इटहरीमा अटिजमको तालिम सम्पन्न

  • असार १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ कोशी प्रदेशका  बालबालिकाहरूमा अटिजमको समस्या बढ्दो मात्रामा देखिएपछि अभिभावकलाई तालिम दिइएको छ ।
अटिजमका बारेमा धेरै अभिभावकहरूलाई जानकारी नहुने हुँदा बच्चाहरूमा थप समस्या जटिल बन्ने गरेको छ ।

धेरै अभिभावकहरुलाई आफ्ना बच्चा किन फरक छन् भन्ने थाहा नहुँदा समस्या जटिल बन्दै गएको अवस्थामा तालिम दिइएको हो ।

साना बालबालिकाहरुमा बढी मात्रामा देखिने अटिजमका लक्षणहरू देखा परेसँगै परिवार र समाजमा समेत चिन्ता बढ्दै गएपछि अभिभावकहरूलाई सचेतना दिन तालिम दिइएको हो ।

काठमाडौँको वेतेस्डा ग्रेसल्याण्ड एकेडेमीसँगको सहकार्यमा इटहरीस्थित अभनिश चाइल्ड केयर सेन्टरले इटहरीमा १५ दिने ‘अभिभावक – बालबालिका तालिम’ आयोजना गरेको हो ।

तालिमको आज समापन गरिएको छ ।

वेतेस्डा ग्रेसल्याण्ड एकेडेमीको सञ्चालक तथा अटिजम क्षेत्रको वरिष्ठ प्रशिक्षक एन्जी डेन्जेङ्पाले ‘अभिभावक – बालबालिका तालिम’ को प्रशिक्षण गर्नुभएको थियो ।

कोशीमा नेपालमै पहिलो पटक अटिजम भएका बच्चाहरूको अभिभावकहरूलाई अटिजमका बारेमा सचेतना तालिम दिइएको आयोजकले जनाएको छ ।

दुई हप्ते तालिममा सुनसरी, मोरङ, झापा, उदयपुरका ३० जना अटिजम भएका बच्चाहरूको अभिभावकको सहभागिता थियो ।

तालिममा अटिजम भएका बालबालिकाहरूलाई कसरी हेरचाह गर्ने र सामान्य जीवनयापन गर्न सहयोग पुग्ने तौरतरिका सिकाउनका साथै आधारभूत थेरापीको बारेमा प्रशिक्षण गराइएको हो ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved