धरानमा 'जेन्जी स्मारक पार्क'को शिलान्यास, मेयर साम्पाङले भने – ‘रगत होइन, पसिना बगाएर देश बन्छ’

  • कार्तिक २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिका वडा नं. ५मा 'जेन्जी स्मारक पार्क' को शिलान्यास गरिएको छ। मेयर हर्क साम्पाङ, वडाध्यक्ष मनप्रसाद लिम्बु, शहीदका परिवार तथा स्थानीयको बाक्लो उपस्थितिमा एक कार्यक्रमका बीच पार्कको शिलान्यास गरिएको हो।

गत भदौ २३र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका विद्यार्थीहरुको स्मृतिमा उक्त स्मारक निर्माण गर्न लागिएको हो। विशेषगरी सोही घटनामा ज्यान गुमाएका धरान-५ निवासी साजन मेवाहाङको स्मृतिमा उनको वडामा नै स्मारक बनाउन लागिएको हो। शिलान्यास कार्यक्रममा शहीद साजनका दुई छोराहरु पनि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर हर्क साम्पाङले उक्त स्मारकले भविष्यमा यस्ता दुःखद घटना नदोहोरिउन् भन्ने सन्देश दिने बताए। उनले पार्क र स्मारकमा फरक हुने उल्लेख गर्दै भने, "पार्क मनोरञ्जनको लागि हो भने स्मारक गहिरो सम्मान र सम्झनाको लागि हो। हामीले भावनाको गहिराइ र विचारको उचाइमा रहेर काम गर्नुपर्छ।"

मेयर साम्पाङले रगत बगाएर नभई पसिना बगाएर देश निर्माण हुने आफ्नो मान्यतालाई पुनः दोहोर्याए। उनले भने, "रगत होइन, पसिना बगाउनुपर्छ भन्ने अभियानमा सबैजना जोडिनुहोस्। गफले देश बन्दैन, कामले बन्छ।" उनले यो स्मारक पनि श्रमदानबाटै निर्माण गरिने जानकारी दिए।

सम्बोधनका क्रममा मेयर साम्पाङले जेन्जी आन्दोलनका शहीद मात्र नभई देशका लागि ज्यान दिने प्रहरी तथा विदेशमा अकालमा ज्यान गुमाउने नेपाली युवाहरुलाई पनि शहीद मान्नुपर्ने धारणा राखे। "विदेशमा धन कमाउन गएर अकालमा मारिएर आउनेहरु पनि सबै शहीद हुनुपर्छ भन्छु म त," उनले भने, "ती सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली छ।"

धरान उपमहानगरपालिकाले शहीद साजन मेवाहाङका छोराहरुको पठनपाठनका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको पनि मेयर साम्पाङले जानकारी दिए।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले शहीदहरुको सम्झनामा निर्माण हुन लागेको स्मारकमा सबैको साथ र सहयोग रहने बताए। पार्क निर्माण समितिको नेतृत्व अभियन्ता आयुष्मा राईले गरेकी छिन् भने यसको डिजाइन धरानका चर्चित डिजाइनर गोपाल राईले निःशुल्क गरिदिने भएका छन्। शिलान्यास कार्यक्रममा स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको बृहत उपस्थिति रहेको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved