धरानमा २६८ किलो गाँजा बरामद, भरीयाहरू फरार

  • कार्तिक ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उप–महानगरपालिका–१७ र २० को सिमाना, चुम्पुले खोलाको जंगल क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा राति २३:२५ बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको PIT टोली त्यहाँ पुगेको थियो।

टोलीलाई देखेपछि करिब १०–११ जना भरीयाहरू भारी बोकेकै अवस्थामा भाग्दै जंगलतर्फ फरार भएका थिए।

उनीहरूले बोकिरहेका बोरा फालेर भागेपछि प्रहरीले खोलेर जाँच गर्दा १० वटा बोराभित्र प्याक गरिएको २६८ किलो (दुई सय अर्सठी किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको सबै लागू औषध अहिले इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान अघि बढाइएको छ।

फरार व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरीले व्यापक खोजतलास जारी राखेको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved