विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरेटरीमा विविध कार्यक्रम

  • जेठ २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरी ले वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी विविध कार्यक्रम आयोजना गरेको छ।

दिवसको अवसरमा विद्यालयको भ्लखष्चयलmभलत बलम क्बलष्तबतष्यल ऋगिद को आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो।

वातावरण संरक्षण, सरसफाइ तथा प्रकृति संरक्षणसम्बन्धी विभिन्न सचेतनामूलक नारासहित विद्यार्थी तथा शिक्षकहरूले इटहरी नगर परिक्रमा गरेका थिए। प्रभातफेरीमार्फत वातावरणीय सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष तथा कक्षा १० का विद्यार्थी निर्मेश चौधरी को संयोजनमा आयोजित कार्यक्रमअन्तर्गत दिनभर वातावरणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिने जानकारी दिइएको छ।

समुदाय सरसफाइ, विद्यालय परिसर सरसफाइ, वृक्षरोपण तथा विद्यार्थीहरूको रचना वाचन कार्यक्रमसमेत आयोजना गरिएको छ।

विद्यालयका प्राचार्य पद्मराज सापकोटा ले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति जिम्मेवारीबोध र सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

उनले पछिल्लो समय बढ्दो वातावरणीय चुनौती र जलवायु परिवर्तनका कारण सिर्जित समस्याबारे विद्यार्थीहरूलाई जानकारी गराउन तथा समाधानका उपायप्रति जागरुक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

विद्यालयले वातावरण संरक्षणलाई व्यवहारिक रूपमा आत्मसात् गर्न विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थी, शिक्षक तथा समुदायबीच वातावरणीय संरक्षणको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved