कोशी प्रदेशमा अवैध गाँजा उन्मूलन अभियान तीव्र: एकै दिन ११ हजारभन्दा बढी बोट फडानी

  • कार्तिक २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशमा अवैध गाँजा खेती तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाको बोट नष्ट गर्ने अभियान तीव्र बनेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरका विभिन्न स्थानमा ठूलो मात्रामा गाँजाका बोट फडानी गरिएको छ।

कार्तिक ২৩ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले धनकुटा–शहीदभूमी गाउँपालिका–५ मा करिब ५ रोपनी क्षेत्रफलमा खेती गरिएको झण्डै १० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय राजारानीले धनकुटा–चौबिसे गाउँपालिका–५ डाँडाखर्कमा करिब ३ रोपनी क्षेत्रफलमा रहेको करिब ४ सय गाँजाका बोट नष्ट गरेको हो।

यस्तै, भोजपुर जिल्लामा समेत प्रहरीको संयुक्त टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाका विभिन्न वडा क्षेत्रमा रहेका करिब १० रोपनी जग्गामा फैलिएको १ हजार ५० वटा गाँजाका बोट फडानी गरी आगो लगाई नष्ट गरेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार प्रदेशभरि अवैध लागुऔषध उन्मूलनका लागि अभियान निरन्तर रूपमा जारी रहनेछ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved