धनकुटा, २ भदौ / लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ धनकुटाले नवीकरणमा ५० प्रतिशत छुट दिने भएको छ । लकडाउनका कारण उद्योग, व्यापार व्यावसाय धारासायी बन्दै गएकाले व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले यस आर्थिक बर्षको सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनका कारण पूर्णरुपमा व्यावसाय संचालन हुन नसक्दा अहिले उद्योगी, व्यापारी तथा व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले संघको तर्पmबाट पनि सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर
धरान । लकडाउनका कारण सबै क्षेत्र बन्द रहे पनि सिमानामा रहेका भन्सार कार्यालयहरुले भारतीय मालवाहक ट्रकहरुलाई प्रवेश गर्न दिए पछि निर्वाध रुपमा नेपाल प्रवेश गर्न थालेका छन् । मोरङ, सुनसरीका अधिकांश नगरहरुमा लकडाउनको घोषणा गरिएको छ, तर भन्सार कार्यालयको प्रवेश पास लिएर भारतबाट मालवाहक ट्रकमा सामान लिएर आउने क्रम पनि बढ्दै गएको छ । भन्सार कार्यालय रहेको विराटनगरमै पनि लकडाउन गरिएको छ तर भारतीय मालवाहक ट्रकहरु विराटनगर हुँदै सुनसरीको धरानमा निर्वाध रुपमा आउने गरेका छन् । गत शुक्रबार राती धरानको प्रवेशद्वार तिनकुनेमा भारतको लखनउबाट आएको दुई ट्रक आलु तिनकुने चेकपोष्टले पक्राउ गरेर राखेको छ । धरान स्
चितवन / चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । कागज उद्योगको ईतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल वन्द रहेपनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो ।नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज प्रा.लिले सञ्चालन आएको हो ।उद्योगले आज पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानिय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर ईण्डष्ट्रिज प्रा।लिले सञ्चालन ल्याएको जनाएको छ । नवलपुरस्थित
इलाम / नेपालमा ठूलो परिमाणमा भारतबाट आलु जिल्ला भित्रिने गरेपनि यस पटक कोरोना संक्रमणले लकडाउन भएसँगै भारतबाट नआएपछि किसानले उत्पादन गरेको बिक्रिमा समस्या भएको छैन । भारतबाट आलु नआएपछि इलामका व्यवसायीले जिल्लाकै ग्रामीण भेगको आलु खरीद गरेपछी किसानले उत्पादन गरेको आलुले मूल्य पाएको हो । गएका वर्षमा यसै सिजनमा रु प्रतिमन हजार देखि बाह्र सय (४० किलो) मा किन बेच हुने गरेपनि यसवर्ष प्रतिमन दुई हजार रुपैयाँ सम्ममा बिक्रि भएपछि किसान आलु खेतिबाट निरास बन्नु परेन । सन्दकपुर गाउँपालिका माइमझुवाका किसान गङ्गा गुरुङले गएका बर्षहरूमा प्रतिकिलो किलो ३०÷४० रुपैयाँले विक्ने आलु यस पटक भने प्रतिक
इलाम/ गत साउन १२ गते इलामको माईखोलामा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै संघर्ष समिति गठन गरी स्थानीय सँग समन्वय नभई काम अघि बडीरहेमा काम रोकिदिने चेतापनी दिए । प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने बताउँदै स्थानीय सँग समन्वय नभई काम अघि बडीरहेमा काम रोकिदिने चेतापनी दिएका थिए । फेरी साउन २४ गते निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रको कागजात पत्र दिन नमानेको भन्दै स्थानीय आक्रोशित बने । आक्रोशित बनेको संघर
इटहरी । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उच्च सतर्कता अपनाउदै इटहरी उपमहानगरले जारी गरेको पाँच दिने लकडाउनको अवधी आज (आइतबार)राती १२ बजेबाट सकिन्दैछ । जिल्ला प्रशासनको कार्यालय सुनसरीले बजार तथा ब्यवसायिक क्षेत्रलाइ समबोधन नगरी सवारी साधनलाइ मात्र निषेधित भनेर उल्लेख गरेपछि सुनसरीका व्यवसायीहरू थप अन्यौलमा परेका छन । औद्योगिक क्षेत्रको हकमा भने उद्योगहरू सञ्चालन गर्न पाउने र अति आवस्यकिय सवारीसाधनहरू बाहेक अन्यलाइ जिल्लामा रोक लगाइएको बिज्ञप्तीमा उल्लेख गरेपनि ब्यापार व्यवसाय सञ्चालन गर्न पाउने या नपाउने भन्ने बिषयमा केहि नखुलाएपछि व्यवसायीहरू थप अन्यौलमा परेका हुन । सुनसरीका प्र
इटहरी । काेराेना भाइरसकाे संक्रमण को जोखिम न्युनिकरणका लागि लागू गरिएको लकडाउनले इटहरीका फलफुल ब्यवसायीहरू मार्कामा परेका छन । पहिलाे चरणकाे लकडाउन समाप्ति संगै अलि अली उठेकाे ब्यापार व्यवसाय दाेश्राे चरणकाे लकडाउनले थला परेकाे इटहरीका फलफुल व्यवसायिहरूले गुनासाे गरेका छन् । पहिलाे चरण अन्तरगत नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि गत ७७ साउन ६ गते सम्म लकडाउन गरेकाे थियो । साउन ६ गते लकडाउन अन्त्य घाेषणा गरेसंगै फलफुल व्यवसाय केहि माथी उठेपनि स्थानीय सरकारले गरेकाे दाेश्राे चरणकाे लकडाउनबाट पुरानै अवस्थामा फर्किएकाे फलफुल व्यवसाय इटहरीका बिनाेद कुमारले बताए । इटहरीकाे मनिष फ्रुट सेन्टरका
विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको निश्कर्षसहित पुनः १५ दिने लकडाउनमा गएको विराटनगरमा बुधबार बैंकबाट हुने ‘क्यास’ कारोबारसमेत बन्द गरिएको छ । विराटनगर महानगरपालिकाले मंगलबार सूचना जारी गरी ‘बैंक तथा वित्तीय संस्थामा मानिसहरुको अधिक भिंडभाँड भई संक्रमण थप फैलन सक्ने जोखिम भएको’ भन्दै बैंकका टेलर संचालन नगर्न सूचित गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कारोबार आईपिएसतर्फ सेवाग्राहीलाई प्रेरित गर्न आग्रह गरेका थिए । राष्ट्र बैंक विराटनगरका विराटनगरमा २८ वटै वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय अन
काठमाडौं / सुनको मुल्य बुधबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १६ सय रुपैयाँले वृद्धि हुदाँ यो वर्षकै उच्च मुल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ कायम गरेको छ । एक वर्षमा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । त्यस्तै , चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय ९५ रुपैयाँ पुगेको छ । आज चाँदीको मुल्य रु ६५ रुपैँयाले बढेको छ ।
धरान । सरकारले रोक्का गरेको ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भत्ता पुनः नविकरण गर्न खुल्ला गरिदिएको छ । साउन १५ गते गृहमन्त्रालयको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला तथा अति अशक्त अपाङ्गता भएकाहरुको नविकरण गर्न स्थानीय तहहरुमा सुचना जारी गरेको छ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गर्ने भन्दै २०७५ असोजमा पारित सामाजिक सुरक्षा ऐन र त्यसलाई लागु गर्न २०७६ चैत्रमा पारित गरिएको सामाजिक सुरक्षा नियमावली विवादमा परे पछि नविकरण समेत रोक्का राखेको थियो । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ व्यवस्था अनुसार मात्रै सामाजिक सुरक्षा भत्ता वितरण ग