अर्थ

    Showing 61-70 of 1,064 items.
  • चतरामा रहेको हरिद्वार सहकारीको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा सम्पन्न

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको हरिद्बार कृषि सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बेसारको धुलो , विभिन्न स्वादमा मसला जन्य सामाग्री उत्पादन, प्रसोधन र बिक्रि बितरण गरी स्थानिय उत्पादनमा जोड , स्वरोजगारसंगै कृषि कार्य गर्दै आएको हरिद्बार कृषि सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न गरेको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं १ का अध्यक्ष कि

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘निर्धक्क भएर व्यवसाय चलाउनुस्’: सुनसरी प्रशासन प्रमुख घिमिरे

    सुनसरी/ जेनजी आन्दोलनपछि सामान्य अवस्था फर्किएको सुनसरीमा उद्योगी–व्यवसायीलाई निश्चिन्त भएर उद्योग–व्यवसाय सञ्चालन गर्न जिल्ला प्रशासन प्रमुख बासुदेव घिमिरेले आह्वान गरेका छन्। आन्दोलनका कारण उत्पन्न अस्पष्ट वातावरण अब दोहोरिन नदिने विश्वास दिलाउँदै उनले व्यवसायिक गतिविधि आत्मविश्वासका साथ अघि बढाउन आग्रह गरे। बुधबार सुनसरी उद्योग वाणिज्य संघ, धरानले आयोजना गरेको ‘स्वागत तथा फेरि भेटौँला–शान्ति सुरक्षा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै घिमिरेले आन्दोलन र अपराधबीच स्पष्ट भिन्नता रहेको बताए। उनले आन्दोलनको नाममा अपराध गर्ने तीन जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै,

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बोराबाधमा पर्यटकको ओइरो, दैनिक ५ हजार पर्यटकले भरिने कोशी किनार

    सुनसरी/ बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बनेको छ।   केही वर्षअघिसम्म सुनसान रहने यो क्षेत्र अहिले सूर्यास्तको मनमोहक झल्को, नदी किनारको खुला भू–दृश्य, क्याम्प फायर, रिसोर्ट र खानापसलको विस्तारसँगै दैनिक हजारौँको भेटघाट बढेको छ। स्थानीय व्यवसायी बिकुल श्रेष्ठका अनुसार मङ्सिर १ देखि सुरु गरिएको क्याम्प फायर सेवा विशेष रूपमा लोकप्रिय बनेको छ। उनका अनुसार अहिले १० जना कामदारसहित क्याम्प फायर सञ्चालनमा छ र स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा स्वाद लिन आउनेको

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन निर्माण द्रुतगतिमा

    झापा/  झापामा निर्माण भइरहेको सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजनाले झापालाई देशकै दोस्रो ठूलो इन्धन हबको रूपमा स्थापित गर्ने संकेत देखिएको छ। नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालले परियोजना सम्पन्न भएपछिको इन्धन आपूर्ति पूर्ण सुरक्षित हुने र नाकाबन्दी तथा हड्ताल जस्ता परिस्थितिले अब देशमा इन्धन अभाव नल्याउने दाबी गरेका हुन्। मेचीनगर नगरपालिकाले सोमबार आयोजना गरेको ईआइएसम्बन्धी सर्वदलिय वैठकमा बोल्दै बरालले भारतको सिलीगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी तीव्र गतिमा भइरहेको बताए। सिलीगुडीदेखि मेची पुलसम्म ३६ किलोमिटर र मे

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीको नयाँ टिम गठन

    सुनसरी/ सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते बसेको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गरी संघको नेतृत्व संरचना पूर्णता दिएको छ। अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको उक्त बैठकले वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष रामस्वरुप शर्मा, द्वितीय उपाध्यक्ष किसन मास्के र तृतीय उपाध्यक्षमा राजेश अग्रवाललाई चयन गरेको हो। त्यसैगरी, उद्योग सचिवमा नारायण लिम्बु, वाणिज्य सचिवमा नविन राजभण्डारी, प्रचार तथा संगठन सचिवमा विष्णु बराल, महिला सचिवमा वर्षा अग्रवाल र सह–कोषाध्यक्षमा राजु साह छानिएका छन्। महासचिव प्रभाव खतिवडा र कोषाध्यक्ष शैलेसकुमार आचार्य (प्रमोद) भने पहिलो बैठ

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 454 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजस्व  कार्यालयकाे नियन्त्रणमा रहेको ट्रक ३४ लाख ६२ हजार धरौटीमा छुट्याे

    इटहरी/ राजस्व अनुसन्धान कार्यालय इटहरीको नियन्त्रणमा रहेको पूर्वाञ्चल करियर्सको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रक ३४ लाख ६२ हजार रुपैयाँ धरौटीमा मुक्त भएको छ। झापाबाट काठमाडौँतर्फ चोरी–पैठारी गरिएका मालवस्तु लिएर हिँडेको ट्रकलाई विशेष सूचनाका आधारमा असोज ७ गते इटहरीस्थित कार्यालयले नियन्त्रणमा लिएको थियो। ट्रकमा बिना बिल–बीजक भारतमा उत्पादित विविध वस्तु फेला परेका थिए, जसमा– • डेरी मिल्क १८ ग्राम – ३८४० पिस • डेरी मिल्क ४० ग्राम – १४४० पिस • मिल्क डेरी मिल्क १०५ ग्राम &ndas

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 344 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आत्मनिर्भरमै थामिएको कृषि: १% मात्रै पूर्ण व्यावसायिक उत्पादन गर्ने परिवार

    काठमाडौँ । नेपालमा कृषि उत्पादन अझै आत्मनिर्भर उपभोगमै सीमित रहेको प्रष्ट हुने तथ्यांक सार्वजनिक भएको छ। कृषि अर्थशास्त्री डा. देवेन्द्र गौचनका अनुसार देशभरका परिवारमध्ये पूर्ण रूपमा व्यावसायिक उद्देश्यले मात्रै कृषि उपज उत्पादन गर्ने परिवारको संख्या १.१ प्रतिशतमा झरेको छ। उनका अनुसार करिब ६९ प्रतिशत परिवारले उत्पादन गरेको खाद्यान्न र सामग्री आफ्नै घरमा उपभोग गर्छन्। त्यस्तै, मुख्यतः आफ्नै उपभोगका लागि उत्पादन गरी केही मात्रामा बचेको बेच्ने परिवार २५ प्रतिशत रहेको छ। “मुख्यरूपमा बेच्ने तर केही उपभोग गर्ने ५.४ प्रतिशत र सबै उपज बजारमै बेच्ने १.१ प्रतिशत मात्रै छन्,” डा. गौचनले बताए

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरी डेभलपमेन्ट बैंकमा अन्वेष अग्रवाल संस्थापक तर्फका नयाँ सञ्चालक नियुक्त

    धरान/  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी तर्फको रिक्त पद पूर्ति गर्दै श्री अन्वेष अग्रवाललाई नयाँ सञ्चालकमा नियुक्त गरेको छ। बैंकको २६६ औं सञ्चालक समिति बैठक, मिति २०८२ कार्तिक २१ गते बसेको बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका अफिसर सञ्जोग श्रेष्ठका अनुसार संस्थापक तर्फको पद लामो समयदेखि रिक्त रहेकाले त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अग्रवाललाई चयन गरिएको हो। “उनको व्यवस्थापकीय क्षमताबाट बैंकको सेवा विस्तार, नीति–व्यवस्थापन तथा रणनीतिक निर्णयहरू अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ,” अफिसर श्रेष्ठले

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 935 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता वृद्धि : वित्तीय श्रोत कसरी जुटाउने ? विराटनगरमा बहस

    विराटनगर/ कुनै पनि उद्योगको दीर्घकालीन स्थायित्व ऊर्जा बचत र दक्षतासँग जोडिन्छ । यही विषयलाई जोड्दै उद्योग प्रतिष्ठानहरूमा ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक वित्तीय श्रोत कसरी जुटाउने भन्ने विषयमा विराटनगरमा बिहिबार व्यापक छलफल भएको छ। उद्योग संगठन मोरङको समन्वयमा, नेपाल बैंकर्स एशोसिएशन र जिआईजेड नेपालको आयोजनामा गरिएको छलफलमा ऊर्जा दक्षताका परियोजनामा लगानी कसरी सहज बनाउने भन्ने विषयमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले प्राविधिक तथा प्रक्रियागत जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षता “केवल खर्च बचत र वातावरणीय

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अविरल वर्षाले कोशी प्रदेशमा १२ हजार हेक्टर धानबालीमा क्षति

    सुनसरी/ कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशका किसानहरूका लागि ठूलो विपत्ति निम्त्याएको छ ।  प्रदेशका किसानको मुख्य आशा–अवलम्बन मानिने धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार कोशी प्रदेशका १४ जिल्लामा करिब ५८ हजार टन धानबाली नष्ट भएको पुष्टि गरिएको छ। निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङका अनुसार १२ हजार ६ सय ३२ हेक्टर खेतमा लगाइएको धानबाली पूर्ण वा आंशिक रूपमा नष्ट भएको छ। उनीका अनुसार यतिबेला प्रदेशभरको कृषिमाथि परेको क्षति निकै गम्भीर देखिएको छ। सबैभन्दा बढी क्षति झापामा पुगेको छ। झापा

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved