काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजया दशमीका लागि टीका र जमरा ग्रहण कालागि ११:५३ बजे रहेको जनाएको छ।
समितिका अनुसार देवी विसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ भने मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने साइत बिहान ११ः५३ बजे तोकिएको छ।
यस क्रममा टीका पूर्वतर्फ फर्केर लगाउनुपर्ने परम्परा उल्लेख गरिएको छ।
विजया दशमीलाई हिन्दू समुदायमा दसैँको सबैभन्दा प्रमुख दिन मानिन्छ।
घटस्थापनादेखि राखिएको जमरा देवीको प्रसादका रूपमा प्रयोग गर्दै टीका ग्रहण गर्ने परम्परा छ।
टीका–जमरा ग्रहण गर्दा आशीर्वाद प्राप्त हुने, पारिवारिक सम्बन्ध मजबुत हुने र सामाजिक सद्भाव बढ्ने विश्वास रहिआएको छ।
यस दिन बिहानै देवी विसर्जन गरी, त्यसपछि मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने प्रचलन परम्परागत रूपमा निरन्तर रहँदै आएको समितिले जनाएको छ।