किरात महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विविध सांस्कृतिक कार्यक्रमसहित मनाइँदै

  • कार्तिक २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

किरात समुदायको आस्था र पहिचानका केन्द्रबिन्दु मानिने फाल्गुनन्दले समाज सुधारदेखि भाषा–लिपि संरक्षणसम्म पुर्‍याएको योगदानका कारण आज पनि उच्च सम्मानका साथ उनको जयन्ती मनाइन्छ।

महागुरु फाल्गुनन्दको जन्म १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा भएको थियो। किरात संस्कृति, परम्परा, दैनिकी र सामाजिक अनुशासनलाई व्यवस्थित गर्न उनले महत्वपूर्ण भूमिका खेले।

विशेषगरी समाज सुधारका लागि उनले तयार पारेको ‘सत्य धर्म मुचुल्का’ (१९८८ वैशाख २४) किरात समुदायमा सम्मानका साथ पालन हुँदै आएको ऐतिहासिक दस्तावेज मानिन्छ।

फाल्गुनन्दको २००५ सालमा निधन भए पनि किरात समाज उन्नतिमा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले २०६६ मंसिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायत किरात समुदायको बसोबास रहेका क्षेत्रमा फाल्गुनन्द जयन्ती विशेष तैयारीसहित भव्य रूपमा मनाइँदै छ।

राजधानी काठमाडौँमा पनि किरात ज्योतिष संघलगायत संस्थाहरूले विविध कार्यक्रम गर्ने तयारी गरेको संघका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिएका छन्।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved