नवरात्रिको छैटौँ दिन आज देवी कात्यायनीको पूजा

  • असोज १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt -तस्बिर झापाको चारआलीमा अवस्थित पाउ पाथीभरा देबी

काठमाडौं/  बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन आज देशभर देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदै छ।

यधपी दिनका हिसाबले सातौ दिन भएता पनि तिथिकाे गडबडीले आज छैटौं दिनकाे पुजा आराधना गरिदैछ।

नवरात्रिको प्रत्येक दिन दुर्गा देवीका विभिन्न रूपहरूको पूजा गर्ने परम्परा छ।

आजको दिन शक्ति, साहस र दुष्ट शक्तिको विनाशको प्रतीक देवी कात्यायनीलाई समर्पित गरिएको छ। बिहानै स्नान गरी सफा वस्त्र धारण गरेर श्रद्धालुहरूले पूजा स्थलमा देवीको प्रतिमा वा तस्वीर स्थापना गरी पूजा गर्ने चलन रहेको छ।

धार्मिक विश्वासअनुसार देवी कात्यायनीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुन्छ, विवाहमा आउने बाधा हट्छ र आत्मबल वृद्धि हुन्छ। विशेष गरी विवाह योग्य कन्याहरूले आज देवीको पूजा गरी मनपर्ने वर प्राप्त हुने विश्वास लिई श्रद्धा अर्पण गर्ने गर्दछन्।

पूजामा देवीलाई पीँधुला फूल, फलफूल, मिठाई र विशेष गरी मह (शहद) अर्पण गरिन्छ। “ॐ देवी कात्यायन्यै नमः” मन्त्र जपेर आरती र वन्दना गर्ने परम्परा छ।

यसरी नवरात्रिको छैटौँ दिन भक्तजनहरूले देवी कात्यायनीको स्मरण गरी धर्म, शक्ति र समृद्धिको कामना गरेका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved