मोरङ / नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ को उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा हुन लागेको एक्सोमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्ला
पार्किङको विषयमा विराटनगर महानगरपालिका र खुद्रा व्यापारीबीच द्वन्द्व चर्किएको छ । महानगरपालिकाले मुख्य सडकको पार्किङ हटाएपछि यसको विरोध गर्दै विराटनगरका साना तथा खुद्रा व्यापारीहरू आन्दोलनमा ओर्लिएका छन् । उनीहरू सोमबार पसल नै बन्द गरेर सडकमा ओर्लिए । उनीहरूको भनाइअनुसार उनीहरू पार्किङ निषेधको विरोधमा छैनन् । अल्पकालीन रूपले बनाइएका पार्किङमा पनि शुल्क लिइएकोमा भने उनीहरूको विरोध छ । यो विषयलाई महानगरपालिकाले गम्भीरतापूर्वक लिनुपर्छ । व्यापार–व्यवसायले नै अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यति मात्र होइन, व्यापार–व्यवसाय नागरिकहरूको जीविकोपार्जनसँग पनि जोडिएको हुन्छ । निजी क्ष
विजयपुर / नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रदेश १को अधिवेशनबाट सुनसरीका विसन शाक्य अध्यक्षमा चयन भएका छन् । आइतबार धरान १५ स्थित धरान किचनमा भएको अधिवेशनबाट प्रदेश १ मा १९ सदस्य कार्यसमिति चयन भएको हो । जस अन्तर्गत उपाध्यक्षमा राजेन्द्र विश्वकर्मा (पाँचथर), महासचिव प्रेम व.विश्वकर्मा (सुनसरी ),सचिव गणेश कुमार विश्वकर्मा (सुनसरी),कोषाध्यक्ष दुर्गा बहादुर. विश्वकर्मा (सुनसरी) चयन भएका छन् । यसैगरि सदस्यमा गणेश विश्वकर्मा (उदयपुर), टेक बहादु.याङ्गदेन (सुनसरी), गंगा राम शंकर (ताप्लेजुङ), राम बहादुर.विश्वकर्मा (झापा), शंकर ल्वागुन (धनकुटा), रमेश घिमिरे (तेह्रथुम), त्रिभुवन फुयाँल (मोरङ
मोरङ / कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले माघको दोस्रो साताबाट माघ १९ गतेबाट शुरु हुन लागेको सीउनआई कोशी एक्स्पोको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी माघ २८ गतेसम्म सञ्चालन हुन लागेको एक्सोको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । आयोजक उद्योग परिसंघका प्रदेश १ का अध्यक्ष भी घिमिरेका अनुसार एक्सोमा उद्योग, कृषि, पर्यटन, स्वास्थ्य, विभिन्न प्रकारका मेशिनरी औजार, अटो लगायतका ४ सय स्टल रहने जनाएको छन् । एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्
मोरङ / कुनै योजना नल्याई मुख्य सडकको पार्किङ हटाइएको विरुद्धमा विराटनगरका साना तथा खुद्रा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार स्वतफूर्त रुपमा आफ्नो पसलको सर्टरनै बन्द गरेर सडकमा उत्रिएका हुन् । खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले विना विकल्प पार्किङ हटाएको बताए । उनले पार्किङलाई व्यवस्थित गर्दा महानगरले विकल्पको खोजी समेत गर्नुपर्ने बताए । उनले भने–‘हामीले पार्किङ हटाएकोमा विरोध गरेका हैनौं, अल्पकालीन ढङ्गले बनाइएका पार्किङमा पनि अनावश्यक शुल्क लिने गरिएको छ, व्यवस्थित भएको छैन, विस्तारै गर्नुपर्नेमा सबैतिर एकै पटक सडकका पार्किङ हटाउने निर्णय महानगरले
विराटनगर / विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर
सुनसरी / इलामका युवा प्रेमप्रसाद आचार्यको आत्मदाहको विषयमा अहिले सामाजिक सञ्जाल, राष्ट्रिय तथा मोफसलका सञ्चारमाध्यमहरुको समाचार मात्र बनेको छैन, जहाँतही यो घटनाको आलोचना हुँदै आएकोे छ । मंगलबार संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग समेत सर्वत्र उठ्न थालेको छ । बिहीबार माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमा मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण विरोध गरेका छन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै
इलाम / इलाम नगरपालिकाको १२ औं नगरसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । १२ औं नगरसभाले विभिन्न क्षेत्रका ‘विशेष प्रस्ताव’ पारित गरेको पत्रकार सम्मेलन गरी नगरपालिकाले जानकारी दिएको छ । इलाम नगरपालिकाको १२ औं नगरसभाले इलामको कृषि तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका कार्यक्रम सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने, पशुपालन क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरणका लागि आधुनिक पशु बधशाला निर्माणमा सहयोग गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव पारित भएको छ । यस्तै, नेपाल सरकारबाट पूर्वी पहाडको पाँचथर र इलाममध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका
धनकुटा / यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुखलाई बुधबार कालो मोसो दलिएको छ । कार्यालयको कार्यकक्षमै बसेका उनलाई कक्षमै प्रवेश गरी कालो मोसो दलिएको जनाइएको छ ।कार्यालय प्रमुख बाबुराम लुइँटेललाई कालो मोसो दलिएको धनकुटा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले यातायात प्रमुख लुइँटेललाई कालो मोसो दलेको खबर पाउना साथ घटना स्थलमा पुगेको बताए । उनले भने–‘हामीले यातायात कार्यालयका प्रमुख लुइँटेललाई कार्यालय कक्षभित्रै दुव्र्यवहार गरी कालो मोसो दलेको कुरा सूचना प्राप्त भयो, सूचना पाउनासाथ हामी घटना स्थलमा पुगेका थियौँ ।’ उनले कार्यालय
भोजपुर / अलैचीको बढी उत्पादन हुने जिल्लाको रुपमा चिनिएको भोजपुरका किसानहरु उत्पादन गरेको अलैचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । गत वर्ष भन्दा यस वर्ष अलैची झण्डै आधा मूल्यमा खरिद बिक्री भएपछि उनीहरु चिन्तित बनेका हुन् । कृषकका अनुसार गत बर्ष प्रतिमन ४० हजार रुपैयामा बिक्री भएको अलैची यस बर्ष प्रतिमन २४ हजारमा विक्री भएको छ । भोजपुर टेम्कोमैयुङ गाउँपालिका ५ चोलन्तीका अलैची कृषक चक्रबहादुर विष्टले गत बर्षको तुलनामा अलैचीको मूल्य अत्याधिक गिरावट भएको बताए । उनले भने–‘गत बर्ष यही प्रकृतिको अलैचीको मूल्य प्रतिमन ४० हजारमा विक्री भएको थियो, अहिले स्वात्तै घटेर २४ हजार पुगेको छ,