ जना विद्यार्थीले परीक्षा दिएका थिए भने सवै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएर परीक्षामा उतीर्ण भएको जनाइएको छ । ए प्लस्, २ जना, १४ जनाले ए र ६ जनाले बी ग्रेडमा उतीर्ण भएका हुन् । गत बर्ष पनि सुनाखरीले सत प्रतिशत नै नतिजा ल्याउन सफल भएको थियो । यो बर्षको ब्याज १४ औं ब्या
धरान/ प्रत्येक बर्ष नेपाल सरकारले असार १५ लाई धान दिवको रुपमा मनाउने गरेको छ । कृषि प्रधान देश नेपालमा बर्षैनी धान दिवस मनाइरहदा खेतियोग्य जमिन भनै मासिदै घडेरीमा परिणत बन्दै गएको अवस्था छ । कृषि क्षेत्रमा राज्यले लिएको नीति नै स्पष्ट नभएका कारण बर्षेनी मनाउदै आएको धान दिवसले सार्थकता पाउनुको साटो महत्व घट्दै गएको छ । सहरीकरणसँगै खेतियोग्य जमिन मासिदै जाँदा अहिलेका पुस्तालाई धान कसरी रोपिन्छ, धानको विउ कस्तो हुन्छ भन्ने सम्म ज्ञान छैन । शनिबार १ औं राष्ट्रिय धान दिवस । धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ वडालाई केन्द्रित गरेर धान दिवसको अवसरमा धरान ५ मा विशेष कार्यक्रमको आयोजन गरिएको
काठमाण्डौ/ अबदेखि घरजग्गाको कारोबार गर्नको लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै परिचय पत्र अनिवार्य गरेको हो । उक्त नियम अब माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य लागु हुने छ । अहिले क्रेता र विक्रेताको नागरिकताबाट घरजग्गाको लिखत पास हुँदै आएको छ। राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य अनुसार घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। “सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफ
धरान/विद्यार्थीको आकर्षण र रोजाईमा पर्ने विराटनगर महानगरपालिकामा मध्येकै उत्कृष्ट स्कुल प्यारागन एकेडेमी हाई स्कुल यो वर्षको एसइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विराटनगर ३ मा रहेको उक्त स्कुलका जम्मा ५ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागि रहेका थिए । ३ जना विद्यार्थीले ए प्लस र अन्य तीन जनाले ए ग्रेड ल्याएर परीक्षामा उतीर्ण भएको स्कुलका प्रिन्सिपल सन्तोष अधिकारीले बताए । उनले भने,“हामीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौ,विद्यार्थीहरु सबैलाई हार्दिक बधाई र शुभकामना छ। ”स्कुलले यो वषैदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्ने भएको छ भने कानुन,एजुकेशन र कमर्स कोर्ष अ
धरान । यो बर्षको एसईई परीक्षामा धरान उपमहानगरभित्र रहेका विद्यालयहरु मध्ये धरान वडा नम्बर ६ मा रहेको सरकारी तथा नीजि विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विहीबार देशैभर प्रकाशित भएको एसईई परीक्षाको नतिजा आउँदा पानबारीमा रहेको सवैभन्दा पुरानो सरकारी विद्यालय सरस्वती माविले यो बर्ष गत वर्षको भन्दा उत्कृष्ट नतिजा ल्याएको जनाइएको छ । विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ दाहालका अनुसार यो बर्षको(एसईई) मा ६९.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उनले भने,“९९ विद्यार्थी परीक्षा सहभागी भएकोमा ६९ जना उतिर्ण भएका छन, ३.६ भन्दा बढि जिपिए २ जना, ३.२ देखि ३.५९ जिपिए १६ जना,२.८ द
धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्था हो । शिक्षाको मूल उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास हो । विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास नै शिक्षाको मूल उद्देश्य हो । धरान मेघा कलेजले पनि यसैलाई मूल मन्त्र ठानेको हुँदा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले बताए । २०६१ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको मेघा कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ । अहिलेको समयमा बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउनु आवश्यक भएको हुँदा गुणस्तरी