मोडर्न प्रिपरेटरी स्कुलमा बालअधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • जेठ २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोजनामा बालअधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भएको छ।

बाल दिवसको अवसर पारेर आइतबार आयोजित उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ६ बाल सञ्जालकी उपाध्यक्ष तथा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा श्रेजा गौतमले गरेकी थिइन्।

कार्यक्रमको सञ्चालन प्रज्ञा भट्टराई र आभास्ना वाग्लेले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा वडा नं. ६ बाल सञ्जालका पदाधिकारीहरूले बालअधिकार, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणका विषयमा मन्तव्य राखेका थिए।

त्यसैगरी विद्यार्थीहरूको तर्फबाट स्वेच्छा पोखरेल, प्रज्ञान ढुंगेल, सुहासी कठायत, प्रनिश ढुंगाना तथा मिनक्षी अधिकारीले आफ्ना धारणा व्यक्त गर्दै बालबालिकाका अधिकारको संरक्षण, गुणस्तरीय शिक्षा तथा सुरक्षित वातावरणको महत्वबारे प्रकाश पारेका थिए।

शिक्षकहरूको तर्फबाट विद्यालयका सह-प्रधानाध्यापक रमेश प्रसाद निरौला, शैक्षिक संयोजक छवि रमण भण्डारी तथा सामाजिक शिक्षिका इन्दिरा पौडेलले बालअधिकारको संरक्षण तथा प्रवर्द्धनमा विद्यालय, अभिभावक र समुदायको महत्वपूर्ण भूमिकाबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा बालअधिकार सम्बन्धी अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो। सहभागी विद्यार्थीहरूले बालअधिकार, बाल सहभागिता, शिक्षा, सुरक्षा तथा बालमैत्री वातावरणका विषयमा जिज्ञासा राख्दै आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रमले बालबालिकामा आफ्ना अधिकारप्रति सचेतना अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमता विकास, आत्मविश्वास वृद्धि तथा सहभागितामूलक अभ्यासलाई प्रोत्साहन गरेको आयोजकले जनाएको छ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved