शिक्षा

    Showing 101-110 of 1,421 items.
  • १५ वर्षीया छात्राले शौचालयमा जन्माइन शिशु

    पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ। घटना मंगलबार राति फिदिमको लप्सिबोटेमा भएको हो। आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्। जन्मेको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। घटनापछि अत्यधिक रक्तस्राव भएकोले ती किशोरीलाई तत्कालै पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिशुको

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 1,764 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोङ गाउँपालिकाको ‘गुरु किसान’ योजना: किसानलाई मालिक बनाउने अभियान

    इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भनेर नारा लगाइए पनि त्यसअनुसार कार्यक्रम कार्यान्वयन नहुँदा किसानको जीवनस्तर उकासिन सकेको छैन। तर इलामको रोङ गाउँपालिकाले भने स्थानीय कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै किसानमुखी योजनाहरू अघि बढाएको छ। गुन्द्रुक, सिन्की, मह र बेसारजस्ता स्थानीय उत्पादनको सफल बजारीकरणपछि गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम सुरु गरेको हो। ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ अनुसार छनोट गरिएका १२१ जना नमुना किसानलाई हालै ‘गुरु किसान’ घोषणा गर्दै उनीहरूलाई पोशाक र झोला प्रदान गरिएको छ। गुरु किसानहरूले अरू किसानलाई

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 280 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी बाल सुधार गृहबाट तीन बालबन्दी फरार

    मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट तीन जना बालबन्दी फरार भएका छन्। सोमबार दिउँसो साढे दुई बजे भएको फरार घटनाले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङका १७ देखि १८ वर्ष उमेर समूहका बालक हुन्। उनीहरूमध्ये उदयपुरका एक जनालाई जवरजस्ती करणी अभियोगमा अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। ती बालक सुधार गृहमा तीन वर्षदेखि रहेका थिए। बाँकी दुई जना झापा र ताप्लेजुङका बालक पाँच महिनाअघि मात्र पुर्पक्षमा सुधार गृहमा राखिएका थिए। घटनाबारे जानकारी पाउनेबित्तिकै मोरङ प्रहरीले खोजी कार्य सुरु गरेको छ। जिल्ला प्रहरी कार्

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 297 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माइपोखरीमा ४० हजार माछाका भुरा छाडियो

     इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा ४० हजार माछाका भुरा छाडिएको छ। सन्दकपुर गाउँपालिका–१ स्थित माइपोखरीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले माछाका भुरा छोडेको हो। प्राकृतिक तथा सार्वजनिक जलाशयमा माछाको संख्या वृद्धि गर्न थालिएको अभियानअन्तर्गत माइपोखरीमा भुरा छाडिएको कार्यालय प्रमुख डा. राघवेन्द्र तिवारीले जानकारी दिए। भुरा छोड्ने कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, प्राविधिक बेदनिधि दुलाललगायतको उपस्थिति थियो। माछाको प्रजनन वृद्धि गर्दै पारिस्थितिक सन्तुलन कायम गर्न

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 243 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेशस्तरीय एसईई आइडल सिजन ५ मा३० उत्कृष्ट विद्यार्थी छनोट

    सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट सहभागी भएका १५० भन्दा बढी विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरी ३० जना उत्कृष्ट प्रतिभा छनोट भएका छन्। ‘शिक्षाका लागि संगीत’ भन्ने नारासहित आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूको गायन, नृत्य र वक्तृत्वकलामा केन्द्रित रही उनीहरूको लुकेको प्रतिभा उजागर गर्ने प्रयास गरेको हो। प्रतियोगिता फक्ताङलुङ मिडिया हाउस प्रालि को आयोजनामा सम्पन्न भएको हो। आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरू सेमीफाइनल चरणसम्म आइपुगेका थिए। सेमीफाइनलमा सहभागी १५० जना एसई

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारबाट फर्किएपछि च्याउखेतीमार्फत वार्षिक १८ लाखभन्दा बढी बचत

    धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले च्याउखेतीबाट वार्षिक रु १८ लाखभन्दा बढी बचत गर्न सफल भएका छन्। तीन वर्षअघि दुबईबाट फर्किएका भुजेल हाल आफ्नै गाउँमा च्याउखेती गरेर आत्मनिर्भर जीवन बिताइरहेका छन्। विदेशमा काम गर्दा महिनाको ३५–४० हजार रुपैयाँ कमाउने भुजेलले त्यसबाट खासै बचत गर्न सक्दैनथे। तर, अहिले उही मेहनत आफ्नो देशमा गर्दा राम्रो आम्दानीसँगै सन्तोषजनक जीवनयापन गरिरहेका छन्। “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनमा आँट थियो। विदेश होइन, अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ,” भुजेल भन

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 279 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर अस्पतालमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो

    धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।  पाँच वर्षभन्दा बढी समयदेखि अस्पतालमा सेवा गरिरहेका दुईजना नर्सलाई सो अवसरमा ‘नर्स अफ दी इयर’ सम्मान प्रदा नगरिएको थियो । यो सम्मान प्राप्त गर्ने नर्सहरूमा इमर्जेन्सी विभागका वरिष्ठ अनमी टीका शङ्कर र आईसीयू विभागका वरिष्ठ स्टाफ नर्स रञ्जिता आले मगर छन् । उनीहरूलाई ट्रफी र नगदसहित अन्य उपहारहरू पनि प्रदान गएिको थियो ।  त्यसैगरी, अस्पतालमा पाँच वर्षभन्दा बढी सेवा गरेका अन्य पाँचजना नर्सहरूलाई पनि ट्रफीसहित सम्मान गरिएको प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । यस

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय पर्यटन प्रवर्द्धनका लागि चतरामा नयाँ हाइकिङ रुटको सुरुवात

    वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको वराहक्षेत्र क्षेत्रको प्रवर्द्धनका लागि चतरा हाइकिङ समूहले सोमबार नयाँ हाइकिङ रुटको औपचारिक सुरुवात गरेको छ। वराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले नयाँ गन्तव्यको उद्घाटन गर्दै पर्यटन प्रवर्द्धनमा स्थानीयको सक्रियता प्रेरणादायी भएको बताए। स्थानीय पत्रकारहरूको पहलमा सुरु भएको चतरा हाइकिङ समूहले विगत तीन वर्षदेखि प्रत्येक शनिबार नयाँ हाइकिङ गन्तव्यको पहिचान गर्दै पदयात्रा आयोजना गर्दै आएको छ। यसपटक खारखोलाबाट सुरु भई कटहरे, चियाबारी, सूर्यकुण्ड हुँदै लालकोट गढीसम्मको ८ किलोमिटर लामो नयाँ हाइकिङ रुट पहिचान गरिएको

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 270 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेतीपाती सप्रियोस् भन्ने कामनासँगै सुरु भयो साकेला उभौली

    खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली आजदेखि खोटाङलगायत किरात बहुल जिल्लाहरूमा औपचारिक रूपमा सुरु भएको छ। ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित किरात समुदायले तीन चुल्हा र भूमिको पूजा गर्दै महिना दिनसम्म साकेला चाड मनाउने परम्परा रहेको छ। साकेला उभौलीको अवसरमा किरात बस्ती भएका गाउँ–टोल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्न थालेका छन्। युवायुवतीदेखि बालक–बृद्धसम्म परम्परागत भेषभूषामा सजिएर गोलो घेरामा साकेला सिली नाच्दै चाडको शुभकामना साटासाट गरिरहेका छन्। साकेला उभौली वैशाख पूर्णिमादेखि असारसम्म मनाइ

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 219 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहयोगकै भरमा चलिरहेको भगवती विद्यालय, सरकारी नीति कागजमै सीमित

    धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै पनि उही अवस्थामा रहेको स्पष्ट देखिन्छ। सरकारद्वारा ल्याइने नीति, नियम र अध्यादेशमा सुधारको आश्वासन दिइए पनि कार्यान्वयनमा देखिएको कमजोरीका कारण देशभरका अधिकांश सामुदायिक विद्यालयहरू समस्याग्रस्त छन्। बराहक्षेत्र नगरपालिका–१, बगुवास्थित भगवती आधारभूत विद्यालय त्यसको एक उदाहरण हो। गरिब तथा निम्न आय भएका परिवारका बालबालिकालाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यले ५२ वर्षअघि स्थापना गरिएको यो विद्यालय अझै पनि सहयोगकै भरमा सञ्चालन भइरहेको छ। विसं २०३० सालमा स्थापना भएको विद्यालयको भवन र कक्ष कोठा त छन्,

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 213 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved