सुनाखरीमा एसईई परीक्षा सतप्रतिशत उतीर्ण गर्ने  २२ जना विद्यार्थीलाई सम्मान

  • असार १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको सुनाखरी एकाडेमी स्कुलले यो वर्षको एसईई परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल वनेपछि स्कुलले आइतबार एक कार्यक्रम गरी सम्मान गरेको छ ।

विहान १० बजे स्कुलले सम्पुर्ण विद्यार्थीहरु सहित शिक्षक र शिक्षिकाले खादा लगाएर सम्मान गरेको प्रिन्सिपल मिलन कुमार राईले बताए ।

1719749224442

उनका अनुसार यो बर्षको एसईई परीक्षामा जम्मा २२ जना विद्यार्थीले परीक्षा दिएका थिए भने सवै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएर परीक्षामा उतीर्ण भएको जनाइएको छ ।

ए प्लस्, २ जना, १४ जनाले ए र ६ जनाले बी ग्रेडमा उतीर्ण भएका हुन् । गत बर्ष पनि सुनाखरीले सत प्रतिशत नै नतिजा ल्याउन सफल भएको थियो ।

यो बर्षको ब्याज १४ औं ब्याज हो भने २०४५ सालमा सुनाखरी स्कुल स्थापना भएको हो ।

1719749230621

प्रिन्सिपल राईले दिएका जानकारी अनुसार अभिभावक दिवस कार्यक्रममा ए प्लस ल्याउने बिद्यार्थीलाई नगद सहित सम्मान गर्ने पनि बताइएको छ ।

सुनाखरीमा कक्षा ११ र १२ को पनि पढाई हुँदै आएको छ ।1719749219458

स्कुलले उत्कृष्ट सहित सत प्रतिशत नतिजा ल्याउन सफल वन्नुमा विद्यार्थी,अभिभावक र शिक्षक  सबैका महत्वपुर्ण भुमिका रहकाले सफलता मिलेको प्रन्सिपल राईको भनाई छ ।  1719746834010 IMG-20240630-WA0002 IMG-20240630-WA0001

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved