समाज

    Showing 931-940 of 6,821 items.
  • आज विजया दशमी: टीका साइत बिहान ११ः५३ बजे

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  विजया दशमीका लागि टीका र जमरा ग्रहण कालागि ११:५३ बजे रहेको जनाएको छ। समितिका अनुसार देवी विसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ भने मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने साइत बिहान ११ः५३ बजे तोकिएको छ। यस क्रममा टीका पूर्वतर्फ फर्केर लगाउनुपर्ने परम्परा उल्लेख गरिएको छ। विजया दशमीलाई हिन्दू समुदायमा दसैँको सबैभन्दा प्रमुख दिन मानिन्छ। घटस्थापनादेखि राखिएको जमरा देवीको प्रसादका रूपमा प्रयोग गर्दै टीका ग्रहण गर्ने परम्परा छ। टीका–जमरा ग्रहण गर्दा आशीर्वाद प्राप्त हुने, पारिवारिक सम्बन्ध मजबुत हुने र सामाजिक सद्भाव बढ्ने

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 469 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–६ मा युवक कोठामै मृत फेला

    धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ सुनौलो बस्तीका २८ वर्षीय सुजन परियार आफ्नै कोठामा मृत फेला परेका छन्। मंगलबार साँझ करिब ६:३० बजेतिर परियार आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको खबर प्रहरीसम्म पुगेको थियो। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रजिअ पानबारीको प्रहरी टोली प्रहरी नायब निरीक्षक दिपेन्द्र अधिकारीको कमाण्डमा घटनास्थल पुगेर सुरक्षासहित अनुसन्धान प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच, थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा SOCO टोली खटिएको थियो। प्रहरीका अनुसार मृतकको

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज महानवमी : देशभर नवदुर्गा भगवतीको विशेष आराधना

    झापा/बडादसैँअन्तर्गत आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर धुमधामसहित मनाइँदैछ । यस दिन भक्तजनले नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी घर–घर र शक्तिपीठमा श्रद्धा अर्पण गर्दैछन्। महानवमीको अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोतलगायत राज्यका देवी मन्दिरहरूमा आज दुर्गा भवानीको विशेष पूजा सम्पन्न हुँदैछ। परम्पराअनुसार बोका, राँगा, हाँस र कुखुराको बलि दिइन्छ भने पशुबलि नदिने स्थानमा कुभिण्डो, काँक्रो, घिरौँला, मूला र जटा नरिवल चढाउने गरिन्छ। महानवमी तिथिको धार्मिक महत्त्व मार्कण्डेय पुराणसँग जोडिएको छ। पुराणअनुसार यही दिन चामुण्डा देवीले

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्र अष्टमीः आज महागौरीको पूजा-आरधाना हुदै

    झापा/ बडादसैँ अन्तर्गतको नवरात्रि पर्व आज आठौँ दिन मनाइँदैछ। यस दिन देवी दुर्गाको अष्टम स्वरूप महागौरीको विशेष पूजा–अर्चना गरिन्छ। श्वेत वस्त्रधारी, शान्त र सौम्य स्वरूपकी महागौरी शुद्धता, करुणा र मोक्षकी प्रतीक मानिन्छिन्। चार भुजासहितको उनको प्रतिमा वृष वाहनमा आरूढ रहन्छ। भक्तजनहरूले आज बिहानै स्नान गरी उज्यालो रङका वस्त्र लगाएर दीप, धूप, पुष्प, फलफूल र मिठाई अर्पण गर्दै महागौरीको आराधना गरेका छन्। पौराणिक मान्यताअनुसार महागौरीको पूजा–आराधनाले पाप विकृतिहरू नाश हुने, गृहस्थ जीवनमा सुख–शान्ति छाउने र मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। विशेष गरी कन्या पूजन (कुमारी पूजा)लाई

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ठुलो मात्रामा गाँजा बरामद, १९ वर्षीय युवक पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–४ बुद्धविहारस्थित क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय विव्सन राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चेकजाँच गर्दा उनको साथबाट अबैध लागुऔषध गाँजा २७५ केजी फेला परेको छ । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 802 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्रको सातौँ दिन : कालरात्री देवीको पूजा आराधना

    झापा/आज बडादसैँ अन्तर्गत नवरात्रको सातौँ दिन अर्थात् सप्तमीमा शक्तिस्वरूपा कालरात्री देवीको पूजा–आराधना हुँदैछ। कालो वर्णकी, तीन नेत्र भएकी, चार हातमा तरवार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी तथा गधा वाहन चढेकी देवी कालरात्रीलाई दुर्जन शक्तिको नाशकर्त्री मानिन्छ। उनको स्वरूप भयानक देखिए पनि भक्तजनलाई शुभफल दिने भएकाले शङ्करी नामले पनि चिनिन्छन्। मान्यतानुसार, कालरात्रीको स्मरण मात्र गर्दा दानव, दैत्य, राक्षस र भूतप्रेत भाग्छन्। भक्तलाई साहस, धैर्य र आत्मविश्वास दिलाउने तथा भय नष्ट गर्ने शक्तिकी रुपमा कालरात्रीलाई पूजिन्छ। जीवनमा आउने ठूला संकट टार्न पनि आजको दिनको आराधनालाई विशेष म

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फूलखेती गरेर एकै वर्षमा १५ लाख आम्दानी

    दाङ / घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा रहेका छन् । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं”, उनले भने, “बाहिरी देश

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७  स्कुटरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार मिति २०८२ असोज ११ गते साँझ करिब ६:४० बजे रेल्वेतर्फ जाँदै गरेको प्र–१–०२–०५२ प ५१४६ नं. को स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी करिब ५० वर्षीया महिलालाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो। गम्भीर घाइते भएकी ती महिलाको टाउकोमा गहिरो चोट लागेकाले अवस्था नाजुक थियोे । उपचारका क्रममा मिति २०८२ असोज १२ गते राति करिब २:३० बजे उनको मृत्यु भएको हो। मृतकको पहिचान धरान–१७

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 898 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ठूलो परिमाणमा गाँजा बरामद

    सुनसरी/ लागू औषध नियन्त्रण अभियानअन्तर्गत सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले कोशी गाउँपालिका–७, केराबारीस्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक पेटीमा छाडिएको अवस्थामा १८ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद भएको उक्त गाँजाको तौल ६३७.४५ केजी (छ सय सैतिस किलो पैतालिस ग्राम) छ। बरामद पदार्थलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्रिको छैटौँ दिन आज देवी कात्यायनीको पूजा

    काठमाडौं/  बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन आज देशभर देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदै छ। यधपी दिनका हिसाबले सातौ दिन भएता पनि तिथिकाे गडबडीले आज छैटौं दिनकाे पुजा आराधना गरिदैछ। नवरात्रिको प्रत्येक दिन दुर्गा देवीका विभिन्न रूपहरूको पूजा गर्ने परम्परा छ। आजको दिन शक्ति, साहस र दुष्ट शक्तिको विनाशको प्रतीक देवी कात्यायनीलाई समर्पित गरिएको छ। बिहानै स्नान गरी सफा वस्त्र धारण गरेर श्रद्धालुहरूले पूजा स्थलमा देवीको प्रतिमा वा तस्वीर स्थापना गरी पूजा गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार देवी कात्यायनीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुन्छ, विवाहमा आउने बाधा हट्छ

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved