बालक अपहरणपछि हत्या : ८ जना आफन्त प्रहरीकाे नियन्त्रणमा

  • असोज ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सिराहा/  सिराहाको गोलबजार नगरपालिका–१३ का १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको घटनामा अपहरणकर्ताले ५ करोड रुपैयाँ फिरौती मागेको तथ्य खुलेको छ।

अभिषेक आइतबार रातिदेखि बेपत्ता रहेका उनको शव मंगलबार बिहान घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्त राम शर्माले जानकारी दिए।

प्रहरीका अनुसार परिवारलाई “छोरा अपहरणमा परेको” भन्दै मेसेज पठाई ५ करोड फिरौती मागिएको थियो।

घटनामा संलग्न हुन सक्ने आशंकामा ७–८ जना आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

७ वर्षअघि बुबा सञ्जय सिंहको करेन्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको एक मात्र उत्तराधिकारी थिए । उनी विद्यालय पढाइ छाडेर परिवारकै सिटी रिक्सा र ट्रयाक्टर चलाउने गरेका थिए ।

बालकको निर्मम हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित बनेको छ । गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा सङ्कट बढेको महसुस गरिरहेका छन् ।

अपहरणकारीले  पठाएको सन्देश यस्तो छ

‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे ।

अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा ।

तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved