ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाएर सम्मान

  • असार १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ असार १५ का अवसरमा विराटनगर वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएर सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मान स्वरुप दहीचिउरा खुवाएर शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ ।

समाजसेवी एवं पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीव दाहाल, मेजर मानबहादुर राई, वडासदस्य कृष्ण भट्टराई, ज्येष्ठ नागरिक सेवा समितिका कोषाध्यक्ष भरत कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०८१ सालको हिन्दु नेपालीहरुको पहिलो चाडका रुपमा मनाइने असार १५ लाई विशेष बनाउन ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएको आयोजक समितिका इन्द्र खतिवडाले जानकारी दिए ।

यसैबीच, वडा नम्बर ११माा अवस्थित ज्येष्ठ नागरिक सेवा भवनका लागि समाजसेवी चिरञ्जीवी दाहाल, पदम श्रेष्ठ र मेजर मानबहादुर राईले एसी जडान गरिदिने प्रतिबद्धता जनाए ।

गर्मीका कारण ज्येष्ठ नागरिकलाई समस्या भएको भन्दै उहाँहरुले एक हप्ताभित्र भवनको सभाहलमा चार वटा एसी जडान गरिदिने प्रतिबद्धता जनाउनुभएको हो । सो भवनमा प्रत्येक दिन बिहान ५ देखि ६ बजेसम्म योगाभ्यास, दिउँसो भजनकीर्तनसहितका विभिन्न गतिविधि हुने गरेका छन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved