धरान/ पूर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्थाका रूपमा परिचित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले तीन दशकदेखि क्यान्सर उपचारमा निरन्तर योगदान दिँदै आएको छ । सीमित स्रोत र संरचनात्मक चुनौतीबीच पनि प्रतिष्ठानले उपलब्ध गराएको उपचार सेवाको तथ्यांकले यस संस्थाको महत्व झनै स्पष्ट बनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र विभिन्न प्रकारका क्यान्सरका ३ सय ८८ बिरामीले शल्यक्रिया सेवा, र ३ हजार ६ सय ५० भन्दा बढी बिरामीले सिस्टेमिक थेरापी (किमो, हर्मोनल तथा टार्गेट) सेवा लिएका छन् । ब्रेन ट्युमर, ब्रेस्ट क्यान्सर, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर, ओरल क्यान्सरदेखि
सुनसरी/ मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ एक पुरुषको लिंग काटिएको घटना भएको छ। प्रहरीका अनुसार ३२ वर्षीय कामत थरका पुरुष आफ्नो महिला साथीलाई भेट्न पुगेका बेला सोही महिलाले धारिलो हतियार प्रयोग गरी उनको लिंग काटिदिएकी हुन्। गम्भीर घाइते भएका ती पुरुषलाई अहिले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेको छ। अस्पतालका चिकित्सकका अनुसार धारिलो हतियारले प्रहार हुँदा लिंगमा गहिरो चोट लागेको र चुँडिन लागेको अवस्थामा उपचार भइरहेको हो। प्रारम्भमा उनलाई कोशी अस्पतालमा लगिएको थियो तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि नोबेल रिफर गरिएको हो। घाइते पुरुष मोरङको
काठमाडौं/ नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ को तयारीले देशभरको खेल समुदायमा उत्साह थपेको छ। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अनुसार यस वर्षको ड्राफ्टका लागि रेकर्ड ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन्। गत सिजनमा जम्मा २ सय ७८ खेलाडी दर्ता भएका थिए। यसपालि दर्ता संख्या दोब्बरभन्दा बढी पुगेको आयोजक समितिका प्रमुख अमितकुमार बेगानीले बताए।उनका अनुसार, “एनकेएलको पहिलो संस्करणले ठूलो छाप छोडेको थियो। अहिले दोस्रो सिजनमा खेलाडी र दर्शक दुवैको आकर्षण अभूतपूर्व रूपमा बढेको छ।” प्रदेशगत रूपमा बागमतीबाट सबैभन्दा धेरै १५५ खेलाडीले नाम दर्ता
धरान/ विशेष सूचनाका आधारमा प्रहरीले धरानमा ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। साेमबार साँझ करिब ६ बजे धरान उपमहानगरपालिका–१७ पटनालीस्थित हरिण खोलामा लागूऔषध ओसारपसार भइरहेको भन्ने जानकारी पाएपछि अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१–०५–००१ ह ०१४७ नम्बरको अटो रोकेर चेकजाँच गरेको थियो। सो क्रममा अटोमा सवार उदयपुर त्रियुगा–७ का १९ वर्षीय दिपक मगरले कालो झोलामा लुकाइछिपाइ ल्याएको अवस्थामा ट्रामाडोल ३,९९० ट्याब्लेट र डिकोलिक ३,९९० ट्याब्लेट प्रहरीले बरामद गरेको हो। प्रहरीले लागूऔषधसहित दिपक मगर र अटो चालक धरान–१० का ३
झापा/झापाको मेचीनगर नगरपालिका–१३, चारआलीस्थित मनकामना अस्पताल प्रा.लि.का सञ्चालक चिकित्सक दिलीपकुमार यादव जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार ४७ वर्षीय यादवले २७ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार यादवविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र घटनासम्बन्धी थप प्रमाण संकलन कार्य जारी छ। स्थानीयवासीका भनाइअनुसार यादवविरुद्ध यसअघि पनि सेवाग्राहीप्रति असहज र अनुचित व्यवहार गरेको गुनासो आइरहेको थ
झापा/धरानका मेयर तथा श्रम अभियन्ता हर्क साम्पाङ राईले देशलाई अब विदेशीको खेलमैदान बन्न नदिन सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएका छन् । साेमबार झापाको काँकरभिट्टा बजारमा स्थानीय युवाहरुले आयोजना गरेको ‘श्रम अभियान घोषणा कार्यक्रम’ मा प्रमुख अतिथिको रूपमा बोल्दै साम्पाङले देश अहिले दुई ध्रुवमा बाँडिँदै गएको बताए — एकातिर देशभक्त र राष्ट्रवादी नागरिक र अर्कातिर विदेशीको इसारामा चल्ने दलालको समूह । “यो लडाइँ लामो हुनेछ, तर अन्त्यमा जित देशभक्तकै हुनेछ,” साम्पाङको भनाइ थियो । जेनजी आन्दोलनका सन्दर्भमा उनले भने, “भदौ २३ र २४ गते युवाहरूले सार्थक माग राखे,
विराटनगर/ लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तीकरण परियोजना शुभारम्भ बैठक सम्पन्न भएको छ । महानगरको समन्वय तथा ओरेकको आयोजना र यूएनएफपीएको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो । त्यसका लागि महानगरसहितका सरोकारवालासँग बैठक बसेर तयारी अगाडि बढाइएको छ । लैंगिक हिंसा प्रभावितलाई आयआर्जन, रोजगारीमा पहुँच, आत्मसम्मानमा वृद्धि गरी हिंसाको चक्रबाट बाहिर निकाली सम्मानजनक जीवन जिउन सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको छ । जसले उनीहरूको निर्णय क्षमतामा वृद्धि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच भई पुनः हिंसाको जोखिम न्यूनीकरण हुने यूएनएफपीएका प्रतिनि
इलाम/ अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक रूपमा तिल्केनी–सिमलगो सडकमार्ग सञ्चालनको तयारी गरिएको छ। यसका लागि जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण कार्य तीव्र गतिमा भइरहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले जानकारी दिएकी छन्। उनका अनुसार आइतबारदेखि सडक डिभिजन कार्यालय इलाममार्फत जोगमाई खोलामा १० वटा ह्युम पाइप राखी डाइभर्सन निर्माण कार्य सुरु गरिएको हो। डिभिजन प्रमुख पवन भट्टराईका अनुसार आज साँझसम्म डाइभर्सन र पहुँचमार्ग निर्माण सक्ने योजना रहेको छ। गत असोज १८ गतेको भा
रौतहट/ रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरमा आज बिहान पानीले भरिएको खाल्टोमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मीपुर टोल निवासी १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राघनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा रहेका छन्। उनीहरू घाँस काट्नका लागि नजिकैको गौर नगरपालिका–१ कानुपट्टीतर्फ गएका बेला पानीको खाल्टो तर्ने क्रममा डुबेका जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। उनका अनुसार आज बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएका थिए। तीमध्ये चार जना सकुशल पार पर्न सफल भए पनि तीन जना डुबेर बे
धरान/ हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशी अब जीवित नरहेको कुरा इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले औपचारिक रूपमा घोषणा गरेको छ। इजरायलको स्थानीय समय अनुसार सोमबार बिहान साढे ७ बजे आइडिएफका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएका हुन्। सो सूचना इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई भिडियो कन्फरेन्समार्फत दिइएको हो। राजदूत पण्डितका अनुसार, “आइडिएफले हामी र विपिनको परिवारसँग भिडियो संवाद गर्दै ‘हिज इज नो मोर’ भन्ने औपचारिक जानकारी गरायो। परिवारकै सामु उक्त घोषणा गरिएको हो,” उनले भने। भिडियो संवादमा विपिनकी आमा पद्मा जोशी