देश विदेशीको खेलमैदान नबनोस् : हर्क साम्पाङ

  • असोज २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/धरानका मेयर तथा श्रम अभियन्ता हर्क साम्पाङ राईले देशलाई अब विदेशीको खेलमैदान बन्न नदिन सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।

साेमबार झापाको काँकरभिट्टा बजारमा स्थानीय युवाहरुले आयोजना गरेको ‘श्रम अभियान घोषणा कार्यक्रम’ मा प्रमुख अतिथिको रूपमा बोल्दै साम्पाङले देश अहिले दुई ध्रुवमा बाँडिँदै गएको बताए — एकातिर देशभक्त र राष्ट्रवादी नागरिक र अर्कातिर विदेशीको इसारामा चल्ने दलालको समूह ।

“यो लडाइँ लामो हुनेछ, तर अन्त्यमा जित देशभक्तकै हुनेछ,” साम्पाङको भनाइ थियो ।

जेनजी आन्दोलनका सन्दर्भमा उनले भने, “भदौ २३ र २४ गते युवाहरूले सार्थक माग राखे, तर उनीहरूलाई बेवास्ता गरियो । त्यसको फाइदा उठाएर विदेशीको आडमा अराजकताले आगजनी र लुटपाट गरे — यो दुःखद हो।”

साम्पाङले आफू प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले होइन, देश संकटमा परेको बेला जिम्मेवारीबोधका कारण काठमाडौँ पुगेको बताए ।

“म प्रधानमन्त्री बन्न खोजेको होइन,” उनले भने, “तर कसैले भन्यो— देश खतम हुँदैछ, आउनुहोस् भनेर। त्यसपछि सेनाको कर्फ्यु बीच ५०० किलोमिटर टाढाबाट काठमाडौँ पुगेँ । त्यहाँको अवस्था देखेर मन पोल्यो, अनि फेरि धरान फर्किएँ।”

विदेशी दूतावासको इशारामा मन्त्री बन्नु भन्दा जनताको पसिना बगाउने किसान बन्नु आफूलाई प्रिय लागेको उनले स्पष्ट पारे ।

उनले थपे, “मातृभूमिको कसम, हर्क साम्पाङलाई किन्ने पैसा संसारमा छैन। धेरै नेताहरू लाख–करोडमा बिक्री भइरहेका छन्, तर म श्रम र उत्पादनको बाटोमै छु।”

कार्यक्रममा सामाजिक अभियन्ता पुष्प पौडेल, सन्तोष आचार्य, मुना राई, प्रसन्न भट्टराई, अरुण गुरुङ र जेनजी नेता रितेश थापा लगायतले पनि श्रम र स्वाभिमानको पक्षमा आफ्नो धारणा राखेका थिए ।

साम्पाङले नेपालीको  पूर्वी प्रवेशद्वार काकडभिट्टामा नेपालको झण्डा फहराउँदै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको अध्यक्षता समाजसेवी बालकृष्ण थापाले र सहजीकरण युवा नेता केवलराम राईले गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved