नेपाल कबड्डी लिग सिजन–२, ५१२ नेपाली खेलाडी दर्ता, बढ्दो क्रेजले तोड्यो सबै रेकर्ड !

  • असोज २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ को तयारीले देशभरको खेल समुदायमा उत्साह थपेको छ। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अनुसार यस वर्षको ड्राफ्टका लागि रेकर्ड ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन्।

गत सिजनमा जम्मा २ सय ७८ खेलाडी दर्ता भएका थिए। यसपालि दर्ता संख्या दोब्बरभन्दा बढी पुगेको आयोजक समितिका प्रमुख अमितकुमार बेगानीले बताए।
उनका अनुसार, “एनकेएलको पहिलो संस्करणले ठूलो छाप छोडेको थियो। अहिले दोस्रो सिजनमा खेलाडी र दर्शक दुवैको आकर्षण अभूतपूर्व रूपमा बढेको छ।”

प्रदेशगत रूपमा बागमतीबाट सबैभन्दा धेरै १५५ खेलाडीले नाम दर्ता गरेका छन्।
त्यस्तै सुदूरपश्चिमबाट १०३, लुम्बिनीबाट ९८, मधेशबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७, र गण्डकीबाट २४ खेलाडी सहभागी छन्।

बेगानीका अनुसार विदेशी खेलाडीको आकर्षण पनि यसपालि झन् बढेको छ। उनले भने, “थुप्रै देशका खेलाडीहरूले एनकेएलमा खेल्ने इच्छा देखाएका छन्। हामी यसपटक ४०–५० जना उच्च स्तरका विदेशी खेलाडी लिने तयारीमा छौं।”
पहिलो सिजनमा थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्याका १८ विदेशी खेलाडीले सहभागिता जनाएका थिए।

नेपालको कबड्डी इतिहासमा पहिलो पटक फ्रेन्चाइज फर्म्याटमा आयोजित एनकेएल सिजन–१ २०२५ जनवरी १७ देखि ३१ सम्म काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको थियो।
त्यस संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवल हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ टिमले प्रतिस्पर्धा गरेका थिए।

रोमाञ्चक फाइनलमा जनकपुर नाइट्सले काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै उपाधि हात पारेको थियो।
उक्त सिजनका दुई चर्चित कप्तान घनश्याम मगर र गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन–१२ मा खेल्दै नेपाली कबड्डीको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याइरहेका छन्।

आयोजकले सिजन–२ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने जनाएको छ।
देशभरको अपेक्षा अहिले एउटै छ —
एनकेएल सिजन–२ अझ ठूलो, रोचक र ऐतिहासिक बनोस् !

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved