मोरङको कटहरीमा महिलाले काटिदिइन् पुरुषको लिंग

  • असोज २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ एक पुरुषको लिंग काटिएको घटना भएको छ।

प्रहरीका अनुसार ३२ वर्षीय कामत थरका पुरुष आफ्नो महिला साथीलाई भेट्न पुगेका बेला सोही महिलाले धारिलो हतियार प्रयोग गरी उनको लिंग काटिदिएकी हुन्। गम्भीर घाइते भएका ती पुरुषलाई अहिले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेको छ।

अस्पतालका चिकित्सकका अनुसार धारिलो हतियारले प्रहार हुँदा लिंगमा गहिरो चोट लागेको र चुँडिन लागेको अवस्थामा उपचार भइरहेको हो। प्रारम्भमा उनलाई कोशी अस्पतालमा लगिएको थियो तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि नोबेल रिफर गरिएको हो।

घाइते पुरुष मोरङको जहदा गाउँपालिका–३ निवासी हुन्। उनका घरमा श्रीमती र तीन सन्तान रहेको परिवारजनले बताएका छन्।

प्रहरी अनुसन्धान अनुसार सोही वडाकी महिला कटहरीको आदर्श टोलमा डेरा गरी बस्दै आएकी थिइन्। ती महिलासँग पुरुषको विवाहेतर सम्बन्ध रहेको बताइएपछि सोमबार साँझ उनीहरूबीच विवाद हुँदा घटना भएको देखिएको छ।

घटनापछि ती महिला पनि बेहोस भएकी थिइन् र उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। होस फर्किएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानमा सम्बन्धजन्य विवादकै कारण घटना भएको देखिए पनि, घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved