धरान । सुनसरीको गढी पाउपालिकाकाका कृषकहरुलाई अन्नबाली विक्री गर्न बजार नै पुग्नुपर्ने झन्झट सकिएको छ ।
विगतमा किसानले उब्जाएको अन्नबाली विक्रीका लागि उनीहरुले बजार नै नपु¥याई धरै थिएन तर अब भने उनीहरुलाई बजारको कुनै आवश्यकता नरहने भएको छ । गढी गाउँपालिकामा अन्न भण्डारण गृह सञ्चालनमा आएसँगै उनीहरुलाई विक्री गर्न बजारको समस्याबाट मुक्त भएका हुन् । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले गढीको औराबनीमा भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेसँगै कृषकहरु लाभान्वित भएका छन् ।
स्थानीय कृषकहरु भण्डारण गृह सञ्चालनमा आएपछि कृषकहरुले उब्जाएको कृषि सामाग्री कहाँ लगेर विक्री गर्ने भन्ने झन्झट समाप्त भएको बताएका छन् । कम्पनीका प्रशासक श्रवणकुमार यादवले गृहको भण्डारण क्षमता १५ हजार मेट्रिक टन रहेको बताए । उनले भने, ‘केन्द्रमा मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्छ, ।’
उनले भने, ‘ भण्डारण गृह सञ्चालन भएपछि कृषकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुन्छ । कृषकहरुको अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत धितो समेत उपलब्ध गराउने सुविधा उपलब्ध छ ।’
कम्पनीले सुनसरीको् औरावनीसँगै कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा रहेको बताएको छ । कम्पनीका प्रशासक यादवले कपिलवस्तुमा १५ हजार मेट्रिक टन र पर्सामा २५ हजार मेट्रिक टन क्षमताको अन्न भण्डारण गृह निर्माण चरणमा रहेको जानकारी दिए । उनले भने, ‘तीनवटै स्थानको गरी ५५ हजार मेट्रिक टन क्षमताको खाद्यान्न भण्डारणको कुल परियोजना लागत १ अर्ब ४९ करोड रुपैयाँ लागत रहेको छ ।’
उनका अनुसार अहिले केन्द्रमा मकै, गहुँ र भटमास भण्डार गर्न सकिने छ । उनले भने, ‘प्रत्येकको पाँच हजार मेट्रिक टन क्षमता रहेको छ ।’ खाद्यान्न भण्डारण–गृह निर्माणले नेपालको पूर्व क्षेत्रका साथै भारतीय सीमावर्ती क्षेत्रका अन्न उत्पादक किसानसहित कृषिवस्तु संकलक, खाद्यान्न प्रशोधक तथा दाना उत्पादकहरू लाभान्वित हुने बताइएको छ । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपियो समेत जारी गर्ने गरी तयारी अघि बढाइएको जनाएको छ ।