अर्थ

    Showing ८५१-८६० of १,०८८ items.
  • कृषि उत्पादन बजार पुर्‍याउनु पर्दैन

    धरान । सुनसरीको गढी पाउपालिकाकाका कृषकहरुलाई अन्नबाली विक्री गर्न बजार नै पुग्नुपर्ने झन्झट सकिएको छ । विगतमा किसानले उब्जाएको अन्नबाली विक्रीका लागि उनीहरुले बजार नै नपु¥याई धरै थिएन तर अब भने उनीहरुलाई बजारको कुनै आवश्यकता नरहने भएको छ । गढी गाउँपालिकामा अन्न भण्डारण गृह सञ्चालनमा आएसँगै उनीहरुलाई विक्री गर्न बजारको समस्याबाट मुक्त भएका हुन् । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले गढीको औराबनीमा भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेसँगै कृषकहरु लाभान्वित भएका छन् । स्थानीय कृषकहरु भण्डारण गृह सञ्चालनमा आएपछि कृषकहरुले उब्जाएको कृषि सामाग्री कहाँ लगेर विक्री गर्ने भन्ने झन्झ

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १,५५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘व्यापार घाटा कम गर्न उद्योग स्थापना गर्नुपर्छ’

    धरान । मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्नेमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । मोरङ व्यापार संघले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’ को आइतवार समापन गर्दै उनले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिंदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले संघीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा निर्माणका लागि बजेट निकासा गर्

    • प्रकाशित मितिः चैत २८, २०७८
    • ८२४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराह सहकारी प्रकरण : आर्थिक मन्दीले समस्या ल्यायो

    धरान । बराह ग्रुप प्रा.लि. अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आएका समस्याका बारेमा संस्थाले विहीबार पत्रकार सम्मेलन गरेर वास्तविकता सार्वजनिक गरेको छ । धरान १२ बराह सपिङ हलको बराह किचेनमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मा दियालीले बराहको नियत खराब नभई संक्रमणिकालीन अवस्थाले समस्या ल्याएको बताए । उनले भने, ‘हामीले कोरोना महामारीका समयमा शेयर सदस्य तथा बचतकर्ताको घर घरमै पुगेर रकम दिएका थियौ, आवश्यक पर्ने खाद्य सामाग्री दिएका थियौ, बराह स्थापना भएदेखि नै सामाजिक कार्यसँगै व्यवसायलाई अगाडि बढाएका हौै ।’ उनले बराहलाई २०७२ सालको भुकम्पले पन

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १,४४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ व्यापार संघको ट्रेड एक्स्पो : छ दिनमा १५ करोडको कारोबार

    धरान । मोरङ व्यापार संघले विराटनगरमा लगाएको ‘ट्रेड एक्स्पो’ मा १५ करोड बराबरको आर्थिक कारोबार भएको छ । ६ दिनमा अवधिमा १ लाख ८० हजार जनाले एक्सपो अवलोकन गरेको र १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संघले जनाएको हो । बुधबार मेलास्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सपो संयोजक विकास बेगवानीले एक दिन समय थप गरिने जानकारी दिए । “चैत १८ देखि २६ गतेसम्म एक्स्पो संचालन गर्ने तय भएकोमा एक दिन बढाउने निर्णय गरेका छौै,”बेगवानीले भने । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘एक्स्पोमा दर्शक आउनेको संख्या बढेको छ, हामीले सोचेभन्दा पनि धेरै दर्शकहरू आ

    • प्रकाशित मितिः चैत २४, २०७८
    • १,६०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को समृद्धिका आधार : धार्मिक, पर्यटन, औद्योगिक

    धरान । प्रदेश १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना रहेकाले प्रदेश सरकारले पनि धार्मिक, पर्यटन र औद्योगिक विकाशलाई पहिलो प्राथमिकतामा राखेको छ । नेपालको कुल निकासीमा ४१ दशमलव ४ प्रतिशत योगदान प्रदेश १ को रहेको छ । प्रदेशमा भएका स्रोतसाधनलाई सदुपयोग गर्दैै अगाडि बढे छिट्टै आर्थिक रुपमा सम्पन्न हुने व्यवसायीहरु बताउँछन् । तर राजनितिक मुद्धामा अलमलिएका कारण केही असहजता भएको उनीहरुको भनाई छ । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्ने सांसद समेत रहेका उद्योगी मोती दुगड बताउँछन् । औद्योगिक, पर

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १,४५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्वाचन अघिनै लालपुर्जा

    धरान । राजनीतिक दलहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको आक्रोस पोख्दै आउँदो निर्वाचनमा ‘एक हातमा लालपुर्जा एक हातले भोट‘ माग गरेका छन् । हरेक राजनीतिक दलको घोषणापत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरे पनि चुनाव जितिसकेपछि कार्यान्वयन नगरेको भन्दै अबको निर्वाचनमा एक हातमा लालपुर्जा अर्को हातले भोट हाल्नै घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीलाई लालपूर्जा नदिए भोट नहाल्ने भन्दै देशभरका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउदै आएका छन् । यसै क्रममा धरानमा पनि आइतबार ‘नो लालपूर्जा नो भोट’ अभियान अन्तर्गत ¥याली प्रदर्शन गर्दै मेयर

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १,०६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छली बढ्दो : धरानका व्यापारीको संलग्नता

    धरान । पछिल्लो समय भारतबाट अनाधिकृत रुपमा भन्सार छली गरी व्यापारीहरुले सामानहरु भित्र्याउने गरेको पाइएको छ । धरानका एक व्यापारीको पसलमा इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयले तस्करी गरि ल्याइएको चिनी बरामद गरी गोदाम शिल गरे पछि भन्सार छली गरि सामानहरु भित्र्याउने गरेको पुष्टि भएको छ । भारतसंग सीमाना जोडिएको भन्सार कार्यालयकै आखा छलेर राजस्व छली गरेर ल्याइएको पाइएको छ । गोप्य सूचनाको आधारमा कार्यालयले धरानका व्यापारीहरुबाट ५६ बोरा चिनी बरामद गरेको हो । शुक्रबार अनुसन्धान कार्यालयका कर्मचारीहरुले धरान १२ स्थित गुप्ता किराना पसल, धरान १ छाताचौकस्थित ओम शान्ति, धरान १ सिद्धिचरण मार्गस्थित क्वाल

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १,७२१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगहरुमा १४ घण्टा लोडसेडिङ : विद्युत उपलब्ध गराउन उद्योगीहरुको माग

    धरान । दैनिक १४ घण्टा सम्म लोडसेटिङ भएका कारण उद्योग सञ्चालनमा समस्या आएको भन्दै मोरङका उद्योगीहरुका संगठनले नियमित विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दैनिक १४ घण्टा सम्म हुने गरेको लोडसेडिङ हटाउन माग गरेका हुन् । वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपन चेतावनी दिदै ब्यापरीहरुले हाल देखिएको उर्जा संकटलाई अविलम्व

    • प्रकाशित मितिः चैत १६, २०७८
    • ८६८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको खातामा आयो ३ करोड ५७ लाख

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खातामा स्वास्थ्य वीमावापतको ३ करोड ५७ लाख रकम जम्मा भएको छ । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सेवा दिएवापत दाबी गरेको शोधभर्ना रकम मध्येबाट वीमा बोर्डले ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैया प्रतिष्ठानाको खातामा जम्मा गरेको हो । वीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलाले थप रकम एक हप्ताभित्र पठाउने तयारी भएको बताए । वीमा बोर्डका अनुसार वीमा स्वास्थ्य सेवा शुरु भएपछि प्रतिष्ठानलाई हालसम्म ४९ करोड ३५ लाख २१ हजार ६५३ रुपैया भुक्तानी गरिसकेको छ । चालु आर्थिक बर्षमा मात्र १५ करोड ७७ लाख ९० हजार २ सय ९७ रुपैया भुक्तानी भएको बो

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १,१३१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैँचामा पञ्चवर्षीय योजनामा छलफल 

      धरान  । मोरङको सुन्दरहरैँचा नगरपालिकाले वडा स्तरिय पञ्चवर्षीय योजनाहरू तयार गर्न थालेको छ । बुधबार वडा नम्बर ४ ले स्थानीय, राजनीतिज्ञ, पाटीका प्रतिनिधि, टोल विकासका अध्यक्षहरूको सहभागितामा आगामी दिनमा वडामा विकास गर्नुपर्ने विषयहरूमा छलफल गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि भौतिक संरचना लगायतका क्षेत्रमा देखा परेको समस्या र तिनको समाधानका लागी आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा वडा अध्यक्ष र पाटीका प्रतिनिधिबीच उक्त छलफल गरिएको हो । छलफलबाट समस्या र सहभागिता बाट आएका विचारहरूलाई टिपोट गरी आगामी दिनमा वडालाई नमुना वडा बनाउँदै अगाडि बढ्ने वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । वडाम

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १,०४५ पटक पढिएको
    • " पारस सुवेदी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved