तस्बिर : दन्तकाली मन्दिर धरान सुनसरी
सुनसरी /नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधाना गरिन्छ । ब्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ ।
उहाँ तपस्या, संयम, ब्रहचर्य र त्यगको प्रतिक हुनुहुन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएकोछ भने दाहिनी हातमा जपको माला र बाहाँ हातमा कमण्डलु लिनुभएकोछ ।
पौराणिक मान्यता अनुसार माता पार्वतिले भगवान शिवलाई प्राप्त गर्न ब्रहचर्य धारण गरि हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिईन ।
पुर्वजन्ममा हिमालय पर्वतको पुत्री शैलपुत्रीको रुपमा प्रकट भई देवर्शी नारदको उपदेशले भगवान महादेब स्वामी पाँउ भनि अत्यन्त कठिन तपस्या गर्नुभएको थियो ।
कठोर तपस्या गरेकै कारण तपस्याचारिणी अर्थात ब्रह्मचारिणी नाम रहन गयो । एकहजार वर्ष फलफूल मात्र खाएर तपस्या गर्नुभयो भने सयौवर्ष साग मात्र खाएर जीवन निर्बाह गर्नुभएको थियो । खुला आकाश मुनि घामपानि सहेर निराहार कठोर तपस्या गर्नुभयो ।
तिनहजार वर्षसम्म त सुकेर जमीनमा झरेको बेलपत्र खाएर श्री महादेव स्वामी पाँउ भनि कठोर तपस्या गर्न लाग्नुभयो । त्यसपछि सुकेको बेलपत्र पनि खान छाड्नु भयो । कयौ हजार बर्षको तपस्याको कारण शरिर कमजोर हुनन थाल्यो । ब्रह्मचारिणीको यो कठोर तपास्या देखी उनकी माता मेनका चिन्तित भईन् ।
माता मेनकाले यस्तो कठोर तपस्या तोड्नका निम्ति पटक पटक आग्रह गर्दा पनि निरन्तर तपस्या गरिरहिन् । ब्रह्मचारिणीको कठोर तपस्याका कारण तिनै लोकमा हाहाकार मच्चियो ।
देवता, ऋषी, सिद्धगण, मुनीहरु सबैले उनको तपस्याको चर्चा परिचर्चा गर्न थाले । अन्ततः पितामह ब्रम्हा प्रशन्न भई भन्नुभयो हे देवी आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन् । तिम्रो मनोकामना पुर्ति हुनेछ र चाडै नै भगवान श्रीमहादेव पतिको रुपमा तिमीले पाउने छौ भनि ब्रम्हा अन्तरध्यान हुनुभयो ।
तप, त्याग, वैराग्य, सदाचार, आत्मबल, धैर्य र ज्ञानको वृद्धिको लागि ब्रह्मचारिणीको साधना गरिन्छ । विद्यार्थी, साधक र योगीहरुको लागी बिषेश फलदायी रहनेछ ।
माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल मिल्नेछ । ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्नेछ भन्ने शाष्त्रिय मान्यता रहेकोछ ।
ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न एवं पुस्पहरू प्रिय छन् । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई आश्विन शुक्ल द्वितीयाको दिन अर्थात आजकै दिन ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।
ब्रह्मचारिणी देवीको पूजाबिधी यसप्रकार रहेकोछ :
देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षत, रोली, चंदनले पूजा गर्नुपर्दछ । दूध, दही, सख्खर, घृत, वा मधु बाट स्नान गरि प्रसाद चडाउनु पर्दछ । प्रसाद पश्चात आचमन र फेरी पान, सुपारी भेंटी दिनुपर्दछ । देवीलाई प्रदक्षिणा गर्नुपर्दछ । कलश देवता पूजापछि यही प्रकारका नवग्रह, दशदिक्पाल, नगर देवता, ग्राम देवताकोपनि पूजा गर्नुपर्दछ