धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खातामा स्वास्थ्य वीमावापतको ३ करोड ५७ लाख रकम जम्मा भएको छ ।
स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सेवा दिएवापत दाबी गरेको शोधभर्ना रकम मध्येबाट वीमा बोर्डले ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैया प्रतिष्ठानाको खातामा जम्मा गरेको हो ।
वीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलाले थप रकम एक हप्ताभित्र पठाउने तयारी भएको बताए ।
वीमा बोर्डका अनुसार वीमा स्वास्थ्य सेवा शुरु भएपछि प्रतिष्ठानलाई हालसम्म ४९ करोड ३५ लाख २१ हजार ६५३ रुपैया भुक्तानी गरिसकेको छ । चालु आर्थिक बर्षमा मात्र १५ करोड ७७ लाख ९० हजार २ सय ९७ रुपैया भुक्तानी भएको बोर्डको भनाई छ ।