सुनसरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, चालक घाइते

  • कार्तिक २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मिति २०८२ कार्तिक २५ गते बिहान ११:४५ बजे सप्तरीबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल भुटाहा पुल नजिक ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक  ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार  करिब ४०–४५ वर्षीया रसिदा खातुन घाइते भएका थिए ।

उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएकोमा रसिदा खातुनलाई चिकित्सकले दिउँसो १:३० बजे मृत घोषणा गरेका छन् । चालक मेहताको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक चालक मोरङको ग्रामथान गाउँपालिका–५ बस्ने ३२ वर्षीय रमेश घमिरेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved