समाज

    Showing 741-750 of 6,695 items.
  • नेपालले आज उपाधिका लागि समोअविरुद्ध खेल्दै

    काठमाडौं/आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले समोअविरुद्ध खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल समोअविरुद्ध खेल्दै छ । विश्वकपमा छनोट भइसकेको नेपालले यो खेल जिते उपाधि जित्नेछ । नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । ओमानविरुद्ध ३८ रनले विजयी भएको थियोे । त्यसअघि नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउनसुगरसहित युवती पक्राउ

    धरान/सुनसरीको धरान उप–महानगरपालिका–३ बाबाधाम मार्गकी २२ वर्षीया नाम्जा शेर्पा लागूऔषधसहित पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शेर्पाको घरमा खानतलासी गर्दा करिब ९३० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो । पक्राउ परेकी शेर्पालाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 2,472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीले धानबालीमा ठूलो क्षति, पाँच करोडभन्दा बढीको नोक्सानी

    झापा/ असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापाका किसानको मेहनत बगाएको छ । बाढीका कारण जिल्लाभर ४६३ दशमलव ४२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार बाढीले ७०३ कृषकलाई करिब रु ५ करोड ७५ लाख २३ हजार बराबरको धान उत्पादनमा क्षति पुर्‍याएको छ । कुल १,६४४ दशमलव ३३ मेट्रिक टन धान बगाएको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको छ । “बाढीले अन्य कृषिबालीमा पनि असर गरेको छ, तर धानमा जति क्षति अरुमा छैन,” प्रमुख विष्टले भन्नुभयो, “पाक्न लागेको धान बगाउँदा किसानहरू

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उखुबारीमा रोइरहेकी नाबालिका फेला, घटना रहस्यमय

    विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–६ कदमाहास्थित एक उखुबारीमा करिब ६–७ महिनाकी नाबालिका बेवारिसे अवस्थामा फेला परेकी छन्। मंगलबार साँझ करिब ६ः३० बजे स्थानीयले शम्भुप्रसाद यादवको उखुबारीबाट बालिकाको रोदन आवाज सुनेपछि गएर हेर्दा नाबालिका फेला परेकी थिइन्। स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपछि मोरङ प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली पुगेका बेला बालिका लगातार रोइरहेकी थिइन् भने उनको अभिभावक वा आफन्त कोही पनि आसपास भेटिएका थिएनन्। मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बालिकालाई सुरक्षाका लागि तत्काल स्थानीय सिजवना खातुनको जिम्मामा लगाइएको थियो। उनले

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कछुवाको टोकाइ र दुई झापटपछि अस्पतालमा बिरबहादुर, सुनसरीमा विचित्र घटना

    सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका–७ मा बाढीले बगाएर ल्याएको कछुवाको कारण एक स्थानीय बिरामी भएका छन्। कछुवाको टोकाइ र त्यसपछि भएको विवादका कारण घटना विचित्र बनेको हो। मिति २०८२ असोज १९ गते दिउँसो करिब २ बजे बाढीले ल्याएको करिब ८–९ किलो तौलको कछुवा स्थानीयले फेला पारेका थिए। स्थानीयले उक्त कछुवालाई सामुदायिक वनमा राख्ने सल्लाह गर्दै गर्दा घटना घटेको हो। त्यही क्रममा ५१ वर्षीय बिरबहादुर राईले “कछुवाको छातिमा बल्छी अड्किएको छ, निकाल्छु” भन्दै हात लगाउँदा कछुवाले उनको बुढी औंलामा टोक्यो। हातबाट रगत बगेपछि सामुदायिक वनका अध्यक्ष ४५ वर्षीय रमेश राईले “किन चलाको?&

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा बेवारिसे मोटरसाइकलसहित २६ वटा बोईलर कुखुरा बरामद

    सुनसरी/सुनसरीको कोशी गाउँपालिका–१ केराबारीस्थित उत्तर–दक्षिण भन्सार जाने बाटोमा प्रहरीले बेवारिसे अवस्थामा राखिएको मोटरसाइकल र कुखुरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायब निरीक्षक अशोक कोईरालाको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार बिहान करिब ८:४५ बजे को ३९ प १५६५ नम्बरको मोटरसाइकलमा २६ वटा (करीब ५० किलो तौलका) बोईलर कुखुरा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल र कुखुराहरू कसको हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ । बरामद सामग्री र सवारीसाधन हाल इलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा राखिएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा स्कारपियोको ठक्करबाट पैदल यात्रुको मृत्यु

    इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–९ स्थित साथी पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोरङ बिराटनगर–१२ घर भएका ४० वर्षीय अच्युतप्रसाद बराल गम्भीर घाइते भएका थिए। घाइते बराललाई प्रारम्भिक उपचारका लागि इटहरी अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। उपचारको क्रममा राति करिब ८:५० बजे उनको मृत्यु भएको प्रहरीले पुष्

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 385 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपराजित नेपाल फाइनलको ढोका नजिक, ओमानलाई ३८ रनले हरायो

    सुनसरी/ नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा आफ्नो अपराजित यात्रा जारी राख्दै उपाधिको एक कदम नजिक पुगेको छ। बुधबार सम्पन्न खेलमा नेपालले शक्तिशाली ओमानलाई ३८ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो। १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका विनायक शुम्लाले १९ बलमा ३२ रन र मोहम्मद नदीमले २५ रन जोडे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। नेपालका लागि गुलशन झाले ४ ओभरमा २४ रन खर्चिँदै ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले पनि एक

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको निगालेमा साइराम बस दुर्घटना,२ जनाको मृत्यु,पाच घाइते 

    धनकुटा/   बिराटनगरबाट धनकुटाको जितपुर आउदै गरेको साइराम  बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छ्न ।   जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा सदरमुकाम नजिकै निगाले भन्ने ठाउँमा टायर पड्किएर बस दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्युहुने हरुमा महालक्ष्मी नगर पालिका ९ का ६० बर्षिय डिल्ली बराल र महालक्ष्मी ६ कि ५२ बर्सिया गङ्गा कार्की रहेका छ्न ।    घाइते हुनेमा धनकुटा ४ लोकसेवा कि दुर्गा तिम्सिना,केराबारी ९ मोरङकी ६० बर्षिया देबी नेउपाने,महालक्ष्मी ९ कि ७५ बर्षिया तारादेबी काफ्ले,महालक्ष्मी ७ जितपुरकी ३२ बर्षिया सिर्जना जिमि,महलक्ष्

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 469 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा मेडिकल सञ्चालिका पक्राउ, ठूलो परिमाणमा नियन्त्रित औषधि बरामद

     सुनसरी/  बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा मेडिकल पसलमा प्रहरीले ठूलो परिमाणमा नियन्त्रित औषधि बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सो मेडिकलमा छापा मारी SPASREST नामक ७८० ट्याब्लेट फेला पारेको हो। प्रहरीका अनुसार मेडिकल सञ्चालिका ४० वर्षीया शान्ति राजधामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइएको छ। बरामद औषधि र पक्राउ परेकी राजधामीलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, विराटनगरमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले स्वास्थ्यसेवा

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved