धरानको पानबारीमा बाछी काटियो,दुई जना पक्राउ

  • असार १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt -तस्बिर : औजार न्यूज.डटकम बाट

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा गोठमा बाँधिराखेको कोरलीको बाछी काटिएको छ।

गोठमा बाधिराखेकोकोरली बाछी चोरी गरेर आइतबार राती काटिएको हो। बाछी काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान–६ पानबारीकी सीता पौडेलको गोठमा बाधिराखेको कोर ली बाछी चोरी गरी काट्ने धरान–१७ की सपना लिम्बू र धरान–१३ का राजकुमार विकलाई प्रहरीले पक्राउ गरेका  छ।

उनीहरुलाई प्रहरीले मासु सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले पुष्टि गरे।

डिएसपी राईले घटनाबारे अनुसन्धान भइरहेकोे भन्दै थप बताउन  चाहेनन्। घर भन्दा १०-१५ मिनेटको दुरीमा गाई गोठ रहेको र खाना खान घर गएको समयमा आइतबार बेलुकी गोठबाट बाछी हराएको पौडेलले बताइन्।

उनले भनिन् –‘हामी खाना खान गएको बेला बाछी चोरेर लगेछन्, पछि थाहा भयो नजिकै जंगलमा पुर्‍याएर काटे रे।

यस्तो अपराध गर्नेलाई हदैसम्मको कारवाही होस् ।’ गोठबाटै बाछी लगेर काटिएपछि पानबारीबासीले तत्काल नियन्त्रण गर्न स्थानीले  सहयोग गरेका छन्।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved