धरान/ नेपालका चार शक्तिपीठमध्ये एक मानिने धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरस्थित दन्तकाली शक्तिपीठमा यस वर्षको नवरात्रि पूजा विधिवत रूपमा सुरु भएको छ । घटस्थापनासँगै जमरा राखी दुर्गामाताको पूजाआजा आरम्भ भइसकेको हो । पौराणिक ग्रन्थका अनुसार शिवजीले सतिदेवीलाई बोकेर हिँड्दा दाँत पतन भएको स्थानका रूपमा दन्तकालीलाई मानिन्छ । यही कारण यो शक्तिपीठप्रति श्रद्धालु भक्तजनको आस्था बढ्दो छ । दशैंको अवसरमा नेपालका विभिन्न भाग र भारतसम्मका भक्तजन यहाँ पूजाआजा गर्न आउने गरेका छन् । यस वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केही असर पारे पनि दन्तकालीमा भीडभाड बढ्न सुरु भइसकेको स्थानीय अग्र
इटहरी/ जेनजी आन्दोलनका क्रममा इटहरीका मोहन सरदारको मृत्यु भएको दुई हप्ता हुँदा सम्म राज्यद्धारा सहयोग गरेको छैन । मृतक परिवारजले सरकारको कुनै पनि निकायले सहयोग नगरेको परिवारले गुनासो गरेका छन् । काजक्रियामा वसेका सरदार परिवारको विजोग भएको छ ।आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई काज किरिया सहितको राहत दिने सरकारले घोषणा गरेको थियो । तर हाल सम्म कुनै पनि सहयोग नपाएको मृतक मोहन सरदारका दाजु गवनलाल सरदारले जानकारी दिए । मृतकका दाजु सरदारले भने,‘सरकारले कुनै सहयोग दिएको छैन, कुनै सरकारी मान्छे भेट्न आएको छैन ।’उनका अनुसार सङ्घीय, प्रदेश वा स्थानीय सरकारका कुनै पनि व्यक्ति
इलाम/ बजारमा हरेक उपभोक्ता हरेक बस्तुको खरिदका समयमा हरेक पटक हरेक ब्यापारीबाट ठगिने गरेको उपभोक्तालाई मात्र होइन, प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीदेखि अन्य सबैलाई प्रष्ट थाहा छ । न पसलमा राखिएका सबै सामानको मूल्यसूची नै देखिन्छ, न मूल्यसूची नराखेबापत कहिल्यै कसैले कारबाही भोग्नु परेको छ । यस्तो अवस्थामा गरिस् भन्दा गरेँ भने झै हुने बजार अनुगमनले उपभोक्तालाई कत्तिको राहत मिल्ला ? हरेक पसल र होटलमा त्यहाँ बिक्री गरिने सबै खाले सामानको मूल्यसूची अनिवार्य हुनुपर्दैन ? चाडबाडको मुखमा गरिने बजार अनुगमनमा सबैखाले ब्यवसाय पर्नुपर्दैन ? बर्षमा एकैपटक नै होस्, यसअघि ग
सुनसरी/ धरान उपमहानगरपालिका–५ को देवी गाउँमा लेदुवा खोलामा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि अझै अधुरो छ। सम्झौताअनुसार चार वर्षअघि नै सम्पन्न हुनुपर्ने पुल अझै ५० प्रतिशत मात्रै बनेको छ। विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ लाख ८६ हजार ८१३ मा सम्झौता भएको थियो। सम्झौताअनुसार २०७८ साउन ७ भित्र पुल तयार हुनुपर्नेमा अहिलेसम्म दुवैतर्फका पिलर मात्र बनेका छन्। बाँकी संरचना भने झाडीले ढाकिएका छन्। धरान–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बूका अनुसार पुल निर्माण नभएकै कारण स्थानीयवासीले वर
सुनसरी/ नवरात्रको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ। नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूज
झापा/ झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा सुतेकै अवस्थामा धारिलो हतियार प्रहारबाट ३५ वर्षीय फुर्वा तामाङको हत्या भएको छ। तामाङलाई स्थानीय २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले खुकुरी र बसिला प्रहार गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या गर्ने दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएका छन्। घटनामा प्रयोग भएका धारिलाे हतियार समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौं/ जेन–जी विद्रोहपछिको राजीनामापछि लामो समय नदेखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज भक्तपुर गुन्डुस्थित नयाँ निवासमा नेता–कार्यकर्तामाझ सार्वजनिक भए। भेटघाटमा पुगेकाहरू ओलीसँग फोटो खिचाएर फर्किए पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन्। भदौ २३ र २४ गतेको विद्रोहपछि प्रधानमन्त्री पदबाट हटेका ओली यसअघि सार्वजनिक भएका थिएनन्। त्यसै घटनापछि उनको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। नयाँ सरकारले २१ फागुनमा निर्वाचनको मिति तोकेको छ।
सिराहा/ सिराहाको गोलबजार नगरपालिका–१३ का १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको घटनामा अपहरणकर्ताले ५ करोड रुपैयाँ फिरौती मागेको तथ्य खुलेको छ। अभिषेक आइतबार रातिदेखि बेपत्ता रहेका उनको शव मंगलबार बिहान घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्त राम शर्माले जानकारी दिए। प्रहरीका अनुसार परिवारलाई “छोरा अपहरणमा परेको” भन्दै मेसेज पठाई ५ करोड फिरौती मागिएको थियो। घटनामा संलग्न हुन सक्ने आशंकामा ७–८ जना आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ७ वर्षअघि बुबा सञ्जय सिंहको करेन्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको
धरान/सुनसरीको धरान उपमहानगरपालिका–८ शनि मन्दिर नजिक यात्रुबाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०६९७ नम्बरको बसले बाटो काट्दै गरेका करिब ६०–६५ वर्षका पुरुषलाई साेमबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा(साेमबार) राति करिब ८ः५८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ। घटनापछि बस चालक धरान–१५ का ३७ वर्षीय भीमबहादुर प्रधानलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा
सुनसरी /नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधाना गरिन्छ । ब्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । उहाँ तपस्या, संयम, ब्रहचर्य र त्यगको प्रतिक हुनुहुन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएकोछ भने दाहिनी हातमा जपको माला र बाहाँ हातमा कमण्डलु लिनुभएकोछ । पौराणिक मान्यता अनुसार माता पार्वतिले भगवान शिवलाई प्राप्त गर्न ब्रहचर्य धारण गरि हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिईन । पुर्वजन्ममा हिमालय पर्वतको पुत्री शैलपुत्रीको रुपमा प्रकट भई देवर्शी नारदको उपदेशले भगवान महादेब स्वामी पाँउ भनि अत्यन्त कठिन