समाज

    Showing 771-780 of 6,821 items.
  • सुनसरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, चालक घाइते

    सुनसरी/ सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मिति २०८२ कार्तिक २५ गते बिहान ११:४५ बजे सप्तरीबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल भुटाहा पुल नजिक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक  ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार  करिब ४०–४५ वर्षीया रसिदा खातुन घाइते भएका थिए । उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएकोमा रसिदा खातुनलाई

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्र बलियो भयो भने मात्रै श्रम आन्दोलन बलियो हुन्छ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

    विराटनगर/लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो ।  जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो ।  अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा 'जेन्जी स्मारक पार्क'को शिलान्यास, मेयर साम्पाङले भने – ‘रगत होइन, पसिना बगाएर देश बन्छ’

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ५मा 'जेन्जी स्मारक पार्क' को शिलान्यास गरिएको छ। मेयर हर्क साम्पाङ, वडाध्यक्ष मनप्रसाद लिम्बु, शहीदका परिवार तथा स्थानीयको बाक्लो उपस्थितिमा एक कार्यक्रमका बीच पार्कको शिलान्यास गरिएको हो। गत भदौ २३र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका विद्यार्थीहरुको स्मृतिमा उक्त स्मारक निर्माण गर्न लागिएको हो। विशेषगरी सोही घटनामा ज्यान गुमाएका धरान-५ निवासी साजन मेवाहाङको स्मृतिमा उनको वडामा नै स्मारक बनाउन लागिएको हो। शिलान्यास कार्यक्रममा शहीद साजनका दुई छोराहरु पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर हर्क साम

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 470 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनमोहनका विद्यार्थीले बनाए स्मार्ट हार्वेस्ट र सोलार पोडवे सहित विभिन्न मेसिन र उपकरण

    विराटनगर/  कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषी कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवे सहित विभिन्न मेसिन र सिस्टम उपकरणहरु बनाएका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमा तर्फ अध्यनरत अन्तिम बर्षका विद्यार्थीहरुले कृषी कार्य गर्दा धानकाटने , दाई गर्ने , मल ,पानी , छर्ने , जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरण सहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवे लगायत विभिन्न्न मेसिन र सिस्टम उपकरणहरु बताएका

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरात महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विविध सांस्कृतिक कार्यक्रमसहित मनाइँदै

    धरान/ किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। किरात समुदायको आस्था र पहिचानका केन्द्रबिन्दु मानिने फाल्गुनन्दले समाज सुधारदेखि भाषा–लिपि संरक्षणसम्म पुर्‍याएको योगदानका कारण आज पनि उच्च सम्मानका साथ उनको जयन्ती मनाइन्छ। महागुरु फाल्गुनन्दको जन्म १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा भएको थियो। किरात संस्कृति, परम्परा, दैनिकी र सामाजिक अनुशासनलाई व्यवस्थित गर्न उनले महत्वपूर्ण भूमिका खेले। विशेषगरी समाज सुधारका लागि उनले तयार पारेको ‘सत्य धर्म मुचुल्का’ (१९८८ वैशाख २४) किरात समुदायमा सम्मानका

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा जेनजी आन्दोलनमा तोडफोड–आगजनीमा संलग्न १२ जना पक्राउ

    झापा/ जेन्जि आन्दोलनको क्रममा सरकारी संरचना र स्रोतसाधनमा गरिएको व्यापक तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरू पहिचान हुँदै क्रमिक रूपमा पक्राउ परेका छन्। सिसिटिभी फुटेज, भिडियो, तस्वीर र प्रत्यक्षदर्शीको बयानका आधारमा पहिचान गरिएका १२ जनालाई विभिन्न मितिमा पक्राउ गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मिति २०८२।०५।२४ गते आन्दोलन चर्किँदै जाँदा इलाका प्रहरी कार्यालय अनारमनी, दमक र सुरुङ्गाका कार्यालय भवन तथा सवारी साधनमा ठूलो क्षति पुगेको थियो। घटनापछि संलग्नको खोजी तीव्र पारी प्रहरीले दर्जनौँलाई नियन्त्रणमा लिएको जनाएको

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 310 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रादेशिक अस्पतालमा श्रृंखलाबद्ध चोरी प्रकरण: तीन जना पक्राउ

    झापा/ भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पछिल्ला दिनहरूमा भएका श्रृंखलाबद्ध चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालका विभिन्न वार्ड र स्टोर रुमबाट तामाको पाइपदेखि औषधीसम्म चोरी हुने क्रम बढेपछि प्रहरीले गम्भीर रूपमा निगरानी बढाउँदै सीसीटीभी फुटेजका आधारमा अभियुक्तहरूलाई पक्राउ गरेको हो। पहिलो घटनामा रन्जित घोष (३७), भद्रपुर–६ लाई अस्पतालको पुरानो भवनको सर्जिकल वार्ड बाहिर जडान गरिएको अक्सिजन सप्लाई तामाको पाइप चोरी गरेको आरोपमा मिति २०८२।०७।२४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटना मिति २०८२।०७।०३ गते दिउँसो करिब १४:०० बजे

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 276 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आत्मनिर्भरमै थामिएको कृषि: १% मात्रै पूर्ण व्यावसायिक उत्पादन गर्ने परिवार

    काठमाडौँ । नेपालमा कृषि उत्पादन अझै आत्मनिर्भर उपभोगमै सीमित रहेको प्रष्ट हुने तथ्यांक सार्वजनिक भएको छ। कृषि अर्थशास्त्री डा. देवेन्द्र गौचनका अनुसार देशभरका परिवारमध्ये पूर्ण रूपमा व्यावसायिक उद्देश्यले मात्रै कृषि उपज उत्पादन गर्ने परिवारको संख्या १.१ प्रतिशतमा झरेको छ। उनका अनुसार करिब ६९ प्रतिशत परिवारले उत्पादन गरेको खाद्यान्न र सामग्री आफ्नै घरमा उपभोग गर्छन्। त्यस्तै, मुख्यतः आफ्नै उपभोगका लागि उत्पादन गरी केही मात्रामा बचेको बेच्ने परिवार २५ प्रतिशत रहेको छ। “मुख्यरूपमा बेच्ने तर केही उपभोग गर्ने ५.४ प्रतिशत र सबै उपज बजारमै बेच्ने १.१ प्रतिशत मात्रै छन्,” डा. गौचनले बताए

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा अवैध गाँजा उन्मूलन अभियान तीव्र: एकै दिन ११ हजारभन्दा बढी बोट फडानी

    विराटनगर/ कोशी प्रदेशमा अवैध गाँजा खेती तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाको बोट नष्ट गर्ने अभियान तीव्र बनेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरका विभिन्न स्थानमा ठूलो मात्रामा गाँजाका बोट फडानी गरिएको छ। कार्तिक ২৩ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले धनकुटा–शहीदभूमी गाउँपालिका–५ मा करिब ५ रोपनी क्षेत्रफलमा खेती गरिएको झण्डै १० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय राजारानीले धनकुटा–चौबिसे गाउँपालिका–५ डाँडाखर्कमा करिब ३ रोपनी क्षेत्रफलमा रहेको करिब ४ सय

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट लागूऔषध ल्याउँदै गरेका दुई युवा पक्राउ

    झापा/ भारतबाट लागूऔषध नेपाल ल्याउँदै गर्दा झापाको दमकका दुई जना युवा पक्राउ परेका छन्। झापा गाउँपालिका–१ सालमारा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले प्रदेश १–०१–०१४ प ६९४० नम्बरको स्कुटीमा सवार दुवै युवालाई चेकजाँच गर्ने क्रममा करिब १ ग्राम ब्राउन सुगर, प्रयोग गरिएको सिरिन्ज, र नाइट्रोजनको आधा ट्याब्लेट बरामद गरेको छ। पक्राउ पर्नेहरूमा दमक–५ का २३ वर्षीय दिपेश ढकाल र दमक–१ का २७

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved