‘व्यापार घाटा कम गर्न उद्योग स्थापना गर्नुपर्छ’

  • चैत २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्नेमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् ।

मोरङ व्यापार संघले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’ को आइतवार समापन गर्दै उनले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिंदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले संघीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा निर्माणका लागि बजेट निकासा गर्न प्रक्रिया शुरु गरेको जानकारी दिए । मुख्यमन्त्री राईले उद्योगी व्यापारीको चाहनाअनुसार यस क्षेत्रका लागि आवश्यक पर्ने प्रदर्शनीस्थलका निर्माणका लागि सबै पक्षबीच आवश्यक छलफल शुरु गर्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तीन तहको सरकारको सहयोगमा विराटनगरमा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिए । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले एक्स्पोले यस क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पु¥याएको बताए ।

संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, नेपाल उद्योग परिसंघका भीम घिमिरे, संघका पूर्वअध्यक्ष ताराचन्द खेतान र नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेले विराटनगरलाई पुनः दोस्रो ठूलो बनाउन सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

एक्स्पोमा ३०० ओटा विक्री कक्ष राखिएका थिए । स्वदेशी, भारत, बङ्गलादेश, पाकिस्तान लगायत मुलुकका कृषि, घरेलु उत्पादन, खाद्य, लत्ताकपडा, साना र ठूलो उद्योगका उत्पादित वस्तुहरू विक्री वितरणका लागि राखिएको थियो । एक्स्पोमा प्रदेश नं १, मधेस प्रदेश र छिमेकी भारतीय सहरका ३ लाख ५० हजार दर्शकहरूले अवलोकन गर्नाका साथै ४५ करोड रुपैयाँको कारोबार भएको एक्स्पो संयोजक विकास वेगवानीले जानकारी दिए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved