झापा/ भारतबाट लागूऔषध नेपाल ल्याउँदै गर्दा झापाको दमकका दुई जना युवा पक्राउ परेका छन्।
झापा गाउँपालिका–१ सालमारा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले प्रदेश १–०१–०१४ प ६९४० नम्बरको स्कुटीमा सवार दुवै युवालाई चेकजाँच गर्ने क्रममा करिब १ ग्राम ब्राउन सुगर, प्रयोग गरिएको सिरिन्ज, र नाइट्रोजनको आधा ट्याब्लेट बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा दमक–५ का २३ वर्षीय दिपेश ढकाल र दमक–१ का २७ वर्षीय सौगात श्रेष्ठ रहेका छन्। सशस्त्र प्रहरीले दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाएको छ।