धरान/ धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवायुवतीलाई सम्मान गर्दै आकर्षक छात्रवृत्ति प्रदान गरेको छ। कलेजको सभाहलमा बिहीबार आयोजित विशेष कार्यक्रममा मिस एसईई–२०८३ की विजेता स्टेला श्रेष्ठ, सेकेन्ड रनरअप स्वस्ती अधिकारी र पब्लिक चोइस अवार्ड विजेता सुप्रभा पाण्डेलाई सम्मान गरिएको थियो। त्यसैगरी मिस प्रोभिन्स आइडल–२०८३ का विजेता स्वर्णिम थापा मगर र फस्ट रनरअप मुस्कान राईलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ। कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे, उप–प्राध्यापक राजेश विद्रोही तथा होटल म्यानेजमेन्ट कोअर्डिनेट
धरान/ हिबिस्कस बाल क्लबका नव निर्वाचित समितिका पदाधिकारी र धरान–१५ का वडा अध्यक्षवीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । हिबिस्कस ईङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाचित हिबिस्कस बाल क्लबका नयाँ कार्यसमितिका पदाधिकारीहरू र धरान उपमहानगरपालिका वडा नं.–१५ का वडा अध्यक्ष नरेश कुमार इवारमवीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष इवारमले बालबालिकाहरूको हक, अधिकार, कर्तव्य तथा समाजमा उनीहरूको भूमिकाबारे जानकारी गराउँदै नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी मन्तव्य साथ जानकारी दिएका थिए । कार्यक्रममा हिबिस्कस बाल क्लबका नवनि
धरान/ धरान-५ स्थित देउराली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले खानेपानी आयोजनाको काममा सहभागी नभएको बहानामा उपभोक्ताहरूबाट कुनै पनि प्रकारको चन्दा, शुल्क वा जरिवाना संकलन नगर्न र श्रमदान नगरेकै कारण देखाएर धम्की वा दबाब नदिन सम्बन्धित सबै पक्षसँग जोडदार अनुरोध गरेको छ । समितिले बुधबार पत्रकार सम्मेलन गर्दै खानेपानी पाइप लाइन विस्तार तथा मर्मत कार्यका सम्बन्धमा बजारमा फैलाइएका भ्रमपूर्ण सूचना र गैरकानुनी गतिविधिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगत झैँ पुरानो पाइप लाइन मर्मत र नयाँ विस्तार कार्यका लागि आम उपभोक्ताहरूलाई श्रमदानमार्फत सहयोग गर्न टोल विकास संस्थाहरूलाई आह
इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोजनामा बालअधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भएको छ। बाल दिवसको अवसर पारेर आइतबार आयोजित उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ६ बाल सञ्जालकी उपाध्यक्ष तथा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा श्रेजा गौतमले गरेकी थिइन्। कार्यक्रमको सञ्चालन प्रज्ञा भट्टराई र आभास्ना वाग्लेले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा वडा नं. ६ बाल सञ्जालका पदाधिकारीहरूले बालअधिकार, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणका विषयमा मन्तव्य राखेका थिए। त्यसैगरी विद्यार
धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट्रिय खगोलशास्त्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कक्षा–१२ विज्ञान सङ्कायका विद्यार्थी प्रशन्न श्रेष्ठ १३ औं राष्ट्रिय खगोलशास्त्र प्रतियोगिता–२०२६ को फाइनल चरण (तेस्रो चरण) मा छनोट भएका हुन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरण (नेशनल लेभल) मा उत्कृष्ट प्रदर्शन गर्दै श्रेष्ठले अन्तिम चरणमा स्थान सुरक्षित गरेका हुन् । देशभरबाट हजारौँ विद्यार्थी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धीहरू मात्र छनोट हुँदै फाइनल चरणमा पुगेका छन् । कोशी प्रदेशबाट फाइनलका लागि छनोट हुने तीन व
धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडलको उपाधि जित्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी बिजेता, उप–बिजेताहरूलाई नगद पुरस्कार वितरण गरिएको इभेन्ट म्यानेजर रामबहादुर लिम्बूले जानकारी दिए । आयोजक संस्था अर्थात् फक्ताङलुङ मिडिया हाउस प्रालिले गएको जेठ ७ गते फाइनल प्रतियोगिता आयोजना भएको र सो प्रतियोगितामा बिजेता उपबिजेतालाई नगद पुरस्कार दिइएको आयोजक संस्थाका अध्यक्ष एवम् प्रतियोगिताका परिकल्पनाकार डम्बरकुमार तुम्बापोले जानकारी दिए । गायन, नृत्य र बक्तृत्वकला प्रतियोगितामा भाग लिएर बिजेता बन्ने तीनजना विद्यार्थीलाई नगद एक ल
धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर निर्माणको अवसर अब धरानमै उपलब्ध गराउँदै आएको प्राइम भिजन इन्टरनेशनल कलेज (PVIHM) ले शैक्षिक सत्र २०८३ का नवप्रवेशी विद्यार्थीहरूका लागि इटहरीस्थित रामाडा बाइ विन्धम होटलमा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ११, एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (ADHM) तथा एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी (ADIT) का विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा ५० भन्दा बढी विद्यार्थी उत्साहपूर्वक सहभागी भएका थिए। धरानबाट नयाँ शैक्षिक सत्रका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने पहिलो कलेज बनेर प्राइम भिजनले फरक पहिचान स्थ
बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित आदर्श सामुदायिक सिकाई केन्द्रले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । शुक्रवार आदर्श माध्यमिक विद्यालयको सभाहलमा उक्त माध्यमिक तह ९कक्षा १० ० स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा बराह राईजिङ्ग स्टार ङइ्लिस स्कुल प्रथम भएको छ । त्यस्तै दोस्रो तेस्रो औलिया माध्यमिक बिद्यालय चतरा र तेस्रो राधाकृष्ण संस्कृत गुरुकुल विद्यालय चतराधाम बन्न सफल भएको थियो । त्यस्तै आदर्श माध्यमिक विद्याल सान्त्वना बन्न सफल भएको थियो । प्रतियोगितामा प्रथम हुने राईजिङ्गले ६ हजार , दोस्रो हुने औलियाले ४ हजार ५ सय, तेस्रो हुने राध
इटहरी/ विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरी ले वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी विविध कार्यक्रम आयोजना गरेको छ। दिवसको अवसरमा विद्यालयको भ्लखष्चयलmभलत बलम क्बलष्तबतष्यल ऋगिद को आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो। वातावरण संरक्षण, सरसफाइ तथा प्रकृति संरक्षणसम्बन्धी विभिन्न सचेतनामूलक नारासहित विद्यार्थी तथा शिक्षकहरूले इटहरी नगर परिक्रमा गरेका थिए। प्रभातफेरीमार्फत वातावरणीय सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष तथा कक्षा १० का विद्यार्थी निर्मेश चौधरी को संयोजनमा आयोजित कार्
झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास गरेका एक युवक झापाको काँकरभिट्टामा पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले बुधबार बिहान करिब ११ः४५ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रमा शंकास्पद अवस्थामा आएका एक युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मेचीनगर–१४ निवासी २५ वर्षीय आकाश चौधरी रहेका छन्। भारतबाट नेपाल प्रवेश गर्दै गरेका चौधरीमाथि शंका लागेपछि प्रहरीले सोधपुछ तथा खानतलासी गरेको थियो। जाँचका क्रममा उनले मलद्वारभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लास