बराहक्षेत्रमा आदर्श सामुदायिक सिकाई केन्द्रद्वारा हाजिरी जवाफ प्रतियोगिता वराह राईजिङ्ग प्रथम

  • जेठ २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित आदर्श सामुदायिक सिकाई केन्द्रले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

शुक्रवार आदर्श माध्यमिक विद्यालयको सभाहलमा उक्त माध्यमिक तह ९कक्षा १० ० स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा बराह राईजिङ्ग स्टार ङइ्लिस स्कुल प्रथम भएको छ । त्यस्तै दोस्रो तेस्रो औलिया माध्यमिक बिद्यालय चतरा र तेस्रो राधाकृष्ण संस्कृत गुरुकुल विद्यालय चतराधाम बन्न सफल भएको थियो । त्यस्तै आदर्श माध्यमिक विद्याल सान्त्वना बन्न सफल भएको थियो ।

प्रतियोगितामा प्रथम हुने राईजिङ्गले ६ हजार , दोस्रो हुने औलियाले ४ हजार ५ सय, तेस्रो हुने राधाकृष्णले ३ हजार र सान्तवना हुने विद्यालय आदर्श माध्यमिकले १ हजार ५ सय सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
आदर्श सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद गुरागाईँ (गोकुल) को सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा तथा समन्वय ईकाई सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्ल रहेका थिए ।

कार्यक्रममा नगर शिक्षा समितिका ज्ञान बहादुर पाण्डे , शोभा विश्वकर्मा , बराह आदर्श क्याम्पसका प्रमुख रमेश चौहान , आदर्श माध्यमिक बिद्यालयका साहयक प्रध्यानाध्यापक मोहन गौतम लगायत बिद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरुको आतिथ्यता रहेको थियो।

आदर्श सामुदायिक सिकाई केन्द्रको वार्षिक स्वकृत कार्यक्रम अनुसार वराहक्षेत्र नगरपालिका वडा नं १ र २ मा रहेका माध्यमिक तह ९ कक्षा १० ० का छात्ररछात्रा बिद्यार्थीहरुको सहभागिता गराएर हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको थियो ।

प्रतियोगितामा वडा नं १ र २ मा रहेका सम्पूर्ण ६  वटा माध्यमिक तह ( कक्षा १०) का सामुदायिक , धार्मिक तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजकर्ता आदर्श माध्यमिक बिद्यालयका शिक्षक उदय ठटालले बताए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved